Skip to main content

Posts

Poem of You

I collected the most beautiful moments of life, I gathered the color of joys. With a brush of happiness, on the canvas of dream, I sketched all the emotions I had, and I got the Picture of you. I sang all the melodies, I played sweet memories, I rhymed with my own story, I went up with cheers and down with tears, Finally I created the rhythm of life, I created the Song of you . I traveled beyond the horizon, up to the heaven, I reached the imagination. I found flowers, rainbow, moon river forest and gentle breeze only as the metaphor of you, I lost among the cascades of words, with great ecstasy. Finally, I became the poem of you . Written on : 6/11/2007 10:35:00 AM

लाले, सरस्वती पुजा र पुरी

हेटौंडा बजार सुरु हुनै लाग्दा दक्षिणतिर कर्रा नाम गरेको खोलो बगेको छ । त्यो खोलापारि औद्योगिक क्षेत्र छ, खोला वारि मेरो स्कुल । सन् १९९२ तिर पहिलो पटक त्यो स्कुलमा दुई कक्षामा पढ्न गएको थिएँ । अघिल्लो बर्खामा कर्रा खोलाले झण्डै स्कुल नै लगेको रहेछ । स्कुलको चौर भनेको खोलाको बगर थियो । होचो ठाउँमा भएकाले बगरमा ढुङ्गा चाहिँ थिएनन्, खोलाले बगाएर ल्याएको बालुवा थुप्रेर त्यो बलौटे बगर बनेको थियो; मरुभूमि जस्तो मेरो स्कुलको चौर । पछिसम्म खोलाले बाटो फेरेन र त्यो बालुवाको मैदानमा घाँस पलाउन थाल्यो, गाइबस्तु चर्न थाले, हामी खेल्न थाल्यौं, स्कुलको वार्षिक दिवसमा दौड हुन थाल्यो, र सरस्वती पुजामा भोज हुन थाल्यो, हलुवा र पुरीको । *** स्कुल नजिकै पूर्व-पश्चिम महेन्द्र राजमार्ग थियो । राजमार्गको दायाँबायाँ बगरेका बस्तिहरु, भट्टी र ससाना चिया पसल थिए । खोला पारिबाट स्कुल आउनेहरु राजमार्गकै पुल तरेर आउँथे । बाटो छेउछाउमा पैदल यात्रीलाई हिँड्ने फराकिलो ठाउँ थिएन । त्यसमाथि अधिकांश समय बाटो छेउमा ट्रकहरु पार्किङ गरिएका हुन्थे अनि अमलेखगन्जबाट होटलवालाहरुको लागि ट्रकको हुटमा हालेर ल्याइएका दाउराको ...

के खोजेको गुगलले?

सन् २००६ मा चीनको विशाल इन्टरनेट बजार देखेर गुगलको आँखा यस गतिशील अर्थतन्त्रमा गाडिएको थियो । चीनमा सेवा सुरु गर्नको लागि चीन सरकारले अघि सारेको सेन्सरसिपको शर्तलाई समेत गुगलले मानेको थियो । उक्त शर्त अनुसार गुगलको सर्च रिजल्टमा तियानमेन हत्याकाण्ड, तिब्बत स्वतन्त्रता लगायतका विवादित र चीन सरकारको नीति बिपरितका कुराहरु देखाउन पाइँदैन थिए। सर्च रिजल्टमा सेन्सरशिप लगाउने चिनीयाँ प्रस्ताव मानेकोमा त्यो बेला गुगलको थुप्रै आलोचना पनि भएको थियो । तर अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत गर्ने बताउने गुगलले नहुनु मामा भन्दा कानो मामा ठीक भन्दै आफ्नो बचाउ गरेको थियो । गुगलको तर्क थियो चिनियाँहरुलाई सूचना दिँदै नदिनु भन्दा सेन्सर गरेको सूचना दिनु सही हो । ३ वर्ष पछि, गएको साता गुगलले चिनियाँ मानवअधिकारवादीहरुको जिमेल एकाउन्टमा चीनबाट पटक पटक सुनियोजित आक्रमण भएको भन्दै चीनमा आफ्नो कम्पनी बन्द गर्ने संकेत दिएको छ । गुगलले भनेको छ, उसले अब चीन सरकारको शर्त मान्ने छैन र चीनमा आफ्ना सर्च रिजल्टहरुमा सेन्सर गर्ने छैन । जसको मतलव चीनले सेन्सर नगरिएको गुगल सर्चमा प्रतिबन्ध लगाउनु हो र ७ सय जनालाई...

पर पर क्षितीजमा

पर पर क्षितीजमा अस्ताउँदो सूर्यको लालीमा बादलका रङ्गीचङ्गी धर्काहरु आकाशको छाती नाप्थे, बादलका अमूर्त ढिक्काहरुमा रुमानी कथाहरु बुनिन्थे राजा रानी, हात्ती घोडा, राजकुमार र परीका कथाहरु, क्षितिज नै ओझेल परेका छन् आज-भोलि बादलको आकृतिमा कथाहरु छैनन् पर पर क्षितिजमा बादलहरु छैनन् ....... पहाडहरुसँग उचाइ नापिन्थ्यो सपनाको, भर्खर झरी परेर पखालिएका उज्याला, हरिया जङ्गल झैं प्रष्ट थिए सपनाका क्यानभासहरु आजभोलि पहाड पनि छैन, झरी हैन, तुषारो पर्छ पर पर क्षितीजमा सपनाहरु छैनन्, पहाडहरु छैनन् ....

गजल

हिँड्न खोज्दा अल्मल्लेको त्यो बाटो कुन होला? फेरी हाम्लाई भेटाउने दोबाटो कुन होला? न गन्ध छ, न दुर्गन्ध छ, निर्जन यो एकान्तमा हाम्रो आफ्नै सुगन्ध थ्यो, त्यो माटो कुन होला? हिँड्न खोज्दा अल्मल्लेको त्यो बाटो कुन होला? तिमीसाथ थियौ त,चोट पनि हल्का लाग्थ्यो एउटा मीठो चोटको, त्यो खाटो कुन होला? हिँड्न खोज्दा अल्मल्लेको त्यो बाटो कुन होला? सुन्दर थियो कतै नलेखिएको एउटा कथा कहानीको अन्तिम, त्यो पाटो कुन होला? हिँड्न खोज्दा अल्मल्लेको त्यो बाटो कुन होला? टुट्ने छैन, छुट्ने छैन भन्ने गर्थ्यौं सँधै भरी नसोचेको, नचाहेको, त्यो फाटो कुन होला? हिँड्न खोज्दा अल्मल्लेको त्यो बाटो कुन होला

पाकेटमारलाई सावधान कि पाकेटमारदेखि सावधान ?

आरएनएसी अगाडिको सडक छेउमा रहेका विजुलीको पोलमा, हुलाकमा, अस्पतालमा, सिनेमा हलमा, सार्वजनिक सौचालयमा, लोकल बसमा, नेपाल यातायातमा, नाइट बसमा, ट्याम्पुमा, विमानस्थलमा, तरकारी बजारमा, माइक्रोमा, नेपाल टेलिकममा, विद्युत प्राधिकरणमा, खानेपानी लिमिटेडमा, सिँहदरबारमा- जहाँ त्यहिँ लेखिएको हुन्छ 'पाकेटमारदेखि सावधान' । राज्यका सुरक्षा निकायहरुले जनताको भिडभाड र व्यस्तता हुने सबै ठाउँमा पाकेटमारदेखि सावधानी गराएर ठूलो कर्तब्यवोध गरेका हुनुपर्छ । जर्ज अर्वेलको उपन्यास नाइन्टिन एट्टी फोर को पात्र बिग ब्रदरले जस्तै पाकेटमार देखि सावधानको सूचनाले हरेकलाई एकचोटि आफ्नो बगली छाम्न बाध्य पारेको छ, झसँङ्ग हुँदै महिलाहरुलाई बोकिरहेको ब्याग अझै कसेर समात्न प्रेरित गरेको छ । उभिने समेत ठाउँ नहुने सार्वजनिक बसमा चढ्दा डण्डी समाउने कि खल्तीमा हात राख्ने भन्ने तनाव पनि धेरैले महसुश गरेको हुनु पर्छ । तर... बेलायतको एउटा शहरको गल्लीमा प्रहरीले टाँसेका सूचनाहरु पढेपछि मलाई नेपालमा टाँसिएका सूचनाहरु जनतालाई तनाव दिन मात्र राखिएका हुन् भन्नेमा दुई मत भएन । यहाँको सूचनामा जनतालाई होइन, पाकेटमारलाई ...

आतंकवाद खतरनाक कि अमेरिका ?

सेप्टेम्बर ११ को आक्रमणमा ३ हजारले ज्यान गुमाए। यसको बदलामा इराक र अफगानिस्तानमा अमेरिकी नेतृत्वमा भएका युद्धमा हालसम्म मर्नेको संख्या ७ लाख ५० हजार नाघिसकेको छ। जुन सेप्टेम्बर ११ मा भएको आक्रमणमा मारिनेको संख्याको २ सय ५१ गुणा बढि हो। इराक युद्ध र अफगान युद्धमा मारिनेको संख्या सन् १९९३ देखि सन् २००४ सम्म संसारभर भएका आतंकवादी आक्रमणमा मारिनेको संख्याको १ सय ८ गुणाभन्दा बढि हो। यी तथ्याङ्कबाट नै सजिलै बुझ्न सकिन्छ विश्वको लागि आतंकवाद भन्दा डरलाग्दो आतंकवादविरोधी युद्ध रहेको छ। अमेरिकी नेतृत्वमा भइरहेको यो युद्धले लाखौं सर्वसाधारणको ज्यान लिएको छ अरबौं डलर खर्च गरेको छ र विश्वलाई थप असुरक्षित बनाएको छ। सेप्टेम्बर ११ पछि त्यस्तै किसिमको आक्रमण अमेरिकामा त दोहोरिएको छैन तर आतंकवादको पछिल्ला शिकार भारत पाकिस्तान अफगानिस्तान र मध्यपूर्वका मुलुक भएका छन्। एउटा माहुरीले टोक्यो भनेर माहुरीको गोलामा ढुंगा हान्ने काम अमेरिकाले गरेको छ। शीत युद्धको बेलामा कम्युनिष्टहरुलाई आतंकवादी मानिन्थ्यो। शीत युद्धपछि मुसलमानहरुलाई अमेरिकाले आतंकवादी भन्न थाल्यो। इतिहासलाई राम्रोसँग नियाल्ने हो भने आतंक...