Skip to main content

पूर्व चार नम्बर

ठमेलमा आगो लाग्दा भोजपुर बजारमा पानी परिरहेको थियो । उसो त केही दिनअघि नेपालै बन्द भइरहँदा पनि त्यसको प्रभाव यहाँका सीमित राजनीतिक कार्यकर्ताहरूले ि चया पसलमा बसेर मसिनो स्वरमा गर्ने कुराकानीमा बाहेक अन्यत्र देखिएको थिएन ।

धनकुटाको हिलेबाट पाखि्रबाससम्मको कालोपत्रे सडकपछि झन्डै २५ किलोमिटर कच्ची ओरालोमा धूलो उडाउँदै अरुण नदीको तीरमा पुगिन्छ । अरुणमा एक विदेशी संस्थाको सहयोगमा धमाधम पक्की फलामे पुल बन्दैछ । अढाइ सय मिटर उचाइमा तातो हावा चल्ने अरुण किनाराका छाप्राहरू अब बिस्तारै बजार बन्दै छन् । धरान, धनकुटादेखि भोजपुर र संखुवासभा जाने मिनिबस र जिपहरू धूलो उडाउँदै आएर यही लेगुवा भन्ने ठाउँमा घ्याच्च रोकिन्छन् र अरुण तर्न पालो कुरेर बस्छन् । फलामे तारमा बाँधिएको फेरिमा मोटरसाइकलदेखि, बस, ट्रक, ट्याक्टर र डोजरसम्मले अरुण पार गर्छन् । अरुणपारि भोजपुर । वारि अरुणको तीरैतीर उँभो लागे खाँदबारी ।



भोजपुर बजारबाट दक्षिणतिर पर्ने टक्सार गाविसको पारपानी भन्ने ठाउँमा जान रातोमाटोका भिराला गोरेटा र बाँसघारी छिचोलेर झरिरहँदा सँगै गएका भोजपुरका एक युवा पत्रकार कम नेता युद्धकालको चर्चित गीत गुनगुनाइरहेका थिए, 'अरुण तरेर नाना तमोर तरेर, आयौं हामी वीरताको गाथा बोकेर' ।

१० वर्षअगाडिको युद्धमा त अरुण र तमोर तरेका कुरा गरिन्थ्यो । अझै ७ पुस्ताअगाडि भोजपुर आएका काठमाण्डुका नेवारहरूले के के मात्र तरेनन् होला । अहिले त अरुणमा मात्र हो पुल बन्न बाँकी । तमोरमा धेरै पहिले पक्की पुल बनिसक्यो । राणा कालअघि नै धातुका टक बनाउनका लागि औद्योगिक क्षेत्रको रूपमा विकास भएको रहेछ टक्सार बजार । पछि नजिकैको तामाखानीमा तामा भेटिन छाड्यो । अनि तामाका सिक्का उत्पादन गर्ने टक्सारले काम पाउन छाड्यो । तर अझै पनि टक्सारमा दुई चार घर पुराना नेवारहरू दिनभरि भाँडाकुँडा ट्याक्क टुक्क पारेर बसिरहन्छन् । सडकबाटो हुँदै कच्चापदार्थ बाहिरबाट आउँछ, टक्सारका सिपालु हातले तिनीहरूलाई पोल्छन्, ठोक्छन्, पगाल्छन् अनि चिल्ला भाँडाकुँडा बनाएर बाहिर पठाउँछन् ।

राणाकालपछि सत्र सालसम्म पनि भोजपुरलाई पूर्व चार नम्बर भनेर चिनिन्थ्यो । भोजपुरेहरूको विश्लेषणमा उपत्यकाका ३ वटा जिल्लापछि सुगमताको हिसाबले भोजपुर चौथो नम्बरमा आउँथ्यो रे । त्यसबेला घोडा दौडने बाटो भएका ठाउँलाई सुगम मानिन्थ्यो । भोजपुरमा पक्की घोडेटो थिए । कुनै जमानामा सुगम भनेर चिनिने र अवसरको खोजीमा काठमाण्डुदेखि बसाइ सराइ हुने भोजपुरमा समय कहिलेदेखि टक्क अडियो थाहा छैन । ३ वर्षअघि मात्रै बाहिर दुनियाँसँग सडक बाटोले जोडिएको भोजपुरलाई त आजकल पूर्वको कणर्ाली पनि भन्दा रहेछन् ।

भोजपुरमा भेटिएका चिया पसलेदेखि, विद्यार्थी, नेता, वकिल, पत्रकार सबैको मुखबाट एउटै खाले टिप्पणी सुन्न पाइयो । भोजपुरले थुप्रै अब्बल दर्जाका नेता र प्रशासक जन्मायो तर कसैले भोजपुरलाई बाल दिएनन् । यति भनिरहँदा भोजपुर बजारका व्यापारीहरू दुई चार दिनपछि जिल्ला घुम्न आउने एकजना मन्त्रीको स्वागतमा दुई चार अक्षर लेखिएका फ्लेक्स ब्यानरलाई अआफ्नो पसलमाथि टाँग्दै थिए । मन्त्रीको सवारीलाई लक्षित गरी, प्रहरीहरू सडक नै ढाकेर राखिएका मासु पसल र सेकुवा पोल्ने चुलोलाई भित्र सार्न उर्दी जारी गर्दै हिँडिरहेका देखिन्थे । केन्द्रीय राजनीतिसँग प्रगाढ साइनो राख्न चाहने चल्तापुर्जाहरू घरीघरी मोबाइल थिच्दै आजै एयरपोर्ट आइपुग्ने योजना आयोगका एक पूर्वसदस्यका लागि गाडीको इन्तजाम गर्दै थिए । बजारका पुराना घरका भित्तामा टाँसिएका केपी ओली प्रमुख अतिथि भएको कार्यक्रमको पम्प्लेट दुई चार दिनयताको झरीले खुइलिँदै गएका थिए । केही हप्ताअघि मात्रै भोजपुर आएर जोडदार भाषण गरेर गएका केपी ओलीले भोजपुरबासीसमक्ष प्रस्तुत गरेका उखान टुक्का र किस्साहरू अझै पनि दाउरामै चिया पाक्ने बजारका होटलहरूमा जीवन्त थिए ।

३७ प्रतिशत राईहरू बसोबास गर्ने भोजपुर जिल्लामा, बजारमा एउटा चिया पसलमा किराँत वर्कस पार्टीका एक जल्दाबल्दा स्थानीय नेता पनि भेटिए । नेपाल एकीकरणमा माझकिराँतको विलयदेखि, हिन्दुवादी केन्द्रीय राज्यसत्ताले गरेका अन्याय अत्याचारका थुप्र्रै उदाहरण उनले हक्की रूपमा प्रस्तुत गरे । मदिराकी आविस्कारक सुम्निमा र आर्किटेक्ट इन्जिनियर पारुहाङलाई शिव-पार्वतीको रूपमा कसरी अपव्याख्या गरिन्छ भन्ने तर्क पनि दिए । नेता महोदयका गहकिला कुरा सुनेपछि यसो बजार घुम्न निस्किँदा बजारमा रहेको निकै सुन्दर, आकर्षक र प्रख्यात ढुंगेधारा 'सातधारा'तिर पुगियो । सातधारा व्यवस्थापन समितिको नाम मार्बलमा कुँदेर राखिएको थियो । नामहरू सरर पढेँ । एकजना पनि राई रहेनछन् त्यो समितिमा । थाहा छैन, गाउँको ढुंगेधारा बनाउने समितिमा कसरी केन्द्रीय राज्यसत्ताले बहुल राईहरूलाई पाखा लगाएछ ।

काठमाण्डुतिरै थोरबहुत संगत भएका युवा संगीतकार श्याम सामसोन संयोगवश भोजपुर बजारमै भेटिए । उनी विकटताको दोष नदीलाई दिन्थे । एकातिर दूधकोसी अर्कातिर अरुण । अनि पुल नभएको नदीबाट विकास के चढेर आउनु भोजपुरसम्म ?

उसो त ३ वर्षअघि सडक आएपछि भोजपुरमा फाट्टफुट्ट बैंक र निजी अस्पताल खुल्न थालेका छन् । मासु बेच्ने प|mेस हाउसहरू खुलेका छन् । लोकल कुखुराको मात्रै ससाना अण्डा पाइने चिया पसलमा विकासे अण्डा पनि पाइन थालेको छ । सेतो कमेरोले पोतेका घरहरूको ठाउँमा आधुनिक तरिकाका घर बन्न थालेका छन् । एनजीओ र आईएनजीओका गाडीहरू पनि आक्कलझुक्कल आउन थालेका छन् । गाउँबाट बजार बन्दै छ भोजपुर । तर अफसोस, ७ पुस्ताअघि थुप्रै नदी तरेर भोजपुर बसाइ आएकाहरू अब फेरि भोजपुर छाडेर फकर्ंदै छन् । कोही धरान धनकुटा र मधेस झर्दै छन् । कोही काठमाण्डुमा घरजम । 'हाम्रा केटाकेटीहरू यहाँ बस्नै मान्दैनन् नि' पुस्तौंदेखि भोजपुरमा खुकुरी उत्पादन गर्दै आएका एक श्रेष्ठ थरका व्यापारीले काठमाण्डुको इमाडोलमा घर किनेको सुनाउँदै थिए ।

बाटोसँगै सपना र आशा पनि भित्रिएका रहेछन् भोजपुरमा । विदेशी संस्थाले ट्र्याक खोलिदिएको बाटोले खोटाङको दिक्तेल भेट्दो रहेछ । बाटो पिच होला र सरर एकै दिनमा दिक्तेल, ओखलढुङ्गा हुँदै मध्यपहाडी राजमार्गमा काठमाण्डु पुगौंला भन्ने सपना पनि व्याप्त छ । तर वास्तविकता, एक झर पानी परेपछि सडकमा ट्याक्टरबाहेक केही गुड्न सक्दैनन् । भोजपुरबाट बस चढेर धरानपुगेर अर्को बसमा चढेर काठमाण्डु पुग्ने भाडा २५ सय तिर्नुपर्छ ।

घाँसे मैदानमा टक्सार विमानस्थल छ । सरकारीबाहेक अर्को एउटा निजी कम्पनीले पनि हप्तामा एकचोटि प्लेन ओराल्छ । टिकट पाउन ठूलै पहुँचवाला हुनुपर्छ । नेपाल एयरलाइन्सको काउन्टरबाहिर एउटा सूचना पढ्न पाइयो, 'फलानो फलानो गते फलानो मन्त्री आउने भएकाले यहाँबाट वितरण गरिने ८ वटा सिटमध्ये ७ वटा उपलब्ध नहुने व्यहोरा जानकारी गराइन्छ ।'

विमानस्थल पायक ठाउँमा नभएकाले वैकल्पिक विमानस्थलको रूपमा दुई तीनवटा गाउँ प्रस्ताव गरिएको रहेछ । ती प्रस्तावित गाउँका मान्छे आफ्नो गाउँ छेउमा नयाँ एयरपोर्ट बन्ला भनेर आस गरेर बस्दा रहेछन् ।

भोजपुरमा विमानसम्बन्धी दुईटा रमाइला किस्सा सुन्न पाइयो । विमानस्थलमा अवतरण गर्ने नियमित रुटमा बादल लाग्दा विमान अर्कोतिरबाट एक चक्कर घुमाएर उचाइ कम गदर्ैै अवतरण गरिँदो रहेछ । तर बजारका मान्छेहरू भने भोजपुरकै एकजना पाइलटले प्लेन उडाएको दिन आफ्नो गाउँलाई एक चक्कर मारेर मात्रै ल्यान्ड गर्छ भन्दा रहेछन् ।

भोजपुर विमानस्थलमा जहाज बसेको हेर्न जाँदा बजारका तिनै पत्रकार कम नेता पनि सँगै थिए । उनले यत्ति रमाइलो गफ दिए कि, काठमाण्डु जाने जहाज उड्न ठिक्क परेको थियो । उनी जहाजको रुटबारे पूर्वानुमान गर्दै थिए 'ऊ त्यो डाँडो यस्सो नाघेर जान्छ होला ।' जहाज उड्यो । उनले भनेको डाँडो ननाघी जहाज सोझै गयो । उनले कुरा मिलाए, 'त्यो ट्याम्के डाँडो हो, त्यहाँबाट राम्रो दृश्य देखिन्छ । म भएको भए पाइलटलाई त्यतैबाट उडाएर लैजानु भन्थेँ ।' उनले जोक गरेको शैलीमा भनेका थिएनन् ।

कान्तिपुर कोसेलीमा प्रकाशित

Comments

Popular posts from this blog

एउटा अधुरो कथा - घर कब आवोगे

घर कब आओगे? लामो समय पछि उसको कपाल काट्ने पसलमा पुगेर मेरा कपाल र दारीमा उसले गर्नु पर्ने योगदानबारे छोटो निर्देशन दिएपछि म विशाल ऐनाअगाडि राखिएका एक कुर्सीमा बसेँ । आकाशे रंगको कपडा झट्काएर मेरो घाँटीमा बेरिदिँदै गर्दा उसले सोध्यो, ‘दाइ फेरि कान्तिपुरमै आउनु भयो?’ कपडा बेरिएको घाँटीभित्रको नलिलाई खुकुलो बनाउँदै मैले हैन भनेँ । नजिकै शान्तिनगरमा डेरा सरेको बुझाएँ । उ केही बोलेन । एकछिन पछि हातमा कैँची चलाउँदै सोध्यो ‘कस्तो काट्ने? कति काट्ने’ यो मामिलामा म निकै सजिलो मान्छे । ‘जत्रो मन लाग्छ तेत्रो, जस्तो मन लाग्छ तेस्तो । म केही भन्दिनँ’ मेरो जवाफ सुनेर झन् कन्फ्युज भए जसरी टाउको घुमाइ घुमाइ मेरो झाङ्गिएको कपाललाई कोण कोणबाट निरिक्षण गर्न थाल्यो उ । र एकछिन पछि कैंची चलेको एकोहोरो सँगीत मेरो कानमा गुन्जिन थाल्यो । मेरा आँखा उसको पसलका भित्ताभरि टाँसिएका पोस्टरमा पोखिन थाले । *** सानो छँदा पिताजीले कपाल काटिदिनु हुन्थ्यो । अलि ठूलो भएपछि पिताजीले काटिदिएको कपाल टाटेपाटे लाग्न थाल्यो । त्यसपछि हाम्रो टोलतिर साइकलमा चढेर ‘क…..पा…..ल का….ट्ने’ भन्दै कराउँदै हिँड्ने एक जना हजामबाट मैल...

Letter to She_Rocker

Dear She_rocker,          I remember I had written to you last time in the March of this year. That was a letter of no more than 10 sentences. I don't know whether you watched it. It might have been redirected to the junk folder, or it might have been deleted without being viewed. Or more possibly your boyfriend would have watched it and deleted before you could got it.   The thing that provoked me to write you again is the first anniversary of the day. It has re-intensified the memories, which were on their own way to be blurred.   Dear she_rocker, honestly I hope and I pray you are having a rocking life nowadays. I hope you are not getting disturbed by various factors as you used to be in the past.   The span of one year was just the cascades of another day. Every morning is equally new for you and me. How we play the rhythm of sunshine does matter to us. But unfortunately, I never tried to judge the melody of the life after you left. I never tried to evaluate the strength o...

Letter to Lady diana

Dear Lady Diana,   the coldness in Nagarkot was injecting the liquidity over our bones and vains, the moon was looking at us as you were restricted to join the party, i remember many of my family and frens were present at the party, my mom, her sisters, my cousins and frens of KTV, i fear my girlfriend was not there, Coz she was dancing at another discotheque in the downtown, the distance of 20 miles between me and her was not only meant to mean the absence of warmness. I was getting her texts frequently but, not sending the reply. by the time Lady Diana, you came there with a beautiful white wearings. Surprisingly Harry and William were not with her, but two little girls, i thought they were your daughters that the world never knew about, Diana, you seemed confused to be on that strange place for the first time. My father had told me that when you came to Nepal 20 years ago, you hadn't visited Nagarkot, so i thought this time you are in Nepal to vosit this beautiful places, Naga...