Skip to main content

Posts

Showing posts from May, 2011

रातोमाटे, रिसोर्ट र सपनाहरु

म मजदूर रातोमाटेको यो डाँडामा खन्दैछु कुनै रिसोर्टका जगहरु चुहाउँदैछु पसीना तप्प तप्प   सम्झिन्छु यहि रातो डाँडामा रातै सपना देखेको जेठो छोराले रातो रगत चुहाएको थियो कुनै दिन तप्प तप्प   तल बगरभन्दा अलि माथि मेरो छाप्रोमा बेथा लागेकी स्वास्नीलाई घिस्सार्दै अस्पताल लाँदा रनक्क रन्किएको बगरका राता बालुवामा चुहिएका थिए स्वास्नीका दुई थोपा आँशु र एक मुठी सास तप्प तप्प   रिसोर्ट बन्नेछ कुनै दिन आउनेछन् मालिकहरु सपनाको दस्तावेज बोकेर उन्माद् चुहाउनेछन् रातोमाटेको यो डाँडामा मदिरा र वीर्य तप्प तप्प   म मजदूर रातोमाटेको यो डाँडामा खन्दैछु कुनै रिसोर्टका जगहरु चुहिँदैछन् सपना तप्प तप्प -- 12/05/2011 Kathmandu