Skip to main content

पर पर क्षितीजमा



पर पर क्षितीजमा
अस्ताउँदो सूर्यको लालीमा
बादलका रङ्गीचङ्गी धर्काहरु
आकाशको छाती नाप्थे,
बादलका अमूर्त ढिक्काहरुमा
रुमानी कथाहरु बुनिन्थे
राजा रानी, हात्ती घोडा, राजकुमार र परीका कथाहरु,
क्षितिज नै ओझेल परेका छन् आज-भोलि
बादलको आकृतिमा कथाहरु छैनन्
पर पर क्षितिजमा बादलहरु छैनन् .......

पहाडहरुसँग
उचाइ नापिन्थ्यो सपनाको,
भर्खर झरी परेर पखालिएका
उज्याला, हरिया जङ्गल झैं
प्रष्ट थिए सपनाका क्यानभासहरु
आजभोलि पहाड पनि छैन,
झरी हैन, तुषारो पर्छ
पर पर क्षितीजमा सपनाहरु छैनन्,
पहाडहरु छैनन् ....

Comments

  1. kabita ati sundar lekhnu bhayechha.badale aakash ko chhati napeyra samay jasri sapnil banna sakena.....but 2nd part maa aayera pahad sapana ra udeshyaharu pakhayera uyaala bhayeka haraf harule sachai nai saya okaleko chha. very good keep it up

    ReplyDelete
  2. Thank You Bajra Dai :-)

    ReplyDelete

Post a Comment

Popular posts from this blog

एउटा अधुरो कथा - घर कब आवोगे

घर कब आओगे? लामो समय पछि उसको कपाल काट्ने पसलमा पुगेर मेरा कपाल र दारीमा उसले गर्नु पर्ने योगदानबारे छोटो निर्देशन दिएपछि म विशाल ऐनाअगाडि राखिएका एक कुर्सीमा बसेँ । आकाशे रंगको कपडा झट्काएर मेरो घाँटीमा बेरिदिँदै गर्दा उसले सोध्यो, ‘दाइ फेरि कान्तिपुरमै आउनु भयो?’ कपडा बेरिएको घाँटीभित्रको नलिलाई खुकुलो बनाउँदै मैले हैन भनेँ । नजिकै शान्तिनगरमा डेरा सरेको बुझाएँ । उ केही बोलेन । एकछिन पछि हातमा कैँची चलाउँदै सोध्यो ‘कस्तो काट्ने? कति काट्ने’ यो मामिलामा म निकै सजिलो मान्छे । ‘जत्रो मन लाग्छ तेत्रो, जस्तो मन लाग्छ तेस्तो । म केही भन्दिनँ’ मेरो जवाफ सुनेर झन् कन्फ्युज भए जसरी टाउको घुमाइ घुमाइ मेरो झाङ्गिएको कपाललाई कोण कोणबाट निरिक्षण गर्न थाल्यो उ । र एकछिन पछि कैंची चलेको एकोहोरो सँगीत मेरो कानमा गुन्जिन थाल्यो । मेरा आँखा उसको पसलका भित्ताभरि टाँसिएका पोस्टरमा पोखिन थाले । *** सानो छँदा पिताजीले कपाल काटिदिनु हुन्थ्यो । अलि ठूलो भएपछि पिताजीले काटिदिएको कपाल टाटेपाटे लाग्न थाल्यो । त्यसपछि हाम्रो टोलतिर साइकलमा चढेर ‘क…..पा…..ल का….ट्ने’ भन्दै कराउँदै हिँड्ने एक जना हजामबाट मैल...

Letter to She_Rocker

Dear She_rocker,          I remember I had written to you last time in the March of this year. That was a letter of no more than 10 sentences. I don't know whether you watched it. It might have been redirected to the junk folder, or it might have been deleted without being viewed. Or more possibly your boyfriend would have watched it and deleted before you could got it.   The thing that provoked me to write you again is the first anniversary of the day. It has re-intensified the memories, which were on their own way to be blurred.   Dear she_rocker, honestly I hope and I pray you are having a rocking life nowadays. I hope you are not getting disturbed by various factors as you used to be in the past.   The span of one year was just the cascades of another day. Every morning is equally new for you and me. How we play the rhythm of sunshine does matter to us. But unfortunately, I never tried to judge the melody of the life after you left. I never tried to evaluate the strength o...

Letter to the Past

Dearest Past, You began with the 23 pairs of chromosome and drove me to the age of 23. You gave me lots of cheers and despairs. The science of life and the art of living always reacted with the missing plugins.You gave me hope. That's why I am still alive. Thanks for the MEMORIES.