Skip to main content

Posts

'युनाइटेड ब्रेक्स गिटार'

क्यानेडियन गायक डेभ क्यारोल सन् २००८ को मार्च महिनामा आफ्नो सांगितिक समूह सन्स अफ म्याक्वेलसँग साँगितिक कार्यक्रम लिएर अमेरिकाको नेब्रास्का जाँदै थिए । उनी चढेको युनाइटेड एयरलाइन्सको विमानमा उनको मूल्यवान टेलर गिटार पनि थियो । तर विमानका कर्मचारीहरुले सामान उतार्ने बेलामा उनको ३५०० डलर पर्ने गिटारलाई हेलचेक्य्राइँपूर्वक फ्याँकेको देखियो । पछि हेर्दा उनको त्यो गिटार कामै नलाग्ने गरी भाँच्चिएको रहेछ । एयरलाइन्सले आफ्नै कारणले गिटार भाँच्चिएको स्वीकार गरे पनि दोष भने एक कर्मचारीले अर्का कर्मचारीलाई लगाइरहे । गायक क्यारोललले क्षतिपुर्ती माग गरे पनि उनलाई ९ महिना यसै झुलाइयो । र अन्त्यमा एयरलाइन्सका कर्मचारीले क्षतिपुर्ती दिन नसकिने बताए । त्यसपछि पीडित बनेका गायक क्यारोलले युनाइटेड एयरलाइन्समा भेटेका अन्तिम कर्मचारीलाई एउटा वाचा गरे, 'युनाइटेड एयरलाइन्ससँगको मेरो अनुभवका बारेमा म तीनवटा गीत लेख्नेछु, गाउनेछु हरेकको भिडियो बनाउने छु र संसारभरिका मानिसले हेर्न सकिने गरी देखाउने छु' नभन्दै गायक क्यारोलले गीत गाए र भिडियो पनि बनाए । युट्युबमा १९ दिन अघि राखिएको उनको म्युजिक भिडि...

बन्द दृष्टि

एकीकृत नेकपा माओवादीले सोमबार आव्हान गरेको बन्दका बेला म धुम्बाराही र सुकेधारा आसपासका शान्त र रापिलो चक्रपथको बाफिलो हावा खाँदै हिँडिरहेको थिएँ । मध्यान्हको १ बजेको थियो । सडकका दायाँ बायाँ घामले डढेका र पसीनाले भिजेका अनगिन्ति मान्छेको ताँती लागेको थियो । मान्छेले पाएको चरम दुःखको उदाहरण खोज्ने हो भने बन्दले सास्ति पाएकाहरुको अनुहार हेरे हुन्छ । थकान, चिन्ता, हडबडि, त्रास,र आक्रोश । धुम्बाराही चोकमा टायरहरुले थिचेर एउटा रातो झण्डा गाडिएको थियो । त्यसका वरपर ढुंगा र इँट्टा का लक्ष्मण रेखाले बाटो छेकेका थिए । बन्द गराउनेहरुको पनि आफ्नै चेन अफ कमान्ड हुँदो रैछ । एउटा टोली बीच बाटोमा उभिएर बन्दको अवज्ञा गर्नेहरुलाई टायरको हावा खोल्दिने, तोडफोड गर्ने, गाली गलौज गर्ने जस्ता भौतिक कारवाही गर्न ब्यस्त थियो । अर्को टोली चाहीँ नजिकैको प्रतीक्षालय, अथवा अलि शितल ठाउँमा बसेर गफ चुट्न र बेलाबेलामा सडकमा बसेकाहरुलाई निर्देशन दिन ब्यस्त देखिन्थ्यो। उनीहरु अलि सुपेरियर लाग्थे । प्रतीक्षालयमा बस्नेले ठूलो स्वरमा कराउँथ्यो, 'नछोड् नछोड्' सडकमा बसेकाहरु जोशिन्थे अनि बन्दको अवज्ञा गर्ने जो स...

नाचगानमा मस्त दीपेन्द्र शाह

पूर्व राजपरिवारका अधिकांश गतिविधि विगतमा सर्वसाधारणको पहुँच भन्दा बाहिरको थियो। दरबारमा काम गर्नेले कसैलाई केही कुरा सुनाएमा त्यसमा केही थप जोडिएर तथा घटेर मात्र बाहिर आउँथ्यो। त्यो पनि दरबार निकट मानिसका सम्ममा मात्र। प्रविधिको विकाससँगै नयाँ नयाँ तथ्य विभिन्न तबरले सार्वजनिक हुने क्रममा नेपालको राजपरिवारका विषयमा थप जानकारी आउन थालेका छन्। अझै इन्टरनेटले त त्यस्ता सामाग्रीलाई विश्वव्यापी बनाउन धेरै सजिलो गराएको छ।इन्टरनेटले सूचनाको हकलाई सीमाविहीन बनाइदिएको छ। मंगलबार विहान अमेरिकाबाट साथी निता सुब्बाले पूर्व युवराज दिपेन्द्र शाहले गीत गाएको र नाचेको भिडियो पठाइदिनु भयो।  यो भिडियो जर्मनीमा बस्ने अर्का नेपाली सागर मोहन भट्टराईले पनि फेसबुकमा पोस्ट गर्नु भएको रहेछ। भिडियो कुन मितिमा खिचिएको भन्ने चाहिँ थाहा हुन सकेन। कुनै बेला करले अथवा रहरले नेपाली जनताको चासोको केन्द्रविन्दु हुने गरेका राजपरिवारका एक महत्वपूर्ण सदस्यले नाचेको र गाएको भिडियो हेर्दा रमाइलो अनुभूति हुँदो रहेछ। यस भिडियोमा दीपेन्द्र शाहले गीत गाएको प्रष्ट सुन्न सकिन्छ। फेरि पनि इन्टरनेटलाई धन्यवाद। आशा गर...

बिन्दास सभासद्

देश राजनीतिक संकटमा होमिएका बेला यी युवा सभासद् प्रेमको कुरामै व्यस्त थिए.... फेसबुक सामाजिक सञ्जालको एउटा सशक्त माध्यम बन्न पुगेको छ। अमेरिकी राष्ट्रपति बाराक ओबामादेखि पूर्व अर्थमन्त्री बाबुराम भट्टराईले पनि युवा पुस्ताको मन बुझ्न फेसबुक कै सहारा लिएका थिए । फेसबुकमा केही नाम चलेका र प्रभावशाली मानिसहरु पनि छन्। उनीहरुले फेसबुकलाई हजारौं समर्थक र सरोकारवालाहरुसँगसम्बन्ध कायम गर्न एउटा बलियो माध्यमका रुपमा प्रयोग गर्न सक्छन्। नेकपा मालेका मनोनित सभासद् राजेन्द्र खेतान,जो एक सफल उद्यमी पनि हुन्। उनी पनि फेसबुकमा छन्। उनलाई फेसबुकमा आफ्नो साथीको सूचिमा राख्‍न बेला मेरा धेरै अपेक्षा थिए। एक जना युवा उद्यमी र सभासद्। उनका विचारहरु। युवा पुस्तालाई उनका सुझावहरु। उनका अनुभवहरु,यस्तै उत्पादनशील र सिर्जनशील कुराहरुको अपेक्षा मैले नेपालका एक जना सभासद् र उद्यमीको फेसबुकबाट गरेको थिएँ। तर उनी विन्दास रहेछन्। प्रधानमन्त्री पुष्पकमल दाहालले राजिनामा दिएपछि देश गम्भीर राजनीतिक संकटमा होमियो। फेसबुकमा देशविदेशका युवा साथीहरु अब के होला भन्ने चिन्तामा थिए। सबैका आफ्नै अड्कल, आकांक्षा र अनुरोध थिए...

Letter to the Past

Dearest Past, You began with the 23 pairs of chromosome and drove me to the age of 23. You gave me lots of cheers and despairs. The science of life and the art of living always reacted with the missing plugins.You gave me hope. That's why I am still alive. Thanks for the MEMORIES.

Letter to Dolly – 2

Dear Dolly, You might have already moved to that "city of waterfalls" with your friend. Or you might have already reached there. I know, your country already saw sunset today. And I expected you to reach the city before sunset. Wherever you are, you forget to convey your farewell before you went there this morning. I was really expecting some words from you when you are being far from your usualness. But I don’t mind, I know some fragile existences don’t get bothered to be remembered. I think, I was overshadowed by the excitement of joys of a doll, who is keeping herself far from the everyday stresses, at least for two days.  Today I am not writing you about the usual bla bla about our mysterious relationship. I was somewhat inspired by something today. That’s why today was little bit different than yesterday and other previous days. It is the only urge to share some feelings with you. After daring to be irresponsible towards my busy schedule in office, I rolled toward a ...