Skip to main content

Posts

एउटा युद्धको अन्त्य

घाँटीमा पावरदार चश्मा । हिँड्दा डुल्दा उस्तै पावरदार क्यामेरा पनि झुन्ड्याउने, वन जंगल शयर गर्न रुचाउने, चरा चुरुङ्गीका तस्बिर खिचेर फेसबुकका एल्बममा राख्न रुचाउने नेेपालस्थित अमेरिकी राजदूत स्कट एच डेलिसी । उनलेफेसबुक स्टाटसमार्फत् नेपालका नेताहरूलाई हिंसात्मक विरोध नगर्न र बन्द नगर्न गरेका आग्रह । महामहिमका तिनै भाइरल स्टाटसबाट दिव्यज्ञान पाएर राष्ट्रिय अखबारहरू रंगीन भएर चिया पसल र फेसबुकमा यो साता फैलिए । त्यही बेला काठमाण्डुबाट सीधा नाप्ने हो भने २ हजार ५ सय माइल पश्चिम इराक भन्ने देशमा झन्डै ९ वर्ष युद्ध गरेको त्यही अमेरिकी सेनाको अन्तिम टुकडी मध्यरातमा सीमा नाघेर कुवेततिर छिर्दै थियो । यो आइतबार एक्काईसौं शताब्दीको पहिलो र ठूलो युद्धको 'अन्त्य' हुँदै थियो । अंग्रेजीमा 'प्याराडक्स' भन्ने एउटा शब्द छ । नेपालीमा ठ्याक्कै उल्था गर्दा विरोधाभासपूर्ण भन्न मिल्छ । उदाहरण दिने हो भने अमेरिकी राजदूतको चेतावनीयुक्त स्टाटसलाई लिन सकिन्छ । जसको सरकारले मध्यपूर्वको एउटा सार्वभौम मुलुकमा ९ वर्षसम्म बमबारी गरेर न हार न जित न त उद्देश्यै बिनाको युद्ध लड्यो त्यो देशका एक कूटन...

सम्झना दिदी र नेपाल बन्द

थानकोटमाथिको तामाङ बस्तीबाट एकाविहानै सम्झना दिदी मुल सडकतिर फटाफट झरिरहँदा आमाको सुकेको छाती अघाउन्जेल चुस्न नपाएको काखे छोरोको अतृप्त रुवाइ बाक्लो हुस्सुबीच पातलिँदै जान्छ, पर सडकमा अलिअलि घाम पोखिन्छ देखिन्छन् नौला मान्छेहरु टायर बलेर निस्केको धुँवाको मुस्लो, रङ्गीन झन्डाहरु र प्रायोजित नाराको समिश्रणमा मनमनै  अर्थ खोज्दै सम्झना दिदी छोरोको सम्झना बोकेर एकनाश चालिरहन्छिन् पाइलाहरु । २ घन्टा १७ मिनेट लगातार हिँडेपछि नारायणचौरको साहुको अफिसको चिसो सिँढीमा थचक्क बस्छिन् सम्झना दिदी कापकापबाट निस्केका ताता पसीना सेलाउँछन् बिस्तारै चिस्याउँछन् भित्रैदेखि सम्झना दिदीलाई शीतको थोपा सरी घरैघरैको जंगलपारि उठेका धुवाँका काला मुस्ला हेर्दै बेलाबेलामा सुनिने गस्तिका साइरनसँग झस्किँदै सम्झना दिदी दिनभरि उमालिरहन्छिन् फिक्का चिया र छोरोको सम्झना । सम्झना दिदी फटाफट पाइला चाल्छिन् नेपाल बन्दको साँझ उनलाई थानकोटमाथि पुग्नुछ हिँडेर चुक पोखिएका अँध्यारा सडकमा जँड्याहा, फटाहा, लुटेरा, भुस्याहा कुकुर र प्रहरीबाट जोगाउनुछ सम्झना दिदीले आफूलाई २ घन्टा १७...

एउटा पुरानो कविता

एउटा पुरानो कविता लेखिएको थियो बादलको धर्कामा देखिएको थियो जुनमा पोखिएको थियो घाम डुब्नै लाग्दा क्षितीजभरि कोरेको थिएँ तिम्रो तस्बिर शब्द शब्दमा हाँस्दा हाँस्दै तप्प झरेका दुइ थोपा आँशुको मसीले, नापेको थिएँ सपनाको दूरी मायाको कसीले गुनगुनाउँदै 'कोरा कागज था ये मन मेरा' लेखेको थिएँ तिम्रै नाम आकाशजस्तै फराकिलो मुटुमा देखेको थिएँ तिम्रो तस्बिर मुटु जस्तै फराकिलो आकाशमा तिम्रा ओठ, आँखा, परेली र कान नजिकैबाट तर्ल्याङ तुर्लुङ झरेका कपाललाई पालैपालो चुमेका हावाले कान नजिकै आएर खुसुक्क केही भन्दा ज्वलन्त फुरेको थियो त्यो पुरानो कविता मनको कुनै कुनामा याद छ अलिअलि अझै छ धमिलो तस्बिर बादलका धर्का जस्तै शब्दहरुको सम्झनाको एउटा कुनामा सम्झना भएर बसेको छ एउटा पुरानो कविता ।।

जसले बोल्दा आगो बल्छ

नाकको दाहिने पटि छेडेर झुन्ड्याइएको चाँदीको पातलो मुन्द्रि । गहीरा हरिया आँखा । बादलजस्ता झाँगिएका लामा, काला केश । रहस्यमयी अनुहार । अनि साइज जिरो शरिर । २३ वर्षकी क्यामिला भ्यालेजोको सुन्दरतालाई एक शब्दमा वर्णन गर्ने हो भने ‘खतरनाक’ भन्ने शब्द नै चाहिन्छ । तर क्यामिलालाई जिउडालले भन्दा पनि अर्कै कुराले धेरै सुन्दर बनाएको छ । त्यो यस्तो सुन्दरता हो जुन एक जुगमा एक चोटि आउँछ । उथलपुथल लिएर आउँछ । वाद र अपवादहरुलाई विथोल्दै आउँछ । इन्टरनेटमा गुगलमार्फत खोज्ने हो भने क्यामिलाबारे पछिल्ला २४ घन्टामा मात्रै झण्डै ८० हजार पृष्ठ लेखिएका छन् । ट्वीटरमा क्यामिलाका ३ लाख ४० हजार फलोअर्स छन् । एक वर्ष अगाडिसम्म क्यामिला विश्वविद्यालयका अन्य साधारण युवतीहरु जस्तै थिइन् जो टाइट जिन्स र खुकुलो टिसर्ट लगाउँथ्यो । जसलाई सडकमा प्रहरीसँगको मुठभेडमा भन्दा कुनै फेसन सो मा बढि सुहाउँथ्यो । तर क्यामिला अचानक यसरि देखिने र सुनिने भइन् जसले ल्याटिन अमेरिकाको सबैभन्दा विकसित र व्यवस्थित मुलुकलाई एक्कासी हल्लाइदियो ।

बा, मकै र शान्ति

४७ सालतिर एकाविहानै भोटे कुकुर डोर्याउँदै दैलोमा आएका गाउँका ठूलाबाले भनेका थिए 'बहुदल आयो' सानै थिएँ म सोधेँ कुकुरको नाम भने ठूलाबाले 'माले' बासँगै मकै गोडिरहेको मलाई भोटे कुकुरको नाम र बहुदल दुबै नौला थिए दुइ चार वर्षपछि म पढ्ने स्कुलमा आएका गाउँकै मामा पर्नले भने 'माओवादी आयो' ६ कक्षाको नैतीक शिक्षाको उपदेश कविता र मामाले भनेको माओवादीको नाम दुबै बुझिनसक्नु थिए मेरा लागि स्कुलबाट घर फर्किँदा बा मकै गोड्दै थिए शहरमा क्याम्पस पढिरहँदा अचानक हल्ला खल्ला भयो सुनियो 'राजा आयो' अघिल्लो दिन भनेको थियो क्याम्पसको साहुले 'फिस नतिरे जाँच दिन नपाउने' मेरा लागि राजा भन्दा क्याम्पसको साहु भयानक थियो कर्फ्यु लाग्ने बेलामा गाउँ पुग्दा बा मकै गोड्दै थिए आउने र जाने क्रममा शहरमा भिड आयो सेना आयो पुलिस आयो भूत आयो अमेरिका आयो भारत आयो लोकतन्त्र आयो मलाई तलब आउनुको मात्र चिन्ता थियो बालाई मकैमा घोगा आउनुको मात्रै चिन्ता थियो आज एकाविहानै चोकको पसलेले भन्यो शान्ति आयो फोन गरेँ बालाई लाग्यो होला तपाईंलाई मेरा बा ...

स्टिभ जब्सः जो बाँच्यो

जीवन बाँच्नुमा मात्र होइन नबाँच्नुमा पनि सार्थकता छ । सफल हुनुमा मात्र होइन असफल हुनुमा पनि अर्थ छ । बाटो पहिल्याउनुमा मात्र होइन बाटो हराउनुमा पनि गन्तव्य छ । स्टिभ जब्सको ५६ वर्षको जीवन यिनै कुराको जोडदार उदाहरण बन्यो । जीवनलाई व्याख्या गर्ने सजिलो दर्शनले भनिदिन्छ जीवन घाम-छाया हो । एक पाटो घाम अर्को पाटो छाया । तर स्टिभले जीवनको दुवै पाटो घमाइलो हुन्छ भनी देखाइदिए । जीवनका अन्तिम ७ वर्षमा उनी क्यान्सरले थलिए र उनलाई थाहा थियो उनी ढिलो होइन चाँडो मर्दै छन् । तर मृत्युको उल्टो गन्ती भइरहँदा उनले सबैभन्दा घनिभूत जीवन बाँचे । कामलाई सबैभन्दा धेरै पूजा गरे । उनका आविष्कारले प्रविधिको संसारलाई नयाँ युग दियो ।

मजदुर र मट्टीतेल

मेरो जहानका आँशुले चुलो बल्ने भए कति जाति हुन्थ्यो किन्नु पर्दैन थियो त्यो महङ्गो मट्टीतेल पसलेले मस्यौरा पोको पारेर दिएको अखबारमा छापिएका हत्यारा मन्त्रीका भँगेरे अक्षर समाचारले कुनै अर्थ राख्दैन मलाई केवल अर्थ राख्छ बहिनीलाई हात हाल्न खोज्ने पुलिसलाई चड्काएको निहुँमा खोरमा सडाइएको छोरोको सम्झनाले जसको यादमा यसपालिको दशैं भिज्यो जहानको आँशुले पनि अर्थ राख्थ्यो होला शायद, त्यो आँशु नभएर मट्टीतेल भएको भए यसपालि दशैंमा मेरो घरमा पनि चुलो बल्थ्यो कि !