हामीसँगै हुर्केको थियो किम्बुको बोट तिम्रो आँगनको छेवैमा छेलिएर किम्बुको बोटमा म हेर्ने गर्थेँ लुकेर तिमीले नुहाएको थाहा छ मलाई पनि तिमी पनि त रोज्ने गर्थ्यौ मेरै घर छेउको साँघुरो बाटो बजार जाँदा छाडेर छोटा र सजिला मूलबाटाहरु किम्बुको बोटमुनि खेल्ने गर्थ्यौं हामी गुडियाहरु जहाँ तिम्रा पुतली र मेरा पुतलीका अनगिन्ति विवाह महोत्सव भएका थिए किम्बुको बोटमुनि हुन्थेँ म सँधै डर लागेको नक्कल गर्थेँ रुख चढ्न किनभने तिमी छोटो फ्रक लगाएर चढ्दथ्यौ किम्बुको रुख र झारिदिन्थ्यौ मेरा लागि गुलिया रसिला किम्बुहरु किम्बुको बोटमुनि बुन्ने गर्थ्यौं हामी थुप्रै थुप्रै कोमल रेशमी सपनाहरु गुजुल्टिएर किम्बु फलेझैं कुनै विहान अचानक फक्रेको थियौ तिमी हो त्यसैदिन देखि तिमी आँगन छेउको इनारमा नुहाउन छाडेका थियौ मैले पनि हेर्न छाडेको थिएँ तिमीलाई छेलिएर किम्बुको बोटमुनि त्यसैदिनदेखि हुनु पर्छ तिमी हिँड्न पनि छाडेका थियौ बजार जाने मेरो घरको बाटो मैले अन्तिमपटक हेरेको थिएँ तिमीलाई छेलिएर किम्बुको बोटमा जतिखेर तिमी रँगिएर सिउँदोमा छाडेर जाँदै थियौ सँधै सँधै किम्बुक...