Skip to main content

Posts

Showing posts from October, 2009

पाकेटमारलाई सावधान कि पाकेटमारदेखि सावधान ?

आरएनएसी अगाडिको सडक छेउमा रहेका विजुलीको पोलमा, हुलाकमा, अस्पतालमा, सिनेमा हलमा, सार्वजनिक सौचालयमा, लोकल बसमा, नेपाल यातायातमा, नाइट बसमा, ट्याम्पुमा, विमानस्थलमा, तरकारी बजारमा, माइक्रोमा, नेपाल टेलिकममा, विद्युत प्राधिकरणमा, खानेपानी लिमिटेडमा, सिँहदरबारमा- जहाँ त्यहिँ लेखिएको हुन्छ 'पाकेटमारदेखि सावधान' । राज्यका सुरक्षा निकायहरुले जनताको भिडभाड र व्यस्तता हुने सबै ठाउँमा पाकेटमारदेखि सावधानी गराएर ठूलो कर्तब्यवोध गरेका हुनुपर्छ । जर्ज अर्वेलको उपन्यास नाइन्टिन एट्टी फोर को पात्र बिग ब्रदरले जस्तै पाकेटमार देखि सावधानको सूचनाले हरेकलाई एकचोटि आफ्नो बगली छाम्न बाध्य पारेको छ, झसँङ्ग हुँदै महिलाहरुलाई बोकिरहेको ब्याग अझै कसेर समात्न प्रेरित गरेको छ । उभिने समेत ठाउँ नहुने सार्वजनिक बसमा चढ्दा डण्डी समाउने कि खल्तीमा हात राख्ने भन्ने तनाव पनि धेरैले महसुश गरेको हुनु पर्छ । तर... बेलायतको एउटा शहरको गल्लीमा प्रहरीले टाँसेका सूचनाहरु पढेपछि मलाई नेपालमा टाँसिएका सूचनाहरु जनतालाई तनाव दिन मात्र राखिएका हुन् भन्नेमा दुई मत भएन । यहाँको सूचनामा जनतालाई होइन, पाकेटमारलाई