Skip to main content

स्टिभ जब्सः जो बाँच्यो

जीवन बाँच्नुमा मात्र होइन नबाँच्नुमा पनि सार्थकता छ । सफल हुनुमा मात्र होइन असफल हुनुमा पनि अर्थ छ । बाटो पहिल्याउनुमा मात्र होइन बाटो हराउनुमा पनि गन्तव्य छ । स्टिभ जब्सको ५६ वर्षको जीवन यिनै कुराको जोडदार उदाहरण बन्यो ।

जीवनलाई व्याख्या गर्ने सजिलो दर्शनले भनिदिन्छ जीवन घाम-छाया हो । एक पाटो घाम अर्को पाटो छाया । तर स्टिभले जीवनको दुवै पाटो घमाइलो हुन्छ भनी देखाइदिए । जीवनका अन्तिम ७ वर्षमा उनी क्यान्सरले थलिए र उनलाई थाहा थियो उनी ढिलो होइन चाँडो मर्दै छन् । तर मृत्युको उल्टो गन्ती भइरहँदा उनले सबैभन्दा घनिभूत जीवन बाँचे । कामलाई सबैभन्दा धेरै पूजा गरे । उनका आविष्कारले प्रविधिको संसारलाई नयाँ युग दियो ।



७० को दशकमा अध्यात्म, शान्ति र मोक्षको खोजीमा बरालिँदै हिँडेको ठिटो भारत आइपुग्यो । स्टिभलाई लागेको थियो भारत अध्यात्मको खानी हो । जहाँ फूल मात्र फुल्छन् । जीवन सजिलो छ । निम करोइली बाबाको गुरुत्वको खोजीमा स्टिभ जतिबेला भारत आइपुगे तब उनले त्यहाँको गरिबी, अशिक्षा र दयनीय जीवन देखे । उनका हुन नसकेका गुरु निम बाबालाई पनि उनले सोचेजस्तो पाएनन् । स्टिभलाई लाग्यो जोगी बनेर हिँडेर संसार परिवर्तन हुँदैन । अध्यात्म खोज्दै भारत गएका स्टिभले अर्कै ज्ञान पाए ः संसार आविष्कार र आविष्कारकहरूको कारण बाँच्नका लागि सजिलो ठाउँ भएको छ, धर्मगुरु तथा राजनीतिक पण्डितहरूको कारण होइन । त्यसैबेला उनले मनको कुरा प्याच्च बोलेका थिए, 'संसारको अवस्था सुधार गर्न निम बाबा र कार्ल माक्र्स दुवैले गरेको योगदान जोड्दा जति हुन्छ त्योभन्दा बढी सायद थोमस एडिसनले गरे ।'

सन् १९३१ मा रोगले थलिएर ८४ वर्षको उमेरमा बितेका वैज्ञानिक थोमस अल्वा एडिसन र भर्भराउँदो उमेरमा ५६ वर्षमै क्यान्सरले परलोक लगेका स्टिभ जब्सको जीवनमा धेरैले समानता देख्छन् । यी दुवैले क्रान्तिकारी आविष्कार गरे । महान् जीवन बाँचे र महान् मृत्युवरण गरे । एडिसनको मृत्युमा जस्तै स्टिभ जब्सको मृत्युमा संसारभरबाट स्वतस्फूर्त शोक र समवेदनाको बाढी लाग्यो । कुनै प्रख्यात राष्ट्रप्रमुख अथवा नेताको मृत्युमा भन्दा स्टिभ जब्सको मृत्युमा संसार बढी शोकाकुल भयो ।

स्टिभ जब्स बुद्ध थिएनन् । उनी आफ्ना कर्मचारीका लागि जङ्गबहादुर थिए । एप्पल कम्पनीका हरेक उत्पादनको उनी सूक्ष्म निरीक्षण गर्दथे । चित्त नबुझेको कुरामा कर्मचारीको सातो खान्थे । उनी एक कुशल व्यवसायी थिए । जसले बुझेको थियो उपभोक्तालाई कुन उत्पादन चाहिएको छ । २१ औं शताब्दीको पहिलो वर्षमै माइक्रोसफ्टले विन्डोज अपरेटिङ सिस्टम भएको ट्याबलेट कम्प्युटर बनाएको थियो । तर हातले छोएर चलाउने माउस र किबोर्ड नभएको त्यो कम्प्युटरमा बिल गेट्सले भविष्य देखेनन् र रद्दीको टोकरीमा मिल्काइदिए । ७ वर्षपछि स्टिभ जब्सले त्यस्तै ट्याबलेट कम्प्युटर -आइप्याड) बनाइदिए । पहिलो वर्षमै दसौं लाख बिकेपछि कम्प्युटर कम्पनीहरूले भन्न थाले, अबको संसार भनेको ट्याबलेट कम्प्युटरको हो ।

स्टिभ जब्सले जे गरे त्यसले ट्रेन्ड परिवर्तन गरिदियो । मानिसलाई मानिससँग जोड्ने जटिल माध्यमहरूको सरल आविष्कारले स्टिभ जब्सलाई महान् बनायो । स्टिभ सधैं सरलतामा जोड दिन्थे । उनको मन्त्र थियो, 'जटिल कुराभन्दा साधारण कुरा बनाउन निकै गाह्रो छ र साधारण कुराले हिमाल हल्लाउने तागत राख्छ ।'

आइपड, आइफोन र आइप्याड आविष्कार नभएको भए कम्प्युटर मात्र बनाउने एप्पल कम्पनी आजको अवस्थामा आइपुग्ने थिएन । स्टिभ जब्स भन्ने गर्थे, 'मानिसलाई आफ्नो आवश्यकता के हो भन्ने कुरा तबसम्म थाहा हुँदैन जबसम्म तपाईं त्यो आवश्यकता उसको अगाडि लगेर राखिदिनु हुँदैन ।' स्टिभ जब्सले २१ औं शताब्दीका मान्छेको आवश्यकता बुझेका थिए ।

पत्रकारहरू भन्ने गर्छन् स्टिभ जब्सको व्यक्तित्व र प्रस्तुतिका कारण उनका कम असल उत्पादनहरू पनि बडो सौन्दर्यप्रधान देखिन्थे । उनको जीवन पनि त्यस्तै रह्यो । अभाव र संघर्षको सुरुवात, पैसा नभएर कलेज छोड्नुपर्ने बाध्यता, अध्यात्मको खोजीमा भड्किएको आत्मा । जब जीवनले सफल ट््रयाक समात्न थाल्यो तब क्यान्सर र अवश्यम्भावी मृत्यु ।

यी तीता सत्यहरूका बाबजुद स्टिभ जब्सले मीठो जीवन बाँचे । देख्दाखेरी उनी एउटा रमाइलो, हँसिलो, जोडदार व्यक्तित्व भएको, आशावादी, स्वप्नदर्शी अनि सकारात्मक सोचको खानीको रूपमा देखिए । त्यसैले उनी संसारका १ प्रतिशतभन्दा कम धेरै धनीहरूको माझमा उभिएर पनि संसारका ९९ प्रतिशतको प्यारा बन्न सके । सधैं आफ्ना व्यक्तिगत कुरामा गोप्यता कायम राख्न चाहने जब्सले सन् २००५ मा स्ट्यानफोर्ड विश्वविद्यालयका सयौं विद्यार्थीमाझ जीवनका तीन कथा खुलेर सुनाए । स्टिभले सुनाएका ती तीता सत्य उनका अनुयायीहरूको लागि मात्र होइन जिन्दगी भरपूर बाँच्न चाहने सबैका लागि गीता हो । स्टिभ गीताले संघर्ष, सत्य र मृत्युका तीन कुराको उदाहरण दियो ।

जीवनमा अगाडि के हुन्छ कसलाई थाहा हुँदैन । तर जे हुन्छ राम्रै हुन्छ । पैसा नभएर कलेज छोड्नुपरेका स्टिभ कलेज जानै नपाएको कारण भिखारी भएनन् । आफैंले स्थापना गरेको एप्पल कम्पनीबाट निकालिँदा स्टिभको करिअर साफ भएन । अनि एकपछि अर्को सफलताका सिँढी चढिरहँदा जीवनमा कहिल्यै नामै नसुनेको क्यान्सर आफैंलाई लागेको थाहा हुँदा पनि स्टिभ गलेनन्, साइनाइड खाएनन् । बरु यी सबै तीता सत्यले स्टिभलाई थप प्रेरणा र ऊर्जा दियो । मृत्युको पर्खाइमा उनले सबैभन्दा सुन्दर जीवन बाँचे ।

स्टिभले स्ट्यानफोर्डमा भनेका थिए, 'स्वर्ग जान चाहनेहरू पनि मर्न चाहँदैनन् ।' तर पनि मृत्यु हामी सबैको साझा गन्तव्य हो । जीवनको सबैभन्दा उत्कृष्ट सिर्जना नै मृत्यु हो । जीवन क्रमलाई परिवर्तन गर्ने साधन मृत्यु हो । मृत्युले पुरानालाई पाखा लाउँछ र नयाँलाई स्थापित गर्छ । सुन्दा नाटकीय लागे पनि सत्य यही हो ।

फेरि पनि स्टिभ जब्सलाई थोमस एडिसनसँग तुलना गर्दा एउटा कुरा भने फरक देखिन्छ । थोमस अल्वा एडिसन मर्दा मानिसहरूको लागि एउटा रहस्यमयी, तीक्ष्ण र असाधारण वैज्ञानिक मरेको थियो ।

स्टिभ जब्सले हामीलाई के प्रभाव छाडेर गए भने उनी मर्दा तपाईं-हामीजस्तै एउटा व्यक्ति मर्‍यो, जो हाम्रै उचाइको थियो, जसले हामीले जस्तै संघर्ष गर्‍यो, जो हामीजस्तै जीवनका अनिश्चित घटनाहरूको सिकार भयो र जसका लागि हाम्रा लागि जस्तै मृत्यु निश्चित थियो ।

कान्तिपुर कोसेलीमा प्रकाशित

Comments

Popular posts from this blog

एउटा अधुरो कथा - घर कब आवोगे

घर कब आओगे? लामो समय पछि उसको कपाल काट्ने पसलमा पुगेर मेरा कपाल र दारीमा उसले गर्नु पर्ने योगदानबारे छोटो निर्देशन दिएपछि म विशाल ऐनाअगाडि राखिएका एक कुर्सीमा बसेँ । आकाशे रंगको कपडा झट्काएर मेरो घाँटीमा बेरिदिँदै गर्दा उसले सोध्यो, ‘दाइ फेरि कान्तिपुरमै आउनु भयो?’ कपडा बेरिएको घाँटीभित्रको नलिलाई खुकुलो बनाउँदै मैले हैन भनेँ । नजिकै शान्तिनगरमा डेरा सरेको बुझाएँ । उ केही बोलेन । एकछिन पछि हातमा कैँची चलाउँदै सोध्यो ‘कस्तो काट्ने? कति काट्ने’ यो मामिलामा म निकै सजिलो मान्छे । ‘जत्रो मन लाग्छ तेत्रो, जस्तो मन लाग्छ तेस्तो । म केही भन्दिनँ’ मेरो जवाफ सुनेर झन् कन्फ्युज भए जसरी टाउको घुमाइ घुमाइ मेरो झाङ्गिएको कपाललाई कोण कोणबाट निरिक्षण गर्न थाल्यो उ । र एकछिन पछि कैंची चलेको एकोहोरो सँगीत मेरो कानमा गुन्जिन थाल्यो । मेरा आँखा उसको पसलका भित्ताभरि टाँसिएका पोस्टरमा पोखिन थाले । *** सानो छँदा पिताजीले कपाल काटिदिनु हुन्थ्यो । अलि ठूलो भएपछि पिताजीले काटिदिएको कपाल टाटेपाटे लाग्न थाल्यो । त्यसपछि हाम्रो टोलतिर साइकलमा चढेर ‘क…..पा…..ल का….ट्ने’ भन्दै कराउँदै हिँड्ने एक जना हजामबाट मैल...

Letter to She_Rocker

Dear She_rocker,          I remember I had written to you last time in the March of this year. That was a letter of no more than 10 sentences. I don't know whether you watched it. It might have been redirected to the junk folder, or it might have been deleted without being viewed. Or more possibly your boyfriend would have watched it and deleted before you could got it.   The thing that provoked me to write you again is the first anniversary of the day. It has re-intensified the memories, which were on their own way to be blurred.   Dear she_rocker, honestly I hope and I pray you are having a rocking life nowadays. I hope you are not getting disturbed by various factors as you used to be in the past.   The span of one year was just the cascades of another day. Every morning is equally new for you and me. How we play the rhythm of sunshine does matter to us. But unfortunately, I never tried to judge the melody of the life after you left. I never tried to evaluate the strength o...

Letter to Lady diana

Dear Lady Diana,   the coldness in Nagarkot was injecting the liquidity over our bones and vains, the moon was looking at us as you were restricted to join the party, i remember many of my family and frens were present at the party, my mom, her sisters, my cousins and frens of KTV, i fear my girlfriend was not there, Coz she was dancing at another discotheque in the downtown, the distance of 20 miles between me and her was not only meant to mean the absence of warmness. I was getting her texts frequently but, not sending the reply. by the time Lady Diana, you came there with a beautiful white wearings. Surprisingly Harry and William were not with her, but two little girls, i thought they were your daughters that the world never knew about, Diana, you seemed confused to be on that strange place for the first time. My father had told me that when you came to Nepal 20 years ago, you hadn't visited Nagarkot, so i thought this time you are in Nepal to vosit this beautiful places, Naga...