Skip to main content

Posts

Showing posts with the label sunauli

सुनौली जाने बसमा

खै के खै के जिन्दगीबाट विरक्तिएर खै कता खै कता जान हिँडेका दुई युवती टोलाउँदैछन् ड्राइभर पछाडिको सिटमा सडक जस्तै पुरानो सुनौली जाने बसमा गोरखपुरको रेल समात्न हिँडेको एउटा ठिटो पहेँलो वान्ता कट्कटिएको झ्यालबाट आधा जिउ निकालेर बाहिर अन्तर्वार्ता लिँदैछ डेन्ड्राइट सुँघ्दै एक रुप्पे मागीरहेको बालकसँग 'घर काँ?' 'नागढुँगा' 'बाउ छ?' 'छैन' पढ्न अल्छी लागेर बसमा हिँडेको धादिङको खलाँसी केटो दौडिँदैछ भित्र-बाहिर सोच्दै होला त्यो फूटपाथमा हिँड्ने सबै जना चढेदेखि हुन्थ्यो नि सुनौली जाने बसमा ।