Skip to main content

Posts

Showing posts from May, 2009

नाचगानमा मस्त दीपेन्द्र शाह

पूर्व राजपरिवारका अधिकांश गतिविधि विगतमा सर्वसाधारणको पहुँच भन्दा बाहिरको थियो। दरबारमा काम गर्नेले कसैलाई केही कुरा सुनाएमा त्यसमा केही थप जोडिएर तथा घटेर मात्र बाहिर आउँथ्यो। त्यो पनि दरबार निकट मानिसका सम्ममा मात्र। प्रविधिको विकाससँगै नयाँ नयाँ तथ्य विभिन्न तबरले सार्वजनिक हुने क्रममा नेपालको राजपरिवारका विषयमा थप जानकारी आउन थालेका छन्। अझै इन्टरनेटले त त्यस्ता सामाग्रीलाई विश्वव्यापी बनाउन धेरै सजिलो गराएको छ।इन्टरनेटले सूचनाको हकलाई सीमाविहीन बनाइदिएको छ। मंगलबार विहान अमेरिकाबाट साथी निता सुब्बाले पूर्व युवराज दिपेन्द्र शाहले गीत गाएको र नाचेको भिडियो पठाइदिनु भयो।  यो भिडियो जर्मनीमा बस्ने अर्का नेपाली सागर मोहन भट्टराईले पनि फेसबुकमा पोस्ट गर्नु भएको रहेछ। भिडियो कुन मितिमा खिचिएको भन्ने चाहिँ थाहा हुन सकेन। कुनै बेला करले अथवा रहरले नेपाली जनताको चासोको केन्द्रविन्दु हुने गरेका राजपरिवारका एक महत्वपूर्ण सदस्यले नाचेको र गाएको भिडियो हेर्दा रमाइलो अनुभूति हुँदो रहेछ। यस भिडियोमा दीपेन्द्र शाहले गीत गाएको प्रष्ट सुन्न सकिन्छ। फेरि पनि इन्टरनेटलाई धन्यवाद। आशा गरौं य

बिन्दास सभासद्

देश राजनीतिक संकटमा होमिएका बेला यी युवा सभासद् प्रेमको कुरामै व्यस्त थिए.... फेसबुक सामाजिक सञ्जालको एउटा सशक्त माध्यम बन्न पुगेको छ। अमेरिकी राष्ट्रपति बाराक ओबामादेखि पूर्व अर्थमन्त्री बाबुराम भट्टराईले पनि युवा पुस्ताको मन बुझ्न फेसबुक कै सहारा लिएका थिए । फेसबुकमा केही नाम चलेका र प्रभावशाली मानिसहरु पनि छन्। उनीहरुले फेसबुकलाई हजारौं समर्थक र सरोकारवालाहरुसँगसम्बन्ध कायम गर्न एउटा बलियो माध्यमका रुपमा प्रयोग गर्न सक्छन्। नेकपा मालेका मनोनित सभासद् राजेन्द्र खेतान,जो एक सफल उद्यमी पनि हुन्। उनी पनि फेसबुकमा छन्। उनलाई फेसबुकमा आफ्नो साथीको सूचिमा राख्‍न बेला मेरा धेरै अपेक्षा थिए। एक जना युवा उद्यमी र सभासद्। उनका विचारहरु। युवा पुस्तालाई उनका सुझावहरु। उनका अनुभवहरु,यस्तै उत्पादनशील र सिर्जनशील कुराहरुको अपेक्षा मैले नेपालका एक जना सभासद् र उद्यमीको फेसबुकबाट गरेको थिएँ। तर उनी विन्दास रहेछन्। प्रधानमन्त्री पुष्पकमल दाहालले राजिनामा दिएपछि देश गम्भीर राजनीतिक संकटमा होमियो। फेसबुकमा देशविदेशका युवा साथीहरु अब के होला भन्ने चिन्तामा थिए। सबैका आफ्नै अड्कल, आकांक्षा र अनुरोध थिए