Skip to main content

Posts

Showing posts from July, 2012

रित्तो बस‍

बस छुटिसकेको बसपार्कमा मलाई लिएर जाने बस फेरि फर्केर आए जस्तो नसोचेको आयौ तिमी एक बस खचाखच सम्झना बिउँताइदियौ मनमनै बोलिरहेँ म मौन डुलिरहेँ बसपार्क छेउका टुङ्गो नभएका गल्लीहरु जस्तै अतीतका केही नागबेली बाटाहरुमा निथ्रुक्कै भिजेँ तिम्रो हेराइको वर्षात्‌मा, चप्पलले माथि-माथि सम्म हिलो छ्यापिरह्यो सम्झनाको गन्तब्यहीन अँध्यारा गल्लीहरुमा बेफिक्री फर्किएर हराएँ एकछिन रमाएँ एकछिन जसरि आयौ त्यसरी गयौ तिमी बिस्तारै गयौ तर एक्कासी गयौ म अझै मनमनै बोलिरहेको थिएँ आज कतै जाने रुट नभएको रित्तो बस भएर ।।