Skip to main content

मिसन मंगल

अघिल्लो साता दुई प्रकारका ठूला खेल भइरहेका थिए संसारमा । कोही ओलम्पिक्समा दौडिँदै थिए भने क्युरियोसिटी नामको यान मंगल ग्रहतिर दौडिँदै थियो । झन्डै ९ महिना लामो रेस पार गरेर क्युरियोसिटीको मंगल सतहमा अवतरण हुने तयारी भइरहँदा धेरैले लन्डन ओलम्पिक्सलाई बिर्सेका थिए ।

सन् १९६१ तिर एउटा भाषणको क्रममा तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले एक दशकभित्रै अमेरिकाले चन्द्रमामा मान्छे पठाउने घोषणा गरिदिए । शीतयुद्धको बेला सोभियत संघसँग चलिरहेको 'स्पेस रेस'मा पछि पर्न लागेको देखेपछि अलि बढी नै आवेगमा आएर राष्ट्रपति महोदयले चन्द्रमामा मान्छे नै पठाउने योजना सार्वजनिक गरिदिएपछि नासालाई बडो धर्मसंकट परेको थियो । किनभने त्यतिबेला नासासँग चन्द्रमामा मान्छे पठाउने कुनै योजना थिएन ।

केनेडी राष्ट्रपति मात्र थिएनन् । त्यतिबेलाका सबभन्दा प्रभावशाली र चर्चित नेता पनि थिए । आखिर उनको त्यही लहडी भाषणबाट सुरु भएको योजनाले सन् १९६९ मा मूर्त रूप पायो । अमेरिकाले चन्द्रमामा मान्छे पठाइछाड्यो । संसारका लागि त्यो घटना ऐतिहासिक भयो । नेपालसम्मका अंग्रेजी स्कुलका विज्ञान विषयका पाठ्यपुस्तकमा चन्द्रमामा पाइला राखिरहेका निल आर्मस्ट्रङको आवरण तस्बिर छापियो र मान्छेको जातले भनिरहन पायो, मान्छे महान् छ हामीले चन्द्रमालाई पनि छाडेनौं । कतिपयले त अमेरिकाले चन्द्रमामा मान्छे पठाएको समेत पत्याएनन् । सन् १९६९ देखि ७३ सम्म एपोलो मिसनमा १२ जनाले चन्द्रमामा पाइला टेके । त्यसपछि अहिलेसम्मका ४० वर्षमा कुनै मान्छे पनि चन्द्रमामा पुग्न सकेको छैन । सायद चन्द्रमामा जानुको उदेश्य केवल जानु मात्रै थियो, त्यहाँबाट हात पर्ने केही थिएन ।

अहिलेचाहिँ कुरो मंगल ग्रहको हो । पृथ्वीसँग मिल्दोजुल्दो स्वभाव भएको यो ग्रहसँग धेरै पहिलेदेखि नै मान्छेको जिज्ञासा र कल्पना जोडिँदै आएको छ । अमेरिका र उसको अन्तरिक्ष नियोग नासालाई नजिकबाट बुझ्नेहरूले सधैं के भन्ने गरेका छन् भने, नासा साँचो कुरा लुकाउन खप्पिस छ । मंगल ग्रहको पातलो वायुमण्डलमा १३ हजार माइलको गतिमा खस्दै गरेको क्युरियोसिटी यान हावामै जलेर भष्म भएको भए पनि नासाले केही सुन्दर र रोचक जवाफहरू तयार पारेर राखेको थियो, जसले उसको असफल प्रयासलाई पनि उपलब्धिकै रूपमा सावित गथ्र्यो । भइदियो के भने, नासा सफल भयो । यान मंगल ग्रहकै सतहमा उत्र्यो र भटाभट फोटो खिचेर पठाउन थाल्यो ।

नासाले जे गरे पनि गलत देख्ने 'षड्यन्त्रको सिद्धान्त'मा विश्वास गर्नेहरूले यानले पठाएको पहिलो फोटोमै षड्यन्त्रको गन्ध देखे । त्यो फोटोमा एउटा कालो धब्बा थियो । त्यो धब्बा के थियो ? मंगलको कुनै जीव ? कुनै रहस्य ? आखिर के ? मंगल अवतरणका प्रत्यक्ष प्रसारण टेलिभिजनमा भइरहँदा सामाजिक सञ्जालमा यस्ता प्रश्नहरूको ओइरो लागेका थिए । नासाले जवाफ दिन कर लाग्यो, 'यो अरू केही होइन हाम्रै यानले उडाएको धूलो हो ।' कतिले पत्याए । कतिले पत्याएनन् । हुन पनि मंगलबाट पृथ्वीमा आइपुगेको पछिल्लो फोटोले मानिसहरूलाई एकपटक फेरि सन् १९७६ सम्झाइदिएको थियो । जतिखेर भाइकिङ १ यानले खिचेको मंगल सतहको एउटा तस्बिरमा मान्छेको अनुहारझैं लाग्ने आकृति देखिएको थियो । कालान्तरमा त्यो एउटा चट्टान मात्रै भएको पुष्टि भयो ।

***

पृथ्वीबाट मंगल ग्रहको दूरी २५ करोड माइल छ । १९६० को दशकमा मंगलको आकाशसम्मै यान पुग्यो । त्यसपछि यस ग्रहका थप रहस्यहरू बाहिर आउन थाले । यहाँ कुनै समय पानीको अस्तित्व थियो । अहिले पनि बरफका रूपमा रहेको पानी भेटिएको छ । पृथ्वीजस्तै वायुमण्डल र पृथ्वीजस्तै सूर्यबाट ठिक्कको दूरीमा न धेरै तातो न धेरै चिसो अवस्थिति । यी यावत् कुराहरूले जिज्ञासु मानव जातिको यो ग्रहप्रति रुचि बढाइदिएको हो ।

मंगल ग्रहका यी सबै भूगर्भीय र जैविक सर्तहरूले जीवनको सम्भावनालाई एउटा सानो स्थान दिन्छन् । र जिज्ञासु प्राणी मान्छेले यही सम्भावनालाई खोतल्ने क्रममा मंगलमा यति धेरै रुचि दिएको हो । अमेरिकाले मंगल ग्रहमा पनि आफ्नो साम्राज्यवाद विस्तार गर्न, त्यहाँ रातारात सहर बसाउन र त्यहाँबाट महँगा खानीहरू पृथ्वीमा ओसार्नकै लागि दुई चार वर्षको अन्तरमा अर्बौं खर्च गरेर यानहरू पठाइरहेको हो भन्ने विश्लेषणचाहिँ हालको लागि यथार्थभन्दा अलि पर नै रहन्छ । अर्थात् हावादारी । कमसे कम अहिलेका लागि मंगल जेम्स क्यामरुनले 'अवतार'मा देखाएको प्यान्डोराजस्तो ग्रह होइन ।

यसको अर्थ यो होइन कि, अमेरिकाले नितान्त वैज्ञानिक र पवित्र सामाजिक उद्देश्य बोकेर यी महँगा मिसनहरू सञ्चालन गरिरहेको छ । अमेरिकी प्रशासन, यसका विज्ञान र प्रविधिका अनुसन्धान र भविष्यवाणीका विश्लेषणहरू आम विश्वासीको बुझाइ र पहुँचभन्दा धेरै टाढा छन् । स्वयं अमेरिकी राष्ट्रपति बाराक ओबामाले मंगलमा यान पठाउने नासाको टोलीलाई फोन गरेर भनेका थिए, मंगलमा जीव भेटियो भने सुरुमा मलाई भन्नुहोला, सानो जीवाणु भेटिए पनि मैले सुरुमा थाहा पाउनुपर्छ । ओबामाले ठट्टै गरेका भए पनि नासाले मंगलमा जीवाशेष भेट्यो भने ओबामाले समेत तत्काल थाहा पाउने छैनन् । बाँकी संसार त परको कुरा । एउटा भनाइ छ नि, 'वी नेभर नो ह्वाट वी डन्ट नो' अर्थात् हामीलाई के थाहा छैन भन्ने कुरा, हामीलाई कहिले नि थाहा हुँदैन ।

मंगलमा अवतरण गरेको क्युरियोसिटी यान यसअघि त्यहाँ पठाइएका यानहरूभन्दा शक्तिशाली छ । यसअघिका सम्पूर्ण यानहरूले गर्न सक्ने कामलाई जोड्ने हो भने पनि क्युरियोसिटीले गर्न सक्ने कामभन्दा कम नै हुन्छ । यसअघि साना यान पठाइन्थ्यो । यसपटक सिङ्गै प्रयोगशाला नै मंगलमा खसालिएको छ । प्राविधिक हिसाबले अत्यन्त जटिल प्रक्रियाबाट । केश फुलेका अनुभवी वैज्ञानिकहरूले पनि क्युरियोसिटी यान मंगल ग्रहको सतहमै नपुगी नष्ट हुने अनुमान गरेका थिए । त्यसैले नासाको लागि मंगल अवतरणले नै एउटा प्रमुख उदेश्य पूरा गरिदियो । त्यो यानले पत्ता लगाउने थप कुराहरू त सबै नासाको नाफामा जोडिनेछ ।

***

नासाले मंगल ग्रहमा पठाएको पछिल्लो यान, अहिलेसम्म कुनै ग्रहमा पठाइएको सबैभन्दा ठूलो यान हो । पृथ्वीबाट मंगलसम्मको दूरी, यान पठाउन लागेको खर्च, यसमा प्रयोग भएका अत्याधुनिक उपकरण र मंगलमा जीव अवशेष खोज्ने यसको उद्देश्यजस्ता फ्याक्टरहरूले नासाको मंगल यात्रालाई कुनै रोमाञ्चकारी कथा या फिल्मजस्तो बनाइदिएको छ । मान्छे रमाएका छन् । एउटा गरिब देशको मान्छेले पनि संसारको अर्को कुनोको मान्छेले नै गरेको यो उपलब्धिमा गर्व महसुस गरेको छ । २३ महिनापछि क्युरियोसिटी यानको आयु सकिनेछ । मंगलको कुनै खाल्टोमा यो यान निष्त्रिmय हुनेछ । नासाले पत्रकार सम्मलेन गर्नेछ । र उसले पत्ता लगाएका कुराहरू बडो जटिल र प्राविधिक शब्दावलीमा सुनाउनेछ । संसारले बुझेजस्तो गर्नेछ र धेरै कुरा थाहा पाउने छैन ।

हुन पनि सामान्य मानिसलाई मंगल ग्रहसम्म पुग्न लागेको इन्धन, क्युरियोसिटीमा जडान गरिएका क्यामेरका लेन्सका विशेषताजस्ता प्राविधिक पक्षसँग खासै चासो हुँदैन । यो विशाल ब्रह्रमाण्डको कुनै टाढा टाढा कुनामा हामीजस्तै प्राण भएका जीव होलान् कि नहोलान् भन्ने लेम्यान उत्सुकता न हो । र केवल नासाको यसपटकको मंगल अन्वेषणबाट हाम्रो उत्सुकताको तिर्खा पूर्ण रूपमा मेटिएला भनेर अपेक्षा नगरे पनि हुन्छ । विज्ञानका सर्तहरूका अनुसार मंगल ग्रहमा जीवन असम्भव छ । यहाँको पातलो वायुमण्डलमा पर्याप्त अक्सिजन छैन । सूर्यका हानिकारक किरण रोक्ने ओजोन तह छैन । पानी छैन । एउटा ब्याक्टेरियासमेत १५ सेकेन्ड बाँच्ने आधार पनि छैन ।

तर केही झिनो आधारहरू छन् जसले विगत कुनै समयमा मंगलमा जीवन थियो कि भन्ने सम्भावनालाई जीवित राखेको छ । कुनै समय त्यहाँ जीवन भएको भए, के कुराले त्यसलाई नष्ट गर्‍यो ? मंगलमा बसाइ सर्नेभन्दा पनि यो प्रश्नको जवाफ खोज्ने कामचाहिँ नासाको लागि र मानव जातिका लागि बढी महत्त्वपूर्ण हो । सौर्यमण्डलमा एउटै तरिकाले बनेका पृथ्वी र मंगलका समानताहरूबीच, मंगल ग्रहमा जीव अस्तित्व सखाप पार्ने कारण, पृथ्वीको लागि पनि कुनै समयमा एउटा गम्भीर कारण बन्न सक्छ । पृथ्वीका प्राणीलाई बचाउने एउटा महत्त्वपूर्ण पाठ बन्न सक्छ । मंगल अन्वेशषणले खोजेको जवाफ पनि त्यही नै हो ।

***

१९९० को दशकमा मंगल ग्रह अन्वेषणको कुनै मिसनमा ३ महिना काम गरेका एन्ड्रयु केसलर हफिङटनपोस्टमा लेख्छन्, 'बाहिर सुनिने गरेको कुरा र नासाको मिसन कन्ट्रोल रूममा देखिने कुरामा धेरै अन्तर छ । नासा सधैं आफ्नो असफलता लुकाउने प्रयासमा हुन्छ र सुन्दर कथा बुनेर प्रस्तुत गर्छ । ओलिम्पिक्समा जम्मा सय मिटर दौडनेले के

पाउँछ ? एउटा सुनको तक्मा ? उसको तारिफ, चर्चा, समाचार, महत्त्व कति हुन्छन् कति । यसको पछाडि ओलम्पिक्सको प्रतिष्ठा र त्यो खेलाडीले सय मिटर दौड जित्न जिन्दगीभर गरेको मिहिनेतलाई प्रमुख कारण मानिन्छ । सय मिटर दौड्दा त यत्रो नाम र हल्ला हुन्छ भने ब्रह्माण्डमा अर्बौं मिटर दौडँदा त्यसले चर्चा पाउनु स्वाभाविक हैन र ? त्यसमा पनि त मिहिनेत र प्रतिष्ठा दुवै जोडिएको छ, ओलम्पिक्समा जस्तै ।'

कान्तिपुर कोसेलीमा प्रकाशित

Comments

Popular posts from this blog

एउटा अधुरो कथा - घर कब आवोगे

घर कब आओगे? लामो समय पछि उसको कपाल काट्ने पसलमा पुगेर मेरा कपाल र दारीमा उसले गर्नु पर्ने योगदानबारे छोटो निर्देशन दिएपछि म विशाल ऐनाअगाडि राखिएका एक कुर्सीमा बसेँ । आकाशे रंगको कपडा झट्काएर मेरो घाँटीमा बेरिदिँदै गर्दा उसले सोध्यो, ‘दाइ फेरि कान्तिपुरमै आउनु भयो?’ कपडा बेरिएको घाँटीभित्रको नलिलाई खुकुलो बनाउँदै मैले हैन भनेँ । नजिकै शान्तिनगरमा डेरा सरेको बुझाएँ । उ केही बोलेन । एकछिन पछि हातमा कैँची चलाउँदै सोध्यो ‘कस्तो काट्ने? कति काट्ने’ यो मामिलामा म निकै सजिलो मान्छे । ‘जत्रो मन लाग्छ तेत्रो, जस्तो मन लाग्छ तेस्तो । म केही भन्दिनँ’ मेरो जवाफ सुनेर झन् कन्फ्युज भए जसरी टाउको घुमाइ घुमाइ मेरो झाङ्गिएको कपाललाई कोण कोणबाट निरिक्षण गर्न थाल्यो उ । र एकछिन पछि कैंची चलेको एकोहोरो सँगीत मेरो कानमा गुन्जिन थाल्यो । मेरा आँखा उसको पसलका भित्ताभरि टाँसिएका पोस्टरमा पोखिन थाले । *** सानो छँदा पिताजीले कपाल काटिदिनु हुन्थ्यो । अलि ठूलो भएपछि पिताजीले काटिदिएको कपाल टाटेपाटे लाग्न थाल्यो । त्यसपछि हाम्रो टोलतिर साइकलमा चढेर ‘क…..पा…..ल का….ट्ने’ भन्दै कराउँदै हिँड्ने एक जना हजामबाट मैल...

Letter to She_Rocker

Dear She_rocker,          I remember I had written to you last time in the March of this year. That was a letter of no more than 10 sentences. I don't know whether you watched it. It might have been redirected to the junk folder, or it might have been deleted without being viewed. Or more possibly your boyfriend would have watched it and deleted before you could got it.   The thing that provoked me to write you again is the first anniversary of the day. It has re-intensified the memories, which were on their own way to be blurred.   Dear she_rocker, honestly I hope and I pray you are having a rocking life nowadays. I hope you are not getting disturbed by various factors as you used to be in the past.   The span of one year was just the cascades of another day. Every morning is equally new for you and me. How we play the rhythm of sunshine does matter to us. But unfortunately, I never tried to judge the melody of the life after you left. I never tried to evaluate the strength o...

Letter to Lady diana

Dear Lady Diana,   the coldness in Nagarkot was injecting the liquidity over our bones and vains, the moon was looking at us as you were restricted to join the party, i remember many of my family and frens were present at the party, my mom, her sisters, my cousins and frens of KTV, i fear my girlfriend was not there, Coz she was dancing at another discotheque in the downtown, the distance of 20 miles between me and her was not only meant to mean the absence of warmness. I was getting her texts frequently but, not sending the reply. by the time Lady Diana, you came there with a beautiful white wearings. Surprisingly Harry and William were not with her, but two little girls, i thought they were your daughters that the world never knew about, Diana, you seemed confused to be on that strange place for the first time. My father had told me that when you came to Nepal 20 years ago, you hadn't visited Nagarkot, so i thought this time you are in Nepal to vosit this beautiful places, Naga...