Skip to main content

Posts

Showing posts from January, 2011

म गणितमा कमजोर छु

“तिमीलाई के गर्न मन लाग्छ ?” “मलाई भ्वाइलिन बजाउन मन लाग्छ। अनि प्यानो पनि बजाउन मन लाग्छ। अरु केही पनि गर्न मन लाग्दैन। मात्रै प्यानो र भ्वाइलिन बजाउन। प्यानो र भ्वाइलिन मेरा सबैभन्दा मिल्ने साथी हुन्।” “तिमीले नेपालको बारेमा सुनेकी छ्यौ ?” “अँ सुनेको छु। नेपाल गरिब देश हो। अनि ……….।” “अनि के ?”

त्यो अफिस

त्यो दिन, त्यस अफिसमा हामी दुबै जनाको लागि पहिलो थियो। हाकिमले आफ्नो कोठामा बोलाएर मलाई सामान्य ब्रिफिङ गरेपछि आफ्नो लामो, कैलो कपाल दुई हातले सपक्क मिलाउँदै उ हाकिमको कोठामा छिरेको थियो। लामो, त्यसमाथि रङ्गाइएको सतिशको कपालले मलाई राम्रो इम्प्रेसन त दिएको थिएन। तर केही हप्तामै मलाई फर्स्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन भन्ने कुरा गलत लाग्न थाल्यो। अफिसमा हाम्रो उमेरका अरु कोही नभएर पनि होला हामीले चिया खाने र गफिने साथीका रुपमा एक अर्कालाई नै देख्न थाल्यौं। बिस्तारै यो चिया–चौतारीमा मात्र सीमित भएन, अरु कसैलाई नभनिने कुरा हामीले एक अर्कालाई भन्न थाल्यौं। गफका विषयहरु प्राय महिला र तीनका शारीरिक बनौटका हुन्थे। र केही यहाँ लेख्न नमिल्ने खालका हुन्थे। एक दिन सतिशले ठूलै कुरा पत्ता लगाए झैं मेरो छेउमा आएर भन्यो, ‘भाइ अफिसमा त टन्नै नयाँ लड्कीहरु आउँदै छन् रे नि।’