Skip to main content

Posts

Showing posts with the label poetry

Question

I love questions without answers And answers without question Tell me Would you answer Or question? Sometimes no question is question And silence Is the best answer How many questions exist between One silence to another silence How many answers Lie between One question to another I love moments without memories And memories without moments Would you be My memory or moment? If you asked me same question I would rather be silent.

कति पटक १२ बज्यो होला जिन्दगीमा?

१२ बजे गएको थियो भुइँचालो च्यापेर लालाबाला हुित्तँदै आँगनमा झरेकी उनी रातभरि टोलाएकी थिइन् तीन आँख्ले तारा हेर्दै परदेशीको सम्झनामा १२ बजेतिर खोलामा भैंसी आहाल बस्थ्यो र उनी डोकाभरि घाँस काटिरहन्थिन् खोलाको डिलमा बसेर धोर्जे सुसेली रहन्थ्यो छिमेकको एउटा बुढो लाहुरे बल्छी बोकेर आउँथ्यो खोलामा १२ बजे कहिले घाम लाग्थ्यो कहिले पानी पर्थ्यो कहिले त बाढी नै आएको थियो चट्याङ परेको थियो हुरि चलेको थियो धुलो उडेको थियो रेडियोमा गित बजेको थियो स्कुलबाट केटाकेटी छिटै घर फर्केका थिए छिमेकीको घरमा सत्यनारायण पुजाको पर्साद खाने बेला भएको िथयो पेट दुखेको थियो जुलुस देखिएको थियो रत्यौली नाचेका थिए गाउँभरिका आइमाइहरु १२ त कति बज्यो कति जिन्दगीमा कहिले दिउसोको १२ बज्यो कहिले रातीको १२ बज्यो कहिले ताराहरुले १२ बजाए कहिले फ्याक्ट्रीको साइरनले १२ बजायो कहिले घरमाथि पर आकाशमा उड्ने हवाइजहाजले १२ बजायो कहिले भोका बाख्राले १२ बजाए परदेशीले बर्सौंअघि ल्याइदिएको भित्ते घडीमा ब्याट्री सक्किएको छ र १२ नै बजेको छ तर अफशोच घडीको ब्याट्री बोकेर आउनेछैनन् अब परदेशी फर्केर ...

बूढो माउते र हात्ती

अजङ्गको हात्तीको गर्धनमा टाँसिएर दिनभरि घुमिरहन्छ र घुमाइरहन्छ एउटा लुरे ज्यानको बुढो माउते चहार्छ जङ्गल देखाउँछ जङ्गली जनावरहरु एक सिङ्गे गैंडा र मृगका बथान देखेर चिच्याउँदै गर्दा उसका सवारीहरु बुढो माहुते मोलिरहन्छ खैनी बेपर्वाह हरेक सूर्यास्तमा बाफ उडिरहेको खोलामा पिलाएर हात्तीलाई पेटभरि पानी बुढो माहुते धुवाँ उडिरहेको एउटा झुपडीमा पस्दछ र टकटक्याएर गम्छाबाट दिनभरिका टिप्सहरु पिउन थाल्छ हात्ती जस्तै अन्धाको देशमा हात्ती जस्तै उ छामिरहन्छ जिन्दगी कहिले जिन्दगी खाँबो जस्तो कहिले जिन्दगी डोरी जस्तो कहिले जिन्दगी भित्तो जस्तो पिउँदा पिउँदा हरेक साँझ प्राय उसलाई लाग्छ जिन्दगी रित्तो रित्तो जस्तो

किम्बुको बोटमुनि

हामीसँगै हुर्केको थियो किम्बुको बोट तिम्रो आँगनको छेवैमा छेलिएर किम्बुको बोटमा म हेर्ने गर्थेँ लुकेर तिमीले नुहाएको थाहा छ मलाई पनि तिमी पनि त रोज्ने गर्थ्यौ मेरै घर छेउको साँघुरो बाटो बजार जाँदा छाडेर छोटा र सजिला मूलबाटाहरु किम्बुको बोटमुनि खेल्ने गर्थ्यौं हामी गुडियाहरु जहाँ तिम्रा पुतली र मेरा पुतलीका अनगिन्ति विवाह महोत्सव भएका थिए किम्बुको बोटमुनि हुन्थेँ म सँधै डर लागेको नक्कल गर्थेँ रुख चढ्न किनभने तिमी छोटो फ्रक लगाएर चढ्दथ्यौ किम्बुको रुख र झारिदिन्थ्यौ मेरा लागि गुलिया रसिला किम्बुहरु किम्बुको बोटमुनि बुन्ने गर्थ्यौं हामी थुप्रै थुप्रै कोमल रेशमी सपनाहरु गुजुल्टिएर किम्बु फलेझैं कुनै विहान अचानक फक्रेको थियौ तिमी हो त्यसैदिन देखि तिमी आँगन छेउको इनारमा नुहाउन छाडेका थियौ मैले पनि हेर्न छाडेको थिएँ तिमीलाई छेलिएर किम्बुको बोटमुनि त्यसैदिनदेखि हुनु पर्छ तिमी हिँड्न पनि छाडेका थियौ बजार जाने मेरो घरको बाटो मैले अन्तिमपटक हेरेको थिएँ तिमीलाई छेलिएर किम्बुको बोटमा जतिखेर तिमी रँगिएर सिउँदोमा छाडेर जाँदै थियौ सँधै सँधै किम्बुक...

जयपुर जाने हो सान्नानी?

जयपुर जाने हो सान्नानी? मैले सान्नानीलाई सोधेँ भनेँ सान्नानी लामो रेल चढौंला हेरौंला उडेका चराहरु र बगेका नदीहरु लामा लामा पुलहरु मान्छेहरु बजारहरु बस्तिहरु जाउँ न सान्नानी जयपुर जाउँ झिलिमिली शहरमा हराउँला दौडौंला उँटका बथानहरुसँगै मरुभूमिको नौलो र सुनौलो सूर्यास्तमा । जयपुर जाने हो सान्नानी? दुई चार दिन घुमेर फर्कौंला नि । अनुहारमा खुशि र डर एक्कैचोटि पोख्दै सान्नानीले मसिनो स्वरमा भनी : जान त जान्थेँ होला नि तिमीसँगै जयपुर २-४ दिन नि कुन ठूलो कुरा भो र! तर, फर्किएर आएपछि मेरा बा मेरी आमा दाजु भाउजु सानो भाइ दुई चार जना छिमेकी अनि घरको भोटे कुकुर समेत मेरो लागि ठूलो प्रश्न बनेर उभिनेछन आँगनको डिलमा, यति मात्र कहाँ हो र गाउँको चौतारीले समेत बाटो छेक्नेछ मेरो । जयपुर मात्रै होइन लैजाउ मलाई भागलपुर, हाजिपुर, मुजफफरपुर, वासेपुर वा जनकपुर नै किन नहोस तर फर्केर नआउने गरी लैजाउ त्यहिँ भक्तपुर भए पनि जान्छु

गाउँ, बाउ र छोराहरु

रातो सूर्यास्तका बेला गाउँ एक्लो छ बाउ एक्लो छ दिनभरि कामबाट फर्केर ढोका उघार्न आइपुग्दैन कुनै छोरो । नजिकै छिमेकमा हरेक सूर्यास्तपछि सुनिन्छ हार्मोनियमको झंकार, जहाँ मोटो चश्मा लगाएको एउटा एक्लो बाउ भजन गाइरहन्छ दबाएर छोरोको सम्झना दबाएर हार्मोनियम । रातो सूर्यास्तमा धुलो उड्दैन गाउँको एउटा पुरानो चौरमा, जहाँ खेल्दैनन् छोराहरु खेल्दा खेल्दै लड्दैनन् साना छोराहरु किनकि हुत्तिँदै घर पुगेर हाम्फाल्ने बाउका काखहरु छैनन् घरमा घरमा बाउहरु छैनन् हरेक रातो सूर्यास्तमा गाउँ सुन्दर छैन पहिले जस्तो, जहाँ बाउ-छोराहरु छैनन् केवल छन् त बाउविनाका छोराहरु र छोराविनाका बाउहरु Inspired by recent visit to my hometown Hetauda नोभेम्बर १९, २०१२ काठमाण्डु

नदी र सडक

पहिले यहाँ नदी थियो एउटा लामो निकै लामो जीवनजस्तै लामो नदी, बगिरहने नदी बजिरहने नदी । अहिले नदी छेउ छेउ नदीको लम्बाइलाई नदीको बगाइलाई नदीको ‌बेगलाई चुनौती दिँदै सडक सुतेको छ । घीनलाग्दो सडक सुन्दर नदी छेउ मुर्दा जस्तै सुतेको छ, सडक न त नदी जस्तै लामो-लामो छ न त नदीजस्तै बग्छ न त नदीजस्तै बज्छ ! नदीमा त केवल मरेका मान्छेहरु मात्र बग्थे सडकले त जिउँदा मान्छेहरु बगायो, बलिया पाखुरा र बलिया घोडाहरु बगायो, परबाट घन्टी बजाउँदै लोमान्थाङबाट घोडा चढेर आउने दारा गुरुङका इष्टमित्र बगायो, कति सम्बन्ध बगायो, नदी छेउका कति देउता, ढुङ्गै सही: त्यो पनि बगायो, नदी त आफू धेरै बग्थ्यो अरुलाई कम बगाउँथ्यो तर यो सडक आफू बग्दै बग्दैन र अरुलाई बगाइरहन्छ । अक्टोबर २०१२, मुस्ताङ

रित्तो बस‍

बस छुटिसकेको बसपार्कमा मलाई लिएर जाने बस फेरि फर्केर आए जस्तो नसोचेको आयौ तिमी एक बस खचाखच सम्झना बिउँताइदियौ मनमनै बोलिरहेँ म मौन डुलिरहेँ बसपार्क छेउका टुङ्गो नभएका गल्लीहरु जस्तै अतीतका केही नागबेली बाटाहरुमा निथ्रुक्कै भिजेँ तिम्रो हेराइको वर्षात्‌मा, चप्पलले माथि-माथि सम्म हिलो छ्यापिरह्यो सम्झनाको गन्तब्यहीन अँध्यारा गल्लीहरुमा बेफिक्री फर्किएर हराएँ एकछिन रमाएँ एकछिन जसरि आयौ त्यसरी गयौ तिमी बिस्तारै गयौ तर एक्कासी गयौ म अझै मनमनै बोलिरहेको थिएँ आज कतै जाने रुट नभएको रित्तो बस भएर ।।

असार

चुमेर सुस्तरि गालाभरि फलेका आलुबोखराहरु वसन्त, हिउँद र गृष्म बाँचेको गुलमोहरको रुख जस्तै वयोवृद्ध सम्झनाका पत्रहरुलाई नचाउँदै मन्द मन्द बाफ उडिरहेको सडकमा पर कतै धुलो उडाउँदै एस एल सी पासको खबर अम्मालाई सुनाउन हतारिँदै साइकल कुदाइरहेकी किशोरीलाई तर्साउँदै, जिस्काउँदै ओडाइदिएर बादलको छाता परदेशी श्रीमानको सम्झनामा गुनगुनाउँदै खेतको आलीमा घाँस खुर्कीरहेकी गर्भवतीलाई पोहोर वर्षामै हो क्यारे कहिँ कतै बेस्सरी रुझेको सम्झाइदिएर एउटा कविलाई टाढा धेरै टाढाबाट शीतल फोकाहरु पानीका बोकेर आइपुग्यो मनसुन आइपुग्यो असार तिर्खा लागेको बेला ।। १७ जुन २०१२ काठमाण्डु

एउटा कवि मरेर गयो

कवितामै भए पनि एउटा सुन्दर फूल फूल्दथ्यो सपना उदाउँथ्यो हरेक विहान अन्धकार झर्दथ्यो शीत भएर हिमाल रातै रंगिन्थ्यो बालक हाँस्दा कवितामै भए पनि देश विरलै दुख्दथ्यो भ्रुण हत्या नि हुँदैन थियो क्रान्तिका वीजहरुको रातारात हराउँदैन थिए सीमा स्तम्भहरु बस् कवितामै होस् हाम्फाल्दैन थिइन् आमा सन्तान च्यापेर पुलबाट, झर्दैन थियो आँशु अस्पतालको सैय्यामा प्यारालाइसीस भएर लडिरहेको सहीदको आँखाबाट कवितामै भए पनि परदेशिएको एउटा कसिलो पाखुराको कमलो मन बिझाउँदैन थियो हरेक रात प्रेमिका र खेत बन्धक राखेको साहुको अनुहार एक्कैपटक सम्झिएर कवितामा बँगैचा हुन्थे फूल हुन्थे हुन्थे पुतलीहरु कहाँ हुन्थे र शीकारी कवितामा? कहाँ हुन्थे र तस्करी कवितामा? तर अफशोच आज एउटा कवि मरेर गयो कसले लेख्ला अब फूलको कविता? कसले देख्ला अब फूलको देश ? ६ जुन २०१२, काठमाण्डु

गाउँ - शहर

गाउँदेखि शहरसम्म एउटा बाटो छ कहिँ हिलो कहिँ धुलो माटो छ एका विहानैदेखि गाउँ ट्याङ्करका ट्याङ्कर 'शुद्ध खाने पानी' दिन्छ शहरलाई खर्पनभरि साग दिन्छ शहरलाई उसको भाग दिन्छ दिन्छ मोटा सुँगुरहरु बाँधेर बिक्रम टेम्पोमा धुलो उडाउँदै गाउँ शहरले नै दिएको ट्रिपरमा गिट्टी दिन्छ दिन्छ बालुवा शहर बदलामा गाउँलाई केही अपार्टमेन्ट दिन्छ दिन्छ केही नौला सुकिला मान्छेहरु काला सिसाहरु र अग्ला पर्खालहरु पनि देखिन्छ गाउँको दृश्यमा गाउँलाई शहरले दिएको गाउँभित्रको शहरमा गाउँले सपना दिन्छ शहरले पासपोर्ट दिन्छ गाउँले बेरोजगारी दिन्छ शहरले लुडो र क्यारेमबोर्ड दिन्छ

भन पण्डित्

भन पण्डित् फलाकेर क्लिष्ट मन्त्रहरु कति बालिकालाई पढ्न सिकायौ? घिउमा मुछेका अन्नका दानाहरु होमेर अग्नी देवतालाई कति भोकलाई शान्त पार्यौ? भन पण्डीत बयान गरेर हातका रेखाहरु निधारका धर्काहरु र कुण्डलीका नक्साहरु कति बिरामीको ज्यान जोगायौ? कति जनालाई जागिर दिलायौ? रत्नपार्ककी ती वृद्धाको कति माना मकै बिकायौ? आधुनिक कंशका घरमा कृष्णलीलाको बयान गर्दैछौ वर्षौंदेखि साँच्चै, फुलाउँदै घाँटीका नशा वेजोड शंख फुकेर कति वटा क्रान्तिको उद्घोष गरायौ? गाडेर आँगनमा बाँसको लिङ्गो कति शहीदलाई स्वर्ग देखायौ? भन पण्डीत गौदानसँगै तारेर बीरजा नदी कति आत्मालाई वैकुण्ठ पुर्यायौ?

कुकुरहरु

किन भुक्छन् कुकुरहरु ? तर्साउँछन् परेवा, भँगेरा र मसीना पुतलीहरुलाई किन झम्टिँदैनन्? मालिकहरुलाई देख्दैनन् किन कुनै आतंक? रगत लत्पतिएका कम्ब्याट पोशाकमा कम्मरमा लुकाइएका लोडेड नाइन एम एम पिस्तोलमा कुल्चिएका सपना हजार बुटहरुमा । किन वेपर्वाह सुतिरहन्छन् कुकुरहरु र्याल काढ्दै झम्टिँदै गड्यौला खाने भँगेराहरुलाई बिथोल्दै फूल र पुतलीको माधूर्य सम्बन्धलाई देखाउँछन् बहादुरी मालिकहरुलाई किन सुँघ्दैनन् र भुक्दैनन् कारको डिक्कीमा लुकाइएको मुर्तीलाई किन थाहा पाउँदैनन् तेस्का मालिक लुटेरा हो भनेर विचरा कुकुरहरु हड्डीको मोलमा शहादत दिन्छन् बफादारीको कुकुरको नाममा कलंकहरु, विद्रोह गर न हो कुक्कुरहरु!

आउनेछ त्यो दिन

आउनेछ त्यो दिन जहाँ पड्किनेछन् ट्वीटहरु बहिराको नक्कल गर्नेका फुट्नेछन् कानका जालीहरु आउनेछ त्यो दिन जहाँ भित्ताभरि पोतिनेछन् अन्धाले पनि देख्न सक्ने गाढा, चम्किला रङहरु र पोल्नेछ केवल रङको रापले त्यो दिन पक्कै आउनेछ जब भन्न सक्छौं कालो कालो नै हो सेतो सेतो नै हो पक्कै आउँछ त्यो दिन जुन दिन जङ्गबहादुरले सिधा रुखलाई बाङ्गो भन्ने छैन त्यो दिन सुनिने र देखिने भएर आउँछ जहाँ भीड र झण्डाले होइन आन्दोलन गर्नेछन् अक्षरहरुले साँच्चै पड्किनेछन् ट्वीटहरु रङ्गिनेछन् फेसबुकका भित्ताहरु त्यो दिन उठ्नेछन् आवाजहरु भाते स्वार्थभन्दा धेरै माथि खकार झैं चिल्ला र घीनलाग्दा सम्बन्धभन्दा धेरै धेरै माथि जहाँ सत्य जस्तै झूठ हुनेछैन जहाँ सत्य झूठ जस्तै हुनेछैन ।। फेब्रुअरी १५, २०१२ काठमाण्डु

सुन्दर, अति सुन्दर

तिमी सँगै हुनु कति सुन्दर तिमी नहुनु झनै सुन्दर तिम्रो याद अति सुन्दर सम्झिनु कति सुन्दर सम्झिँदै हराउनु झनै सुन्दर हराउँदै सम्झिनु त अझै सुन्दर बिर्सिएको सम्झना अति सुन्दर सपना कति सुन्दर सपनाको कल्पना झनै सुन्दर सपनामा तिमी भए अझै सुन्दर सपना झैं लाग्ने सम्झना सुन्दर बोल्दा खेरि कति सुन्दर नबोल्दा त झनै सुन्दर मनले बोल्दा अति सुन्दर आँखाको भाका अझै सुन्दर पहाड सुन्दर नदी सुन्दर धर्ती सुन्दर आकाश सुन्दर त्यो आकाशमुनि तिमी सुन्दर तिमीसँगै म भए झनै सुन्दर नभए नि कल्पना सुन्दर तिमी सुन्दर म सुन्दर सँगै भए संसार सुन्दर नभए नि सपना सुन्दर सपना झैं लाग्ने जिन्दगी सुन्दर जनवरी १७, २०१२, काठमाण्डु

I Forget

I am happy happier than I look you see, I am sad Sadder than I look I forgive more than I do I forget more than I remember, you remember. I forgive god for their cruelty I forgive devils for their kindness I even forgive politicians of my country. I forget the color of my skin, your skin, my blood, your blood, my flag, your flag, my sky, your sky. I forget the size of the universe shape of the earth, I forget wars, I forget bodies, I forget bloods, I forget more than I remember I love more than I do you feel. I revolt I raise I rise I rage more, more than I do more than you see, they feel.

सम्झना दिदी र नेपाल बन्द

थानकोटमाथिको तामाङ बस्तीबाट एकाविहानै सम्झना दिदी मुल सडकतिर फटाफट झरिरहँदा आमाको सुकेको छाती अघाउन्जेल चुस्न नपाएको काखे छोरोको अतृप्त रुवाइ बाक्लो हुस्सुबीच पातलिँदै जान्छ, पर सडकमा अलिअलि घाम पोखिन्छ देखिन्छन् नौला मान्छेहरु टायर बलेर निस्केको धुँवाको मुस्लो, रङ्गीन झन्डाहरु र प्रायोजित नाराको समिश्रणमा मनमनै  अर्थ खोज्दै सम्झना दिदी छोरोको सम्झना बोकेर एकनाश चालिरहन्छिन् पाइलाहरु । २ घन्टा १७ मिनेट लगातार हिँडेपछि नारायणचौरको साहुको अफिसको चिसो सिँढीमा थचक्क बस्छिन् सम्झना दिदी कापकापबाट निस्केका ताता पसीना सेलाउँछन् बिस्तारै चिस्याउँछन् भित्रैदेखि सम्झना दिदीलाई शीतको थोपा सरी घरैघरैको जंगलपारि उठेका धुवाँका काला मुस्ला हेर्दै बेलाबेलामा सुनिने गस्तिका साइरनसँग झस्किँदै सम्झना दिदी दिनभरि उमालिरहन्छिन् फिक्का चिया र छोरोको सम्झना । सम्झना दिदी फटाफट पाइला चाल्छिन् नेपाल बन्दको साँझ उनलाई थानकोटमाथि पुग्नुछ हिँडेर चुक पोखिएका अँध्यारा सडकमा जँड्याहा, फटाहा, लुटेरा, भुस्याहा कुकुर र प्रहरीबाट जोगाउनुछ सम्झना दिदीले आफूलाई २ घन्टा १७...

एउटा पुरानो कविता

एउटा पुरानो कविता लेखिएको थियो बादलको धर्कामा देखिएको थियो जुनमा पोखिएको थियो घाम डुब्नै लाग्दा क्षितीजभरि कोरेको थिएँ तिम्रो तस्बिर शब्द शब्दमा हाँस्दा हाँस्दै तप्प झरेका दुइ थोपा आँशुको मसीले, नापेको थिएँ सपनाको दूरी मायाको कसीले गुनगुनाउँदै 'कोरा कागज था ये मन मेरा' लेखेको थिएँ तिम्रै नाम आकाशजस्तै फराकिलो मुटुमा देखेको थिएँ तिम्रो तस्बिर मुटु जस्तै फराकिलो आकाशमा तिम्रा ओठ, आँखा, परेली र कान नजिकैबाट तर्ल्याङ तुर्लुङ झरेका कपाललाई पालैपालो चुमेका हावाले कान नजिकै आएर खुसुक्क केही भन्दा ज्वलन्त फुरेको थियो त्यो पुरानो कविता मनको कुनै कुनामा याद छ अलिअलि अझै छ धमिलो तस्बिर बादलका धर्का जस्तै शब्दहरुको सम्झनाको एउटा कुनामा सम्झना भएर बसेको छ एउटा पुरानो कविता ।।

बा, मकै र शान्ति

४७ सालतिर एकाविहानै भोटे कुकुर डोर्याउँदै दैलोमा आएका गाउँका ठूलाबाले भनेका थिए 'बहुदल आयो' सानै थिएँ म सोधेँ कुकुरको नाम भने ठूलाबाले 'माले' बासँगै मकै गोडिरहेको मलाई भोटे कुकुरको नाम र बहुदल दुबै नौला थिए दुइ चार वर्षपछि म पढ्ने स्कुलमा आएका गाउँकै मामा पर्नले भने 'माओवादी आयो' ६ कक्षाको नैतीक शिक्षाको उपदेश कविता र मामाले भनेको माओवादीको नाम दुबै बुझिनसक्नु थिए मेरा लागि स्कुलबाट घर फर्किँदा बा मकै गोड्दै थिए शहरमा क्याम्पस पढिरहँदा अचानक हल्ला खल्ला भयो सुनियो 'राजा आयो' अघिल्लो दिन भनेको थियो क्याम्पसको साहुले 'फिस नतिरे जाँच दिन नपाउने' मेरा लागि राजा भन्दा क्याम्पसको साहु भयानक थियो कर्फ्यु लाग्ने बेलामा गाउँ पुग्दा बा मकै गोड्दै थिए आउने र जाने क्रममा शहरमा भिड आयो सेना आयो पुलिस आयो भूत आयो अमेरिका आयो भारत आयो लोकतन्त्र आयो मलाई तलब आउनुको मात्र चिन्ता थियो बालाई मकैमा घोगा आउनुको मात्रै चिन्ता थियो आज एकाविहानै चोकको पसलेले भन्यो शान्ति आयो फोन गरेँ बालाई लाग्यो होला तपाईंलाई मेरा बा ...

मजदुर र मट्टीतेल

मेरो जहानका आँशुले चुलो बल्ने भए कति जाति हुन्थ्यो किन्नु पर्दैन थियो त्यो महङ्गो मट्टीतेल पसलेले मस्यौरा पोको पारेर दिएको अखबारमा छापिएका हत्यारा मन्त्रीका भँगेरे अक्षर समाचारले कुनै अर्थ राख्दैन मलाई केवल अर्थ राख्छ बहिनीलाई हात हाल्न खोज्ने पुलिसलाई चड्काएको निहुँमा खोरमा सडाइएको छोरोको सम्झनाले जसको यादमा यसपालिको दशैं भिज्यो जहानको आँशुले पनि अर्थ राख्थ्यो होला शायद, त्यो आँशु नभएर मट्टीतेल भएको भए यसपालि दशैंमा मेरो घरमा पनि चुलो बल्थ्यो कि !