Skip to main content

Posts

अरब सपनाहरु

कास्कीको धम्पुस पुगेको थिएँ ३ महिना अघि । कथा मिठो सारङ्गीकोको नाटक रेकर्डिङको सिलसिलामा । झण्डै एक हप्ते बसाइमा स्थानीय परिवेशलाई केही बुझ्ने मौका पाइयो । त्यहाँ रेकर्ड गरिएको नाटक वैदेशिक रोजगारीमा जाने महिलाका समस्याबारे थियो । संयोगवश धम्पुसमा पनि अधिकांश महिला पुरुष कामको लागि खाडी मुलुक जाने चलन रहेछ । सरसर्ती हेर्दा हरेक घरका कम्तिमा एक सदस्य काम गर्न खाडीमा गएकै हुन्थे । कतै चिया पसलमा चिया खान बस्दा पनि विदेश जान टिकाटालो गरेर हिँडेका अथवा भर्खरै विदेशबाट फर्कँदै गरेका युवालाई भेट्नु सामान्य थियो । अधिकांश 'दलित' बस्ने यो गाउँ घुम्दै हिँड्दा म ४ कक्षामा पढ्ने मिलन बिक को घरमा पुगेँ । उनकी आमाको समस्या फेरि अर्कै ठूलो छ । आफन्त पर्नेको गर्भबाट मिलन जन्मेका रहेछन् । ती पुरुष चाहिँ खाडिमै बेपत्ता छन् । सम्पत्तिको हक र छोरालाई दिइने सामाजिक परिचयको लागि वर्षौं देखि अड्डा धाइरहेकी आमाको समस्या आफ्नै ठाउँमा छ । जुन कुरा म यहाँ उल्लेख गर्न चाहन्न । मैले मिलन लगायत उनका दाइभाइ पर्ने सहकक्षीहरुसँग सामान्य कुराकानी गरेको थिएँ । भिडियो आफैं बोल्छ । धेरै उल्लेख गर्नु जरुरी छैन...

कठै जुम्ला

डाँफे लेकमा उड्दथ्यो, फुल्दथ्यो सपनाका गुराँसहरु हावा चल्दा नाच्दथे बेसीँमा धानका बालाहरु सुसाउँथिन् तिला माधूर्य बैँसमा पसीना पोखिन्थ्यो माटामा सपना फूल्दथ्यो माटैमा स्याउ फल्दथे गालामा कठै जुम्ला अमूर्त सपनाका दोकानहरुले बस्तीलाई कुरुप बनाएका छन् पसीना पोखिन्छ विदेशको चौकिदारीमा डाँफे लेकको डाँफे कैद छ स्नोल्याण्ड होटलमा जहाँ खचाखच एन जि ओ कार्यकर्ताहरु कथित विकटताको खेतमा रोप्दैछन् सपनाका विजहरु कठै जुम्ला रोपे हुन्थ्यो नि बरु स्याउका बोटहरु

सुनौली जाने बसमा

खै के खै के जिन्दगीबाट विरक्तिएर खै कता खै कता जान हिँडेका दुई युवती टोलाउँदैछन् ड्राइभर पछाडिको सिटमा सडक जस्तै पुरानो सुनौली जाने बसमा गोरखपुरको रेल समात्न हिँडेको एउटा ठिटो पहेँलो वान्ता कट्कटिएको झ्यालबाट आधा जिउ निकालेर बाहिर अन्तर्वार्ता लिँदैछ डेन्ड्राइट सुँघ्दै एक रुप्पे मागीरहेको बालकसँग 'घर काँ?' 'नागढुँगा' 'बाउ छ?' 'छैन' पढ्न अल्छी लागेर बसमा हिँडेको धादिङको खलाँसी केटो दौडिँदैछ भित्र-बाहिर सोच्दै होला त्यो फूटपाथमा हिँड्ने सबै जना चढेदेखि हुन्थ्यो नि सुनौली जाने बसमा ।

रातोमाटे, रिसोर्ट र सपनाहरु

म मजदूर रातोमाटेको यो डाँडामा खन्दैछु कुनै रिसोर्टका जगहरु चुहाउँदैछु पसीना तप्प तप्प   सम्झिन्छु यहि रातो डाँडामा रातै सपना देखेको जेठो छोराले रातो रगत चुहाएको थियो कुनै दिन तप्प तप्प   तल बगरभन्दा अलि माथि मेरो छाप्रोमा बेथा लागेकी स्वास्नीलाई घिस्सार्दै अस्पताल लाँदा रनक्क रन्किएको बगरका राता बालुवामा चुहिएका थिए स्वास्नीका दुई थोपा आँशु र एक मुठी सास तप्प तप्प   रिसोर्ट बन्नेछ कुनै दिन आउनेछन् मालिकहरु सपनाको दस्तावेज बोकेर उन्माद् चुहाउनेछन् रातोमाटेको यो डाँडामा मदिरा र वीर्य तप्प तप्प   म मजदूर रातोमाटेको यो डाँडामा खन्दैछु कुनै रिसोर्टका जगहरु चुहिँदैछन् सपना तप्प तप्प -- 12/05/2011 Kathmandu

देशमा केही गर्ने मन छ? इन्टरनेट चलाउनुहोस्!

यहाँ पाँच तरिका छन्। यिनलाई व्यवहारमा उतारे देश विकासमा योगदान पुग्छ। यसलाई अप्ठेरो रुपमा लिनु जरुरी छैन, यी सरल र सहज सुझावहरु हुन् जसलाई प्रयोग गर्दा रमाइलो त भइहाल्छ साथसाथै एउटा समृद्ध नेपालको विश्वव्यापी पहिचान र बहुलबादको सँस्कारलाई समेत बढावा दिन्छ।

गुगल गर्ने कि !

प्रश्नै प्रश्नको यो दुनियाँमा उत्तर चाहिँ गुगलसँग छ तर विशाल सूचनाको भण्डार गुगलको भरपुर फाइदा लिन केही तरिका भने जान्नै पर्छ । वेब सर्चको लागि गुगल प्रयोग गर्ने संसारका कूल इन्टरनेट प्रयोगकर्ताको ८० प्रतिशतमा तपाईं पनि पर्नु हुन्छ होला । त्यसो भए तपाईंले गुगलमा धेरै जसो के खोज्नु हुन्छ ? सूचनाको विशाल डाटावेश बोकेको गुगलको सर्भरबाट तपाईंले अत्याधिक फाइदा लिनु भएको छ त? हामीमध्ये कतिलाई त गुगलबाट के के समेत खोज्न सकिन्छ, अनि सही सर्च रिजल्टका लागि कसरी सर्च गर्ने भन्ने टीप्स एण्ड ट्रीक्स थाहा नहुन पनि सक्छ । आउनुहोस् आज हामी गुगलमा केही रमाइला अनि केही ज्ञानबर्द्धक सर्च गरौं।

A day off

A day off from office, I am fighting with the lazy day in my flat outside the ring road. Ring road is a 20 miles long road that surrounds this crowded city. It has also helped the expansion of the crowd of the city. Ring road has been a status symbol for the neo urban people of this city. So where do you live? Somebody would ask me. I would say sukedhara....hmm what dhara? Is it inside or outside ring road? People inside the ring road think there is no Kathmandu outside ring road. New people who want to settle in kathmandu or want to begin their business prefer to be not far from ring road,