Skip to main content

Posts

Showing posts with the label freedom

आउनेछ त्यो दिन

आउनेछ त्यो दिन जहाँ पड्किनेछन् ट्वीटहरु बहिराको नक्कल गर्नेका फुट्नेछन् कानका जालीहरु आउनेछ त्यो दिन जहाँ भित्ताभरि पोतिनेछन् अन्धाले पनि देख्न सक्ने गाढा, चम्किला रङहरु र पोल्नेछ केवल रङको रापले त्यो दिन पक्कै आउनेछ जब भन्न सक्छौं कालो कालो नै हो सेतो सेतो नै हो पक्कै आउँछ त्यो दिन जुन दिन जङ्गबहादुरले सिधा रुखलाई बाङ्गो भन्ने छैन त्यो दिन सुनिने र देखिने भएर आउँछ जहाँ भीड र झण्डाले होइन आन्दोलन गर्नेछन् अक्षरहरुले साँच्चै पड्किनेछन् ट्वीटहरु रङ्गिनेछन् फेसबुकका भित्ताहरु त्यो दिन उठ्नेछन् आवाजहरु भाते स्वार्थभन्दा धेरै माथि खकार झैं चिल्ला र घीनलाग्दा सम्बन्धभन्दा धेरै धेरै माथि जहाँ सत्य जस्तै झूठ हुनेछैन जहाँ सत्य झूठ जस्तै हुनेछैन ।। फेब्रुअरी १५, २०१२ काठमाण्डु