Skip to main content

Posts

Showing posts from May, 2013

पूर्व चार नम्बर

ठमेलमा आगो लाग्दा भोजपुर बजारमा पानी परिरहेको थियो । उसो त केही दिनअघि नेपालै बन्द भइरहँदा पनि त्यसको प्रभाव यहाँका सीमित राजनीतिक कार्यकर्ताहरूले ि चया पसलमा बसेर मसिनो स्वरमा गर्ने कुराकानीमा बाहेक अन्यत्र देखिएको थिएन । धनकुटाको हिलेबाट पाखि्रबाससम्मको कालोपत्रे सडकपछि झन्डै २५ किलोमिटर कच्ची ओरालोमा धूलो उडाउँदै अरुण नदीको तीरमा पुगिन्छ । अरुणमा एक विदेशी संस्थाको सहयोगमा धमाधम पक्की फलामे पुल बन्दैछ । अढाइ सय मिटर उचाइमा तातो हावा चल्ने अरुण किनाराका छाप्राहरू अब बिस्तारै बजार बन्दै छन् । धरान, धनकुटादेखि भोजपुर र संखुवासभा जाने मिनिबस र जिपहरू धूलो उडाउँदै आएर यही लेगुवा भन्ने ठाउँमा घ्याच्च रोकिन्छन् र अरुण तर्न पालो कुरेर बस्छन् । फलामे तारमा बाँधिएको फेरिमा मोटरसाइकलदेखि, बस, ट्रक, ट्याक्टर र डोजरसम्मले अरुण पार गर्छन् । अरुणपारि भोजपुर । वारि अरुणको तीरैतीर उँभो लागे खाँदबारी ।

कति पटक १२ बज्यो होला जिन्दगीमा?

१२ बजे गएको थियो भुइँचालो च्यापेर लालाबाला हुित्तँदै आँगनमा झरेकी उनी रातभरि टोलाएकी थिइन् तीन आँख्ले तारा हेर्दै परदेशीको सम्झनामा १२ बजेतिर खोलामा भैंसी आहाल बस्थ्यो र उनी डोकाभरि घाँस काटिरहन्थिन् खोलाको डिलमा बसेर धोर्जे सुसेली रहन्थ्यो छिमेकको एउटा बुढो लाहुरे बल्छी बोकेर आउँथ्यो खोलामा १२ बजे कहिले घाम लाग्थ्यो कहिले पानी पर्थ्यो कहिले त बाढी नै आएको थियो चट्याङ परेको थियो हुरि चलेको थियो धुलो उडेको थियो रेडियोमा गित बजेको थियो स्कुलबाट केटाकेटी छिटै घर फर्केका थिए छिमेकीको घरमा सत्यनारायण पुजाको पर्साद खाने बेला भएको िथयो पेट दुखेको थियो जुलुस देखिएको थियो रत्यौली नाचेका थिए गाउँभरिका आइमाइहरु १२ त कति बज्यो कति जिन्दगीमा कहिले दिउसोको १२ बज्यो कहिले रातीको १२ बज्यो कहिले ताराहरुले १२ बजाए कहिले फ्याक्ट्रीको साइरनले १२ बजायो कहिले घरमाथि पर आकाशमा उड्ने हवाइजहाजले १२ बजायो कहिले भोका बाख्राले १२ बजाए परदेशीले बर्सौंअघि ल्याइदिएको भित्ते घडीमा ब्याट्री सक्किएको छ र १२ नै बजेको छ तर अफशोच घडीको ब्याट्री बोकेर आउनेछैनन् अब परदेशी फर्केर