Skip to main content

आतंकवाद खतरनाक कि अमेरिका ?

सेप्टेम्बर ११ को आक्रमणमा ३ हजारले ज्यान गुमाए। यसको बदलामा इराक र अफगानिस्तानमा अमेरिकी नेतृत्वमा भएका युद्धमा हालसम्म मर्नेको संख्या ७ लाख ५० हजार नाघिसकेको छ। जुन सेप्टेम्बर ११ मा भएको आक्रमणमा मारिनेको संख्याको २ सय ५१ गुणा बढि हो। इराक युद्ध र अफगान युद्धमा मारिनेको संख्या सन् १९९३ देखि सन् २००४ सम्म संसारभर भएका आतंकवादी आक्रमणमा मारिनेको संख्याको १ सय ८ गुणाभन्दा बढि हो।

यी तथ्याङ्कबाट नै सजिलै बुझ्न सकिन्छ विश्वको लागि आतंकवाद भन्दा डरलाग्दो आतंकवादविरोधी युद्ध रहेको छ। अमेरिकी नेतृत्वमा भइरहेको यो युद्धले लाखौं सर्वसाधारणको ज्यान लिएको छ अरबौं डलर खर्च गरेको छ र विश्वलाई थप असुरक्षित बनाएको छ। सेप्टेम्बर ११ पछि त्यस्तै किसिमको आक्रमण अमेरिकामा त दोहोरिएको छैन तर आतंकवादको पछिल्ला शिकार भारत पाकिस्तान अफगानिस्तान र मध्यपूर्वका मुलुक भएका छन्। एउटा माहुरीले टोक्यो भनेर माहुरीको गोलामा ढुंगा हान्ने काम अमेरिकाले गरेको छ।

शीत युद्धको बेलामा कम्युनिष्टहरुलाई आतंकवादी मानिन्थ्यो। शीत युद्धपछि मुसलमानहरुलाई अमेरिकाले आतंकवादी भन्न थाल्यो। इतिहासलाई राम्रोसँग नियाल्ने हो भने आतंकवादलाई अमेरिका लगायत पश्चिमका ठूला राष्ट्रले आफू अनुकुल ब्याख्या गर्दै आएका छन्। लकरबी बम हमलाका आक्रमणकारी अलि मोहम्मद अल मेग्राहीलाई स्कटल्याण्ड सरकारले रिहा गर्नुको पछाडि बेलायत र लिबियाबीचको तेलसम्बन्धी सम्झौता कारण रहेका कुराको भरपर्दा सबुतहरु मिडियामा आइसकेका छन्। निहित राजनीतिक स्वार्थका पछाडि रचिएको आतंकवाद विरोधी युद्धको गम्भिर परिणाम भने तेस्रो विश्वका जनताले भोग्नु परेको छ । मानौं यी मुलुकका मान्छे मान्छे नै होइनन्।

इराकसँग आमविनाशकारी हतियार भएको आरोपमा अमेरिकाले सेप्टेम्बर ११ पछि इराकमा आक्रमण गर्यो। युद्धका ८ वर्षमा ५ लाख त सर्वसाधारण मात्र मारिए तर आमविनाशकारी हतियार भेटिएन। के अमेरिकी नेतृत्वको युद्ध आमविनाशकारी हतियार भन्दा कम सावित भयो अफगानिस्तानमा युद्धमा विदेशी सेनाले प्रयोग गरेका घातक क्लस्टर बमको कारण हजारौं सर्वसाधारणले ज्यान गुमाए शरिरका महत्वपूर्ण अंग गुमाए । अन्धाधुन्ध गरिएका हवाइ आक्रमणमा घरमा सुतिरहेका गाडीमा चढिरहेका बाटोमा हिँडिरहेका थुप्रै सर्वसाधारण मारिए। तर अमेरिकाले जसको खोजी गर्न भनी दोस्रो विश्वयुद्ध पछिकै भयानक युद्धको श्रृंखला सुरु गर्यो ती व्यक्ति ओसामा विन लादेन कुनै पनि कारवाहीमा मारिएनन्। उनको सुँइको सम्म पनि पाएन बहुराष्ट्रिय सेनाले।

सन् १९८० को दशकमा विन लादेन र उनका सहयोगीहरुले अमेरिका कै सहयोगमा तालिम र हतियारहरु पाए । अफगानिस्तानमा रहेको तत्कालिन सोभियत शासनविरुद्ध लड्नको लागि तालिवानलाई रकम सिआइएले दियो तालिम बेलायती सेनाले दियो। सन् १९९६ मा तालिवानले अफगानिस्तानको सत्तामा कब्जा जमाए पछि वाशिङटन किन केही बोलेन
आतंकवादविरुद्ध अमेरिकी नेतृत्वमा भएको विश्वब्यापी अभियानले सभ्यताको भिडन्त क्ल्यास अफ सिभिलाइजेसन लाई जन्माउने खतरा समेत रहेको छ। अमेरिकाको फ्लोरिडा राज्यको एउटा स्कूले विद्यार्थीहरु केही समयअघि एउटा स्थानीय चर्चले वितरण गरेको टिसर्ट लगाएर घर फर्केका थिए र उनीहरुको टिसर्टमा लेखिएको थियो 'इस्लाम इज डेभिल इस्लाम भनेको शैतान हो'। अमेरिकाले मुस्लिम जगतप्रति फैलाएको घृणाको प्रोपागाण्डा यसबाट प्रष्ट हुन्छ। आतंकवादविरुद्ध भनिएको यो युद्धमा केवल ह्वाइटहाउस र डाउनिङ स्ट्रीट मात्र लागेका छैनन् सँगसँगैको प्रोपागाण्डा युद्धमा भ्याटिकनदेखि वाल स्ट्रीटसम्म र पश्चिमका मिडियाका समेत कन्जरभेटिभ तत्वहरु लागेका छन् । जसको उग्रपन्थ अलकायदाको भन्दा कम छैन।

जब सोभियत संघ पतन भयो शीत युद्ध सकियो जब साम्राज्यवादको भू राजनीतिले कोल्टे फेरेर अर्थ र तेल उन्मूख हुन थाल्यो तब आतंकवादलाई हेर्ने अमेरिकी परिभाषामा पनि परिवर्तन भयो। नयाँ परिभाषामा धार्मिक र जातीय कुरालाई मुछियो। विशाल साँस्कृतिक र शान्तिपूर्ण इतिहास बोकेको मुसलमान समूदायलाई अमेरिकाले पछिल्ला दुई दशकमा नै आतंकवादसँग जोडिदियो। तुलनात्मक रुपमा दोस्रो विश्व युद्ध पछि शान्त रहेको विश्वलाई फेरि अस्थिरतातर्फ उन्मुख गर्यो अमेरिकाले। आतंकवाद एउटा सिर्जित मुद्धा हो र यसको रचनाकार अमेरिका हो। विभिन्न देशमा मुस्लिम अतिवाद पछाडिका अधिकांश कारणहरु आन्तरिक थिए। तर यसलाई अन्तर्राष्ट्रियकरण अमेरिकाले गर्यो ।

ओबामाले सन् २०१२ सम्म इराकबाट सबै अमेरिकी सेना फिर्ता बोलाउने घोषणा गरिसकेका छन्। इजिप्ट भ्रमणमा रहँदा उनले मुस्लिम समुदायसँग नयाँ सम्बन्धको लागि आव्हान पनि गरेका छन्। तर आतंकवादी संगठनका प्रमूखहरुले ओबामाको मुस्लिमसँग निकट हुने नीतिलाई पत्याएका छैनन्। विश्लेषकहरुले पनि भन्ने गरेका छन् ओबामा बोल्दा खेरी ओबामा नै हुन् तर काम गर्दा बुस। ओबामाले दुई वर्ष भित्र इराकबाट सेना फर्काउनु समस्याको समाधान होइन। अफगानिस्तानमा थप सेना पठाउनु त झन् हुँदै होइन।

केही दिन अघि दोहोर्याएर हेरेको खालिद युसेनीको उपन्यासमाथि बनेको फिल्म 'द काइट रनर'मा सन् १९७९ मा सोभियत संघले अफगानिस्तान आक्रमण गरेको प्रसंग छ। प्रमूख पात्र मध्येका एक बाबा होमायुन एर्सारदी कम्युनिष्ट विरोधी हुन्छन्। सोभियत आक्रमणपछि उनी छोरा अमिरसँग देश छाडेर भाग्ने तयारी गर्छन्। उनले एक सहयोगीलाई भन्छन्- 'हाम्रो घर रेखदेख गरिदिनु होला। रसियनहरु फर्केर गएपछि हामी आउँछौं।' ती सहयोगीले सोध्छन्- 'रसियनहरु फर्केनन् भने ? बाबाले जवाफ दिन्छन्- 'अवश्य फर्केर जानेछन् यो देश आक्रमणकारीहरुको लागि दयालु छैन।'

वास्तवमै इराकपछि अफगानिस्तानमा ध्यान केन्द्रित गरेको बहुराष्ट्रिय सेनाले त्यहाँ स्थायी जित अपेक्षा नगरे हुन्छ। स्वयं नेटोका जेनरलहरुले नै यो कुरा स्वीकार गर्दै आएका छन्। आतंकवादलाई जित्ने सबैभन्दा ठूलो हतियार धैर्यता हो। सेप्टेम्बर ११ पछि केवल धैर्य मात्र गरिएको भए र मुस्लिम उग्रवादीहरु भएका मुलुकले आन्तरिक कडाइ गरेको भए मानव इतिहासले यति ठूलो क्षति भोग्नु पर्ने थिएन । न त अमेरिकाको छवि नै बिग्रने थियो ।

आतंकवादविरुद्ध युद्धको लागि अमेरिकी र बेलायती सनक भन्दा पनि विशेष गरी इराक र अफगानिस्तानमा बलियो र प्रजातान्त्रिक सरकार आवश्यक छ। इराकको बगदाद र अफगानिस्तानको काबुलमा थुप्रौ वर्ष काम गरेका र अमेरिकी विदेश मन्त्रालयमा ४० वर्ष बिताएका रायन क्रोकरले सेप्टेम्बर ११ पछि सिक्नु पर्ने पाठहरुको बारेमा न्युजविक पत्रिकामा लेखेका छन्- 'अमेरिकालाई रणनीतिक धैर्यता जरुरी छ तर परम्परागतरुपमा अमेरिकीहरुले त्यो सिकेका छैनन्।'

Also Seen on Nagarik

Comments

Popular posts from this blog

एउटा अधुरो कथा - घर कब आवोगे

घर कब आओगे? लामो समय पछि उसको कपाल काट्ने पसलमा पुगेर मेरा कपाल र दारीमा उसले गर्नु पर्ने योगदानबारे छोटो निर्देशन दिएपछि म विशाल ऐनाअगाडि राखिएका एक कुर्सीमा बसेँ । आकाशे रंगको कपडा झट्काएर मेरो घाँटीमा बेरिदिँदै गर्दा उसले सोध्यो, ‘दाइ फेरि कान्तिपुरमै आउनु भयो?’ कपडा बेरिएको घाँटीभित्रको नलिलाई खुकुलो बनाउँदै मैले हैन भनेँ । नजिकै शान्तिनगरमा डेरा सरेको बुझाएँ । उ केही बोलेन । एकछिन पछि हातमा कैँची चलाउँदै सोध्यो ‘कस्तो काट्ने? कति काट्ने’ यो मामिलामा म निकै सजिलो मान्छे । ‘जत्रो मन लाग्छ तेत्रो, जस्तो मन लाग्छ तेस्तो । म केही भन्दिनँ’ मेरो जवाफ सुनेर झन् कन्फ्युज भए जसरी टाउको घुमाइ घुमाइ मेरो झाङ्गिएको कपाललाई कोण कोणबाट निरिक्षण गर्न थाल्यो उ । र एकछिन पछि कैंची चलेको एकोहोरो सँगीत मेरो कानमा गुन्जिन थाल्यो । मेरा आँखा उसको पसलका भित्ताभरि टाँसिएका पोस्टरमा पोखिन थाले । *** सानो छँदा पिताजीले कपाल काटिदिनु हुन्थ्यो । अलि ठूलो भएपछि पिताजीले काटिदिएको कपाल टाटेपाटे लाग्न थाल्यो । त्यसपछि हाम्रो टोलतिर साइकलमा चढेर ‘क…..पा…..ल का….ट्ने’ भन्दै कराउँदै हिँड्ने एक जना हजामबाट मैल...

Letter to She_Rocker

Dear She_rocker,          I remember I had written to you last time in the March of this year. That was a letter of no more than 10 sentences. I don't know whether you watched it. It might have been redirected to the junk folder, or it might have been deleted without being viewed. Or more possibly your boyfriend would have watched it and deleted before you could got it.   The thing that provoked me to write you again is the first anniversary of the day. It has re-intensified the memories, which were on their own way to be blurred.   Dear she_rocker, honestly I hope and I pray you are having a rocking life nowadays. I hope you are not getting disturbed by various factors as you used to be in the past.   The span of one year was just the cascades of another day. Every morning is equally new for you and me. How we play the rhythm of sunshine does matter to us. But unfortunately, I never tried to judge the melody of the life after you left. I never tried to evaluate the strength o...

Letter to Lady diana

Dear Lady Diana,   the coldness in Nagarkot was injecting the liquidity over our bones and vains, the moon was looking at us as you were restricted to join the party, i remember many of my family and frens were present at the party, my mom, her sisters, my cousins and frens of KTV, i fear my girlfriend was not there, Coz she was dancing at another discotheque in the downtown, the distance of 20 miles between me and her was not only meant to mean the absence of warmness. I was getting her texts frequently but, not sending the reply. by the time Lady Diana, you came there with a beautiful white wearings. Surprisingly Harry and William were not with her, but two little girls, i thought they were your daughters that the world never knew about, Diana, you seemed confused to be on that strange place for the first time. My father had told me that when you came to Nepal 20 years ago, you hadn't visited Nagarkot, so i thought this time you are in Nepal to vosit this beautiful places, Naga...