Skip to main content

देशमा केही गर्ने मन छ? इन्टरनेट चलाउनुहोस्!

यहाँ पाँच तरिका छन्। यिनलाई व्यवहारमा उतारे देश विकासमा योगदान पुग्छ। यसलाई अप्ठेरो रुपमा लिनु जरुरी छैन, यी सरल र सहज सुझावहरु हुन् जसलाई प्रयोग गर्दा रमाइलो त भइहाल्छ साथसाथै एउटा समृद्ध नेपालको विश्वव्यापी पहिचान र बहुलबादको सँस्कारलाई समेत बढावा दिन्छ।

१. नेपाललाई चिनाउने : हामी यति धनी हुँदा हुँदै पनि हाम्रा यहाँका अतुलनीय विशेषता र मनोरमबारे विश्वलाई थाहा छैन। थोरैलाई मात्र थाहा छ । सगरमाथा त चीनमा होइन? भन्ने प्रश्न विदेशमा रहेका साथीभाइले बेलाबेलामा भोग्ने गरेका छन्। इन्टरनेटमा नेपालको बारेमा लेखेर यहाँका विविधता र विशेषताका बारेमा सूचना प्रवाह गरेरे हामी हाम्रोबारे विश्वलाई थाहा दिन सक्छौं जसले गर्दा पर्यटन उद्योग बढ्न सक्छ। पर्यटन हाम्रो जस्तो देशको लागि सबैभन्दा गज्जबको उद्योग हो।

नेपाललाई चिनाउन इन्टरनेटमा के गर्ने त ? विकिपीडिया भनिने विश्व कोषमा जो सुकैले पनि नयाँ जानकारी थप्न र विद्यमान सूचनालाई सम्पादन गर्न सक्छ। यो धेरै मानिसले इन्टरेनटबाट जानकारी लिन प्रयोग गर्ने वेबसाइट हो। यस वेबसाइटमा गर्भाधान कसरी हुन्छ भन्ने देखि ओबामाको जन्मथलोसम्बन्धी विवाद, सुगौली सन्धीदेखि माओवादी विद्रोह, आइन्स्टाइनको e=mc2 देखि कोलम्बिया डिजास्टरसम्म, हरेको विषयको विस्तृत र व्यवस्थित जानकारी राखिएको छ। एक मुनाफारहित संस्थाले खोलेको यो साइट जति चलाउँदा पनि पैसा लाग्दैन। यही साइटमा नेपालसम्बन्धी प्रमुख घटना र विशेषताका बारेमा पनि सूचना त छन्, तर अधिकांश छोटा र अस्पष्ट छन्। त्यहाँ राखिएका जानकारी हामीले पनि सम्पादन गर्न पाउँछौं। अनुभवका आधारमा पनि कतिपय कुराको बढी जानकारी तपाईं हामीसँग छ।

त्यसैले नेपालसम्बन्धी विकिपिडियाका जानकारीहरु सम्पादन गरौं। विशेषगरी क्याम्पस पढ्ने युवा यसमा सहभागी हुन सक्छन्। अर्को कुरा, विकिपेडियामा हामी नयाँ सूचना पनि थप्न सक्छौं। जे सुकैको बारेमा लेखौं, आफू बस्ने ठाउँको बारेमा। कुनै नेताको बारेमा। समाजसेवीको बारेमा। यस्तो कुरा लेखौं जुन कुरा पढ्न अरुलाई चासो लागोस्। यसरी हामी नेपालका साना साना जानकारी पनि विश्वलाई थाहा दिन सक्छौं र नेपाललाई चिनाउन सक्छौं।

यसमै अर्को कुरा थप्न मन लाग्यो, नेपालका कलाकार, संगीतकर्मी लगायतका सेलिब्रिटीहरुमध्ये थोरैको मात्र पर्सनल वेबसाइट छ। कला र मनोरन्जन उद्योगमा बोल्डनेस बढाउने हो भने आजै इन्टरनेटलाई पकडौं । आजकल वेबसाइट खोल्नु ठूलो कुरै होइन।

२. रेमिटेन्स भित्य्राउने : तपालाई थाहा छ, इन्टरनरेट चलाएर डलर पनि भित्य्राउन सकिन्छ। सबैभन्दा पहिला लेख्ने बानी बसालौं। लेख्ननेहरुले पनि आफ्ना रचना इन्टरनेटमा राखौं। दुनियाँलाई देखाऔं । यसको लागि ब्लग प्रयोग गर्नु राम्रो। ब्लग लेख्दै पैसा कमाउन चाहिँ गुगलको एडसेन्स सेवा प्रयोग गर्न सकिन्छ। गुगलको विज्ञापन तपाईंको साइटमा राखिन्छ। साइट भिजिट गर्नेले ती विज्ञापनमा जति धेरै क्लिक गर्छन् त्यति नै पैसा कमाइन्छ। तपाईंको खातामा कम्तिमा सय डलर पुगे पछि तपाईं पैसा मगाउन सक्नुहुन्छ। तपाईंको ठेगानामा चेक आइपुग्छ। क्रेडिट कार्ड छ भने पे पालको प्रयोग गरी सिधै आफ्नो खातामा पैसा पाउनु हुनेछ। त्यसैले ब्लग गरौं। सके अंग्रेजीमा नसके नेपालीमा। नेपाली ब्लग पनि धेरैले पढ्छन्। तर राम्रा कन्टेन्ट हुनु पर्यो। आफ्नो जीवनचर्या देखि राजनीतिक विषय बस्तुका बारेमा ब्लग गर्न सकिन्छ। मन लागेको कुरा लेख्ने हो, चाहे हाइकु लेख्नुस् वा आणविक निसश्त्रीकरणबारे लेख्नुस्। तर मेरो व्यक्तिगत अनुभवमा व्यवसायिक र पैसा कमाउने उदेश्यले चलाउने हो भने अलि बढि बिक्ने विषय सोच्नु पर्छ। नबिक्ने विषयलाई पनि बिकाउन सक्नु पर्छ। इन्टरनेट एउटा बजार हो। जहाँ फुटपाथका पसल पनि छन्,ठूला मल पनि छन् । अब ब्लग गर्न चाहिँ गुगलकै ब्लगर सेवा लिन सुझाव दिन्छु म। यसमा एडसेन्स विज्ञापन निकै सजिलै राख्न सकिन्छ, जसको लागि तपाईंलाई कुनै प्राविधिक कुरा जान्नु पर्दैन। अनि यो ब्लग तपाईंको जिमेल एड्रेसबाट नै साइन इन गरेर चलाउन सकिन्छ। ब्लगमा मोड्युल र साइडबार पनि सजिलै राख्न सकिन्छ। एडसेन्स र ब्लगर दुबै सेवा प्रयोग गर्न एक पैसा पनि तिर्नु पर्दैन।

लेखकले मात्र होइन, अन्य क्षमता र प्रतिभा भएकाले पनि ब्लग गर्न सक्छन्, अडियो, भिडियो, तस्बिर जे राखेर ब्लग गर्दा पनि हुन्छ ।

३. सरकारी निकायले ट्वीट गर्ने : सार्वजनिक चासोका विषयमा सरकारले जनतालाई सही सूचना दिनुपर्छ। प्रजातन्त्रमा पारदर्शीता हुन्छ। संचार माध्यमलाई नियमित वक्तव्य पठाइरहने सेना, प्रहरी,मन्त्रालय, आदिले ट्वीटर प्रयोग गर्नु पर्छ । ट्वीटर छिटो छरितो मात्र होइन प्रभावकारी पनि हुन् सक्छ । ट्वीटरमा सर्वसाधारणले पहिलो च्यानलबाटै सूचना पाउने भएकाले रेडियो टेलिभिजनका अस्पष्ट र अपुष्ट खबर सुनेर जनता विचलित हुनु पर्दैन । यति मात्र होइन परम्परागत फ्याक्सको प्रयोग कम गर्न सके वातावरणलाई पनि सहयोग पुग्छ । ट्वीटरको प्रयोगले सरकारी निकायका प्रवक्ताहरु सरोकारवालाहरुको पटक पटक फोन उठाउनु पर्ने हैरानीबाट पनि मुक्त हुनेछन् । यसले समय पनि जोगाउँछ । बेलायतमा हालै सरकारी कर्मचारीलाई ट्वीट गर्न निर्देशन दिइएको थियो । नेपालमा संविधान निर्माणका बेला भएकाले सभासद्हरुले पनि ट्वीटर प्रयोग गर्नु पर्छ । संविधानमा समावेश हुने मुद्धाहरुका बारेमा इन्टरनेटमै ब्यापक बहस र छलफल चलाउन सकिन्छ ।

४. गुड गभर्नेन्स = इ गभर्नेन्स : म त्यो दिन निकै खुसि हुनेछु, जुन दिन मैले मेरो मोटरसाइकलको कर इन्टरनेटमार्फत मेरो खाताबाट सोझै सरकारलाई तिर्न सक्नेछु । घन्टौं लाइनमा बस्नु पर्ने र दलालसँग मोलमलाइ गर्नु पर्ने झन्झटबाट मुक्ति पाउने छु । इन्टरनेटबाटै फारम भरेर हामीले जन्मदर्ता, बसाइ सराइ, विवाह दर्ता गर्न सकौं । मध्यमवर्गीय शहरीया जनसंख्या निकै ब्यस्त हुँदैछ । यो समूहले अनावश्यक झन्झटमा खर्च गर्ने समय जोगाउन सकियो भने अन्य उत्पादनशील काम गर्न सकिन्छ । बेलायतमा माइ सोसाइटी भनिने एउटा संस्था छ । यसले लोकतन्त्रलाई सहयोग गर्ने थुप्रै साइटहरु संचालन गर्छ । माइसोसाइटीको वेबसाइट मार्फत २ लाख जनताले आफ्ना सांसदहरुलाई पत्र लेखीसकेका छन् । जनताको गुनासाका आधारमा १९ हजार समस्याहरु समाधान गरिएको छ । सरकारलाई दबाब दिन यसै साइटमार्फत १ करोड भन्दा बढि हस्ताक्षर संकलन भएको छ । यहाँ पनि यस्तै प्रभावकारी ढंगले नीति निर्मातालाई दबाब दिन सकिन्छ । प्रधानमन्त्रीको कार्यालय र सबै मन्त्रालयहरुले आफ्ना वेबसाइट नियमित अपडेट गर्नु पर्यो । यस्ता वेबसाइटबाटै विभिन्न मुद्धामा जनताका राय सुझाव पनि लिन सकिन्छ ।

५. गाउँ गाउँमा इन्टरनेट : इन्टरनेट विलासिता होइन, आवश्यकता हो । इन्टरनेटमा बहुसंख्यक जनताको पहुँच पुर्याउन अभियान थाल्नु पर्यो । यसको सुरुवात नगर क्षेत्रका विद्यालयहरुबाट गर्न सकिन्छ । सार्वजनिक पुस्तकालयहरुमा पनि निशुल्क अथवा सस्तोमा इन्टरनेट चलाउने व्यवस्था हुनु पर्यो । गाउँमा शिक्षक नभएका विद्यालयमा इन्टरनेट पुर्याउन सकियो भने सेन्ट जेभियर्समा पढाउने शिक्षकले जाजरकोटको दुर्गम विद्यालयमा भिडियो कन्फरेन्सबाट पढाउन सक्छ । स्थानीय उत्पादनलाई सोझै बिक्री गर्न सकिन्छ ।

र अन्त्यमा, इन्टरनेटको प्रयोग बढ्दा प्रविधि क्षेत्रमा रोजगारी बढ्छ । नयाँ रोजगारी सिर्जना हुन्छ । नेपाली सफ्टवेयर उद्योगलाई प्रोत्साहन मिल्छ । ठूला विदेशी लगानी भित्रिन सक्छन् । के था, गुगल र माइक्रोसफ्टका क्षेत्रीय कार्यालय खुल्न पनि सक्छन् । तर सबैभन्दा पहिले इन्टरनेटको प्रयोग नै बढाउनु जरुरी छ । एशियाका अन्य मुलुकको अवस्था हेर्दा जुन मुलुकमा इन्टरनेट प्रयोगकर्ता बढ्दैछन्, ती मुलुकमा आर्थिक वृद्धि दर पनि तीव्र रहेको छ ।

इन्टरनेट एउटा यस्तो भर्चुअल दुनियाँ हो जसले अर्थतन्त्रलाई बलियो रुपमा सघाउन सक्छ । यहाँ लगानी र ठूला कुराको भन्दा पनि मोबिलाइजेशन जरुरी छ । एउटा संस्कार जरुरी छ ।

 

Comments

Popular posts from this blog

एउटा अधुरो कथा - घर कब आवोगे

घर कब आओगे? लामो समय पछि उसको कपाल काट्ने पसलमा पुगेर मेरा कपाल र दारीमा उसले गर्नु पर्ने योगदानबारे छोटो निर्देशन दिएपछि म विशाल ऐनाअगाडि राखिएका एक कुर्सीमा बसेँ । आकाशे रंगको कपडा झट्काएर मेरो घाँटीमा बेरिदिँदै गर्दा उसले सोध्यो, ‘दाइ फेरि कान्तिपुरमै आउनु भयो?’ कपडा बेरिएको घाँटीभित्रको नलिलाई खुकुलो बनाउँदै मैले हैन भनेँ । नजिकै शान्तिनगरमा डेरा सरेको बुझाएँ । उ केही बोलेन । एकछिन पछि हातमा कैँची चलाउँदै सोध्यो ‘कस्तो काट्ने? कति काट्ने’ यो मामिलामा म निकै सजिलो मान्छे । ‘जत्रो मन लाग्छ तेत्रो, जस्तो मन लाग्छ तेस्तो । म केही भन्दिनँ’ मेरो जवाफ सुनेर झन् कन्फ्युज भए जसरी टाउको घुमाइ घुमाइ मेरो झाङ्गिएको कपाललाई कोण कोणबाट निरिक्षण गर्न थाल्यो उ । र एकछिन पछि कैंची चलेको एकोहोरो सँगीत मेरो कानमा गुन्जिन थाल्यो । मेरा आँखा उसको पसलका भित्ताभरि टाँसिएका पोस्टरमा पोखिन थाले । *** सानो छँदा पिताजीले कपाल काटिदिनु हुन्थ्यो । अलि ठूलो भएपछि पिताजीले काटिदिएको कपाल टाटेपाटे लाग्न थाल्यो । त्यसपछि हाम्रो टोलतिर साइकलमा चढेर ‘क…..पा…..ल का….ट्ने’ भन्दै कराउँदै हिँड्ने एक जना हजामबाट मैल...

Letter to She_Rocker

Dear She_rocker,          I remember I had written to you last time in the March of this year. That was a letter of no more than 10 sentences. I don't know whether you watched it. It might have been redirected to the junk folder, or it might have been deleted without being viewed. Or more possibly your boyfriend would have watched it and deleted before you could got it.   The thing that provoked me to write you again is the first anniversary of the day. It has re-intensified the memories, which were on their own way to be blurred.   Dear she_rocker, honestly I hope and I pray you are having a rocking life nowadays. I hope you are not getting disturbed by various factors as you used to be in the past.   The span of one year was just the cascades of another day. Every morning is equally new for you and me. How we play the rhythm of sunshine does matter to us. But unfortunately, I never tried to judge the melody of the life after you left. I never tried to evaluate the strength o...

Letter to Lady diana

Dear Lady Diana,   the coldness in Nagarkot was injecting the liquidity over our bones and vains, the moon was looking at us as you were restricted to join the party, i remember many of my family and frens were present at the party, my mom, her sisters, my cousins and frens of KTV, i fear my girlfriend was not there, Coz she was dancing at another discotheque in the downtown, the distance of 20 miles between me and her was not only meant to mean the absence of warmness. I was getting her texts frequently but, not sending the reply. by the time Lady Diana, you came there with a beautiful white wearings. Surprisingly Harry and William were not with her, but two little girls, i thought they were your daughters that the world never knew about, Diana, you seemed confused to be on that strange place for the first time. My father had told me that when you came to Nepal 20 years ago, you hadn't visited Nagarkot, so i thought this time you are in Nepal to vosit this beautiful places, Naga...