Skip to main content

आउटसाइडरको नजरमा जयपुर साहित्य महोत्सव

नेपाली पत्रपत्रिकाका शनिबारीय परिशिष्टांकमा केही सालयता बर्सेनि साहित्यको कुम्भ मेलाजस्तै गरी छापिने 'जयपुर साहित्य महोत्सव'का नालिबेली पढ्दा पढ्दा मलाई पनि एकचोटि पुगौं न त भन्ने लागेको थियो । जुन मौका यसपटक जुर्‍यो । एसियाकै सबैभन्दा ठूलो रेल सञ्जालको रेल चढ्न गोरखपुरबाट ब्ल्याकमा काटिएको टिकट समातेर दिल्लीको रेल चढ्दा बाटामा भेटिएका सहयात्रीहरू भारत र बेलायतको जारी क्रिकेट म्याचको कमेन्ट्री गरेर बाक्लो हुस्सुमाझ दौडिरहेको रेलको पट्यारलाग्दो यात्रामा टाइम पास गरिररहेका थिए ।

काठमाण्डुबाट जयपुर केवल साहित्य मेला हेर्न हिँडेको भन्दा उनीहरू कान ठाडो पारेर अचम्म मानेझैं गर्दथे । बाटामा भेटिएका बिहारी मूलका ६० वर्षे एक व्यक्ति, जो हाल लखनउबासी भइसके, उनले आफ्ना अमेरिकामा रहेका छोरा, उनको तलब र उनले हालै किनिदिएको नयाँ गाडीका बारे गफ गरेर धेरै समय खर्च गरे । छोरीको बिहे नजिकिएको समेत उनले बताए । तर अफसोस, पण्डितले जुराइदिएको साइत भ्यालेन्टाइन्स डे अर्थात् फेब्रुअरी १४ मा परेकोले उनी साह्रै चिन्तित थिए । यस्ता आयातित दिवसहरूका कट्टर विरोधी उनको विचारमा भारतले परम्परागत मूल्य मान्यताको लत्तो छोड्दै थियो । भारत अधोगतितिर लम्कँदै थियो । र उनी यी सारा कुराको दोष नेताहरूलाई दिन चाहन्थे । विशेषगरी प्रधानमन्त्री मनमोहन सिंहलाई ।



भारतका मिश्रति रंगहरू नियाल्दै दिल्लीमा एक रात बिताएपछि जयपुर उत्रियौं । संसारको सबैभन्दा ठूलो साहित्य मेला भनेर प्रचार गरिएको जयपुर महोत्सव भएको होटल डिग्गी प्यालेसका बारेमा अटो रिक्सा भनेर चिनिने ट्याम्पुहरू अनभिज्ञ थिए । हुन सक्छ डिग्गी प्यालेसका नियमित आगन्तुकहरू रेल स्टेसनमा उत्रिएर अटो रिक्साको सवारी गर्दैनथे ।

भाडामा चर्को बार्गेन गरेपछि रेल स्टेसनबाट झोला गुन्टा बोकेर हामी सिधै मेलास्थल डिग्गी प्यालेस होटलतिर हानियौं । त्यो मेलाको दोस्रो दिन थियो । जयपुरकै नामी होटलमा गरिएको कार्यक्रममा प्रवेश गर्न बारकोडसहितका प्रवेश पत्रहरू घाँटीमा झुन्ड्याउनुपथ्र्यो । सिधै रेल स्टेसनबाट यात्रा दौरान मैलिएका लुगा र जिगि्रंग भएका कपाल लिएर महोत्सव छिर्दा चरण चरणका सुरक्षा जाँचमा झोलाबाट हाम्रा कट्टु र गन्जी सबै भुइँमा राखेर सुरक्षा जाँच गरियो । 'किन यति धेरै दुःख दिएको ?' भनेर सोध्दा सुरक्षाकर्मीले 'जताबाट आएको उतै जा, भित्र छिर्न दिन्न' भनेर थर्काए । साहित्य मेलाको पहिलो इम्प्रेसन त्यही थियो । जहाँ तर्क गर्न बन्देज थियो । केहीबेरको वादविवादपछि भित्र छिरियो ।

साहित्य महोत्सवमा भेला भएका मान्छेहरू हामीले सुनौलीदेखि जयपुरसम्मको यात्रा दौरान देखेका मान्छेहरूभन्दा बिल्कुल फरक थिए । उनीहरूको छाला चमकदार थियो । उनीहरूका कपाल चिल्ला थिए । उनीहरूका लुगा सफा र किमती देखिन्थे । अधिकांशले कालो सन ग्लास लगाएका थिए । बाहिर महिलाहरूको सार्वजनिक उपस्थिति निकै न्यून देखिन्थयो । तर यहाँ पुरुषभन्दा बढी महिला थिए । १५ सय किलोमिटर लामो यात्रामा हामीले देखेको भारत बिल्कुलै थिएन डिग्गी प्यालेस होटलभित्रको महोत्सवमा । लाग्थ्यो हामी हिन्दी फिल्मको कुनै अवार्ड समारोहमा झुक्केर आइपुग्यौं । अथवा पेरिसको कुनै महंगो कला कृति लिलामी हुने थलोमा आइपुग्यौं ।

साहित्य महोत्सवलाई टाटा, गुगलजस्ता विशाल कम्पनीले प्रायोजन गरेका थिए । मन्चहरू चार पाँच ठाउँमा थिए जहाँ एकैपटकका विविध विषयमा बहस भइराखेका थिए । अधिकांश बहस सत्रहरू बलिउडसँग सम्बन्धित थिए । ठाउँ ठाउँमा जयपुरका हस्तकला बेच्ने पालहरू टाँगिएका थिए । खाने स्टलहरू थिए । भन्नु जरुरी छैन महँगा थिए ।

संयोगवश जावेद अख्तरको कविता र गजलमाथिको सत्र सुन्ने मौका पाइयो । हिन्दी काव्यबारेको बहसमा जावेद अख्तरलाई अंग्रेजीमा प्रश्न सोध्दै थिइन् आफ्नो भारतसँग तीन चार पुस्तादेखि कुनै साइनो नभएको बताउने भारतीय मूलकी एक क्यानेडेली युवती । जो मोडलजस्तै देखिन्थिन् । जो अंग्रेजीमा गजल लेख्थिन् ।

जयपुर साहित्य महोत्सव मेरा लागि पहिलो थियो, सायद अन्तिम पनि होला । कुनै आग्रह पूर्वाग्रहबिनाको एउटा विशुद्ध आउटसाइडर थिएँ म । भन्नैपर्छ, महोत्सवको वातावरण आफैैंमा एउटा कम्फर्टेबल फिल गराउने खालको थिएन । मैले बुझेको साहित्यमा निर्बाध स्वतन्त्रता, स्वच्छन्दता, हल्का छाडापन र सुन्दर लाग्ने केही मैलो, फोहोरी र दुर्गन्धित अनुहार पनि हुन्छन् । तर महोत्सवमा त्यो पटक्कै देखिएन ।

हुन त जावेद अख्तरले भनेका थिए, 'आजकल घरमा कुन किताब किन्ने भन्ने लिस्ट इन्टेरियर डिजाइनरले तयार पार्छ । अनि धेरैको घरमा इन्स्लाइकोपेडिया बि्रटानिका राखिएको हुन्छ किनभने यसको छालाले बनेको गाढा खैरो रंगको चिल्लो गाता घरमा भएका फर्निचरसँग म्याच गर्छ ।'

जयपुर गइरहँदा यात्राका सहयात्रीहरू -जनक पौड्याल र रूपेश श्रेष्ठ) माझ बाटोभरि एउटा कुरामा बहस भइरहेको थियो । हामीले हिन्दी फिल्ममा देख्ने गरेको भारत त कतै देखिएन त । न छोटा लुगा, न फेसन, न स्वतन्त्रता, न कुनै चुलबुल पाण्डेहरू । हैन यो बलिउडले कहाँको कथा टिप्छ हँ ? साहित्य मेलामा पुगिसके पछि पनि त्यस्तै अनुभव भयो । त्यहाँ हामीले सोचेको, देखेको र बुझेको भारतको प्रतिविम्ब थिएन । त्यो केवल साहित्यको बलिउडीकरण थियो ।

साहित्य महोत्सवमा बर्सेनि एक डेढ दर्जन नेपाली साहित्य अनुरागी पनि जाने गर्छन् । कोहीकोही त हरेक वर्ष पुग्ने गर्छन् । भीडमा यताउता गरिरहेका केही नेपाली पनि भेटिए । जो पनि हामीजस्तै केही सत्रहरू हेरेर जयपुर घुम्न निस्किए ।

हुन सक्छ महोत्सवमा भएका बहसहरूले ऊर्जाहरू छर्‍यो होला । साहित्यका नयाँ आयामहरू पनि पत्ता लागे होलान् । आजकल काठमाण्डुतिर पनि हुन थालेका 'मिनी जयपुर महोत्सव'हरूको लागि पनि प्रशस्त खुराकहरू आयात भए होलान् । धेरैले दिव्यज्ञान पाए होलान् । यदि त्यसो हो भने, साहित्यमा पुँजीवादी युग सुरु भएछ । साहित्य 'साहित्य' कम र 'महोत्सव' बढी हुनथालेछ ।

महोत्सवको अन्तिम दिनतिर पुँजीवादबारेको एउटा सत्र पनि थियो । जुन हेर्न पाइएन । तर मेरो बुझाइमा महोत्सव आफैंमा पुँजीवादको एउटा अनुपम नमुना थियो । जहाँभित्र हामीले बाटोभरि देखेको भारतको प्रतिविम्ब अलिकति पनि थिएन । जहाँ साहित्यलाई किन्न र बेच्न खोज्नेहरूको आकारविहीन भीड मात्रै थियो । भारतका रेल स्टेसनहरूमा राखिएका किताबका साना पसलमा हरबखत झुम्मिरहने अनुहारहरू पनि थिएनन् महोत्सवमा । सायद लामो दाह्री पालेका रवीन्द्रनाथ टैगोर धोतीकुर्तामा अचानक झुल्केर पुरानो झोला बोकेर मेलामा लुरुलुरु प्रवेश गर्न खोजे भने उनले पनि त्यहाँ प्रवेश नपाउन सक्छन् ।

कान्तिपुर कोसेलीमा प्रकाशित

Comments

Popular posts from this blog

Letter to She_Rocker

Dear She_rocker,          I remember I had written to you last time in the March of this year. That was a letter of no more than 10 sentences. I don't know whether you watched it. It might have been redirected to the junk folder, or it might have been deleted without being viewed. Or more possibly your boyfriend would have watched it and deleted before you could got it.   The thing that provoked me to write you again is the first anniversary of the day. It has re-intensified the memories, which were on their own way to be blurred.   Dear she_rocker, honestly I hope and I pray you are having a rocking life nowadays. I hope you are not getting disturbed by various factors as you used to be in the past.   The span of one year was just the cascades of another day. Every morning is equally new for you and me. How we play the rhythm of sunshine does matter to us. But unfortunately, I never tried to judge the melody of the life after you left. I never tried to evaluate the strength o...

Letter to Lady diana

Dear Lady Diana,   the coldness in Nagarkot was injecting the liquidity over our bones and vains, the moon was looking at us as you were restricted to join the party, i remember many of my family and frens were present at the party, my mom, her sisters, my cousins and frens of KTV, i fear my girlfriend was not there, Coz she was dancing at another discotheque in the downtown, the distance of 20 miles between me and her was not only meant to mean the absence of warmness. I was getting her texts frequently but, not sending the reply. by the time Lady Diana, you came there with a beautiful white wearings. Surprisingly Harry and William were not with her, but two little girls, i thought they were your daughters that the world never knew about, Diana, you seemed confused to be on that strange place for the first time. My father had told me that when you came to Nepal 20 years ago, you hadn't visited Nagarkot, so i thought this time you are in Nepal to vosit this beautiful places, Naga...

Letter to Three Thousand Two Hundred Fifty Seven Visitors

Dear 3257 visitors, This letter addresses all of you who have visited my blog and reading this letter right now. Now I have 3257 visitors in this blog. I am really proud of myself and I want to express profound gratitude to all those visitors for their overwhelming support. I did not have any specific idea when I started blogging. I tried to blog in almost all popular blog sites. But finally I am stick with the windows live space. Technically it is updated frequently, people can see my updated space in their messenger. So it was easy way to express my ideas, beliefs and feelings to the world. When I was studying in university, the theory of "Global Village" by Marshall McLuhan, was one of the stuff, I didn't believe in. But now myself being a part of global village. I am connected to all kind of people in the world, who keep themselves busy in the village of cyberspace. A freak from California, a geek from Paris, a frustrated student from India, an IT girl from Romania...