Skip to main content

सुनौली जाने बसमा

खै के खै के
जिन्दगीबाट विरक्तिएर
खै कता खै कता
जान हिँडेका दुई युवती
टोलाउँदैछन् ड्राइभर पछाडिको सिटमा
सडक जस्तै पुरानो
सुनौली जाने बसमा

गोरखपुरको रेल समात्न हिँडेको एउटा ठिटो
पहेँलो वान्ता कट्कटिएको झ्यालबाट
आधा जिउ निकालेर बाहिर
अन्तर्वार्ता लिँदैछ
डेन्ड्राइट सुँघ्दै
एक रुप्पे मागीरहेको बालकसँग
'घर काँ?'
'नागढुँगा'
'बाउ छ?'
'छैन'

पढ्न अल्छी लागेर
बसमा हिँडेको
धादिङको खलाँसी केटो
दौडिँदैछ भित्र-बाहिर
सोच्दै होला
त्यो फूटपाथमा हिँड्ने सबै जना
चढेदेखि हुन्थ्यो नि
सुनौली जाने बसमा ।

Comments

  1. Dherai ramro kabita......................

    ReplyDelete

Post a Comment