Skip to main content

Posts

सत्य नाडेलाको इमेल

सन् १९६७ मा भारतको आन्ध्रप्रदेशको हैदरावादमा नाडेला सत्यनारायण चौधरी भन्ने केटो जन्मिँदा, माइक्रोसफ्ट भन्ने कम्पनी नै स्थापना भएको थिएन । सन् १९७५ मा बिल गेट्सले स्थापना गरेको माइक्रोसफ्टको सबैभन्दा शक्तिशाली पदमा अघिल्लो हप्ता ४६ वर्षका सत्य नाडेला नियुक्त हुनु र बिल गेट्स स्वयंले माइक्रोसफ्टको बोर्डको अध्यक्षबाट पनि राजीनामा दिनु संयोग मात्र थिएन । धेरै विश्लेषकहरूको शब्दमा यो एउटा युगको अन्त्य पनि थियो । सत्य नाडेलाको माइक्रोसफ्टको युगचाहिं १९९२ तिर सुरु भएको थियो । त्यसअघि उनले हैदरावादकै सार्वजनिक स्कुल पढेका थिए । कर्नाटकको मणिपाल इन्स्िटच्युट अफ टेक्नोलोजी गएका थिए र त्यसपछि अमेरिका गएर कम्प्युटर साइन्स र व्यवस्थापनमा स्नातकोत्तर गरेका थिए । प्रविधि उत्पादन गर्ने र कम्प्युटरका कल्याल्मल्याङ कोडमा घोत्लिरहने माइक्रोसफ्टका कर्मचारीहरू कम्पनीले गाडी बनाउने फोर्डका प्रमुखलाई हाकिम बनाएर ल्याउने त होइन भनेर बडो बेचैन थिए । किनभने उनीहरूलाई थाहा थियो, माइक्रोसफ्टको भावना प्रविधि बुझेको मान्छेले मात्र बुझ्छ । अरू धेरै सम्भावित दाबेदारलाई पछि पार्दै सत्य नाडेला माइक्रोसफ्टको प्रमुख कार...

Kerala Backwaters

Where do the Children Play?

I have always been a big fan of Cat Stevens (Yusuf Islam). Though I can not articulate all the meanings of his songs and their impacts, I just find his songs very meaningful and connected with our societies. Even the songs he wrote and sang in 70s are still relevant and meaningful. One of my favorite is 'where do the children play?' Well, that is a big question for metro cities like Kathmandu. And the question is going to be even bigger in coming decades. One fine evening I filmed kids in my neighborhood in Eastern Kathmandu and tried to sync them with the song. Please enjoy the video and let me know how did you find it. Please turn the captions [CC] on to see the lyrics.

पूर्व चार नम्बर

ठमेलमा आगो लाग्दा भोजपुर बजारमा पानी परिरहेको थियो । उसो त केही दिनअघि नेपालै बन्द भइरहँदा पनि त्यसको प्रभाव यहाँका सीमित राजनीतिक कार्यकर्ताहरूले ि चया पसलमा बसेर मसिनो स्वरमा गर्ने कुराकानीमा बाहेक अन्यत्र देखिएको थिएन । धनकुटाको हिलेबाट पाखि्रबाससम्मको कालोपत्रे सडकपछि झन्डै २५ किलोमिटर कच्ची ओरालोमा धूलो उडाउँदै अरुण नदीको तीरमा पुगिन्छ । अरुणमा एक विदेशी संस्थाको सहयोगमा धमाधम पक्की फलामे पुल बन्दैछ । अढाइ सय मिटर उचाइमा तातो हावा चल्ने अरुण किनाराका छाप्राहरू अब बिस्तारै बजार बन्दै छन् । धरान, धनकुटादेखि भोजपुर र संखुवासभा जाने मिनिबस र जिपहरू धूलो उडाउँदै आएर यही लेगुवा भन्ने ठाउँमा घ्याच्च रोकिन्छन् र अरुण तर्न पालो कुरेर बस्छन् । फलामे तारमा बाँधिएको फेरिमा मोटरसाइकलदेखि, बस, ट्रक, ट्याक्टर र डोजरसम्मले अरुण पार गर्छन् । अरुणपारि भोजपुर । वारि अरुणको तीरैतीर उँभो लागे खाँदबारी ।

कति पटक १२ बज्यो होला जिन्दगीमा?

१२ बजे गएको थियो भुइँचालो च्यापेर लालाबाला हुित्तँदै आँगनमा झरेकी उनी रातभरि टोलाएकी थिइन् तीन आँख्ले तारा हेर्दै परदेशीको सम्झनामा १२ बजेतिर खोलामा भैंसी आहाल बस्थ्यो र उनी डोकाभरि घाँस काटिरहन्थिन् खोलाको डिलमा बसेर धोर्जे सुसेली रहन्थ्यो छिमेकको एउटा बुढो लाहुरे बल्छी बोकेर आउँथ्यो खोलामा १२ बजे कहिले घाम लाग्थ्यो कहिले पानी पर्थ्यो कहिले त बाढी नै आएको थियो चट्याङ परेको थियो हुरि चलेको थियो धुलो उडेको थियो रेडियोमा गित बजेको थियो स्कुलबाट केटाकेटी छिटै घर फर्केका थिए छिमेकीको घरमा सत्यनारायण पुजाको पर्साद खाने बेला भएको िथयो पेट दुखेको थियो जुलुस देखिएको थियो रत्यौली नाचेका थिए गाउँभरिका आइमाइहरु १२ त कति बज्यो कति जिन्दगीमा कहिले दिउसोको १२ बज्यो कहिले रातीको १२ बज्यो कहिले ताराहरुले १२ बजाए कहिले फ्याक्ट्रीको साइरनले १२ बजायो कहिले घरमाथि पर आकाशमा उड्ने हवाइजहाजले १२ बजायो कहिले भोका बाख्राले १२ बजाए परदेशीले बर्सौंअघि ल्याइदिएको भित्ते घडीमा ब्याट्री सक्किएको छ र १२ नै बजेको छ तर अफशोच घडीको ब्याट्री बोकेर आउनेछैनन् अब परदेशी फर्केर ...

छोटिएका बाटाहरू, लम्बिएका सपनाहरू

एक वर्षअगाडि, जतिखेर अहिले पुरानो भएको ६९ साल भर्खरै जन्मेको थियो, तमाम निराशाका बाबजुद नेतादेखि 'जनता' भनिने रैतीसम्मले रंगीन सपना देखेका थिए र देखाएका थिए । पृथ्वीले अनन्त ब्रह्माण्डमा एउटा बलिरहेको आगोको डल्लोलाई चक्कर लगाउँदा उत्पन्न हुने दिन र रातहरूको सिलसिलेबर गिन्ती गर्न, सायद सुरु भएको तिथि-मिति र पात्रोमा हिउँद र वसन्तहरूको एउटा शृंखलापछि फेरि सुरु हुने दिनहरूको नयाँ गिन्तीलाई नयाँ वर्ष भनिन्छ । संसारभर यो एउटा विशेष बहाना हुने गर्छ सपना देख्न, भविष्यवाणी गर्न, आशावादी हुन ।

बेलायत डायरी

मौसम हुन त मार्च महिना बेलायतमा पारिलो घाम लाग्ने बेला हो । हिउँले खाएका रूखहरूमा हरिया टुँसा पलाउने बेला हो । बाटो छेउका हरिया घाँसहरूमा प्याजी र गुलाबी रंगका मसिना फूल फक्रने बेला हो । तर यसपटक मौसमले पनि नयाँ रेकर्ड कायम गर्‍यो । मार्च महिना २७ वर्षयताकै सबैभन्दा चिसो मार्च बन्यो । हिउँ, पानी र बाढीले हजारौंलाई पीडा दियो । सुन्दर तटीय क्षेत्रमा बाढीले उल्का मच्चायो । ग्यास र बिजुलीको आपूर्ति नहुँदा रोगी, बूढाबूढीहरू मरे । मन्त्रीले ऊर्जा कम्पनीहरूलाई देाष दिए । चिसो मौसमकै कारण गाउँतिरका किसानहरूको भर्खरै ब्याएका भेडाका पाठापाठी मरेको र केही प्रजातिका पुतलीसमेत लोप भएको भन्ने किसिमका समाचार पनि देख्न सुन्न पाइयो । मौसम कार्यालयको 'खराब मौसम'को चेतावनीसँगै अघिपछि घमाइलो हुने मार्च महिनामा एका बिहानै सरकारी ट्रकहरू सडक र फुटपाथमा हिउँ पगाल्ने नुनिलो बालुवा छर्न व्यस्त देखिए । हामीलाई बेलाबखतमा बन्दले पिरोलेजस्तो बेलायतलाई हिउँले पिरोल्छ । राजमार्गमा गुड्दा गुड्दैका ट्रकहरू हिउँले पुरिन्छन् । मानिसहरू घन्टौंसम्म कारमै थुनिन्छन् । यसपालि बेलायती हिउँदले आफ्नो विस्तारित स्वरू...