Skip to main content

Posts

Showing posts from December, 2012

जसले 'भगवान’ खोजिन्

यो रहस्यै रहस्यको दुनियाँ हो । मानवजाति र ब्रह्माण्डका धेरैजस्ता रहस्यहरूलाई या त कविहरूले अन्टसन्ट व्याख्या गरिदिएका छन्, या धर्मशास्त्रले या त विज्ञानले । विज्ञानको व्याख्या पनि कहाँ सधैं स्थिर छ र ? कुनै समय त्यही विज्ञानले गरेको व्याख्या कालान्तरमा झूटो सावित हुन्छ र त्यही विज्ञानले नयाँ परिभाषा जन्माउँछ । मान्छे मात्र होइन, सत्य पनि जन्मन्छ र मर्छ । विज्ञानका सत्यहरू, या भनौं व्याख्याहरू थुप्रै अनुसन्धान, खोज र वस्तुगत प्रयोगबाट जन्मिएका हुन्छन् । त्यसैले सूर्य किन आकाशमा छ ? जून किन चम्किन्छ, तारा किन उदाउँछन् जस्ता प्रश्नबारे कविहरूले दिने व्याख्याभन्दा विज्ञानले दिने व्याख्या यथार्थ नजिक हुन्छ ।

एउटा पत्र हराउनेका लागि

प्रिय हराएको तिमी, हुन त तिमी हुनु र नहुनुमा खासै अन्तर लागेको छैन । तै पनि कता कता तिमी हरायौ कि जस्तो लाग्दो रहेछ । हुन सक्छ म पनि कहिँ कतै हराएँ होला । तिमी हराउनु अथवा म हराउनु; हुन सक्छ हामी दुबै हराउनुको 'महशुस गर्नु पनि त तिमी हुनु र नहुनुको अन्तर महशुस गर्नु नै हो' भनेर तर्क गर्न सक्छौ तिमी । थाहा छ तिमीलाई, म सँधै विरोधाभाषी छु । मैले भनिसकेँ तिमी हराएदेखि, अथवा त्यो पलदेखि जब तिमी हराएको एउटा गाढा महशुस हुन थालेदेखि खासै फरक पाएको छैन मैले म वरिपरिको दुनियाँमा । स्वभाविक र प्राकृतिक परिवर्तनहरु त तिमी हुँदा पनि हुन्छन्, तिमी नहुँदा नि हुन्छन्, हामी दुबै नहुँदा नि हुन्छन् । भइरहन्छन् । तिम्रो आँगन, तिम्रो झ्याल अथवा तिमी रहेको बन्द कोठाको एउटा सानो प्वालबाट पनि तिमी त्यो छिर्केमिर्के संसार देखिरहेकी छ्यौ होला जुन मैले पनि देखेको छु । तिमी हरेक साँझ एउटा रातो सूर्यास्त हेरेर केही बेर टोलाउँछ्यौ होला म पनि टोलाउने गर्दछु । अनि हरेक रङ्गीन विहानीमा तिमीमा पनि सपनाका उन्मुक्त रंग चढ्छ होला ममा जस्तै । फरक यत्ति छ हामी छिर्केमिर्के संसार, रातो सूर्यास्त र रङ्गीन विहान

7 Reasons Why Nepali Twitter users are not Cool

1. They tweet like celebrity : most of the time you don't understand what they are tweeting about. Only themselves or their close peers know. 2. They tweet less chat much: most of the tweets are personal conversation. 3. They have knowledge deficit : you don't get nothing from their tweets. They don't talk about ideas, knowledge, information, innovation, creativity or any other crazy things. Most of tweets are about everyday prattles. 4. They don't help : you ask where is the best place in Kathmandu for a nice dinner or you ask about coolest android device in the town. You don't get goddamn answer because people don't help you or people are not able to help you. 5. People have very very close or limited circle: almost everybody knows of everybody. That means they have lots of prejudiced opinion. 6. People don't know about technology: they use technology but they don't talk about it and they don't want to extend their knowledge. They d