Skip to main content

Posts

एउटा अधुरो कथा - घर कब आवोगे

घर कब आओगे? लामो समय पछि उसको कपाल काट्ने पसलमा पुगेर मेरा कपाल र दारीमा उसले गर्नु पर्ने योगदानबारे छोटो निर्देशन दिएपछि म विशाल ऐनाअगाडि राखिएका एक कुर्सीमा बसेँ । आकाशे रंगको कपडा झट्काएर मेरो घाँटीमा बेरिदिँदै गर्दा उसले सोध्यो, ‘दाइ फेरि कान्तिपुरमै आउनु भयो?’ कपडा बेरिएको घाँटीभित्रको नलिलाई खुकुलो बनाउँदै मैले हैन भनेँ । नजिकै शान्तिनगरमा डेरा सरेको बुझाएँ । उ केही बोलेन । एकछिन पछि हातमा कैँची चलाउँदै सोध्यो ‘कस्तो काट्ने? कति काट्ने’ यो मामिलामा म निकै सजिलो मान्छे । ‘जत्रो मन लाग्छ तेत्रो, जस्तो मन लाग्छ तेस्तो । म केही भन्दिनँ’ मेरो जवाफ सुनेर झन् कन्फ्युज भए जसरी टाउको घुमाइ घुमाइ मेरो झाङ्गिएको कपाललाई कोण कोणबाट निरिक्षण गर्न थाल्यो उ । र एकछिन पछि कैंची चलेको एकोहोरो सँगीत मेरो कानमा गुन्जिन थाल्यो । मेरा आँखा उसको पसलका भित्ताभरि टाँसिएका पोस्टरमा पोखिन थाले । *** सानो छँदा पिताजीले कपाल काटिदिनु हुन्थ्यो । अलि ठूलो भएपछि पिताजीले काटिदिएको कपाल टाटेपाटे लाग्न थाल्यो । त्यसपछि हाम्रो टोलतिर साइकलमा चढेर ‘क…..पा…..ल का….ट्ने’ भन्दै कराउँदै हिँड्ने एक जना हजामबाट मैल...

पत्र लेख्न छोडेको वर्षौंपछि १५ सालको जनवरीको चीसो साँझमा आफैंलाई एउटा पत्र

प्यारो म मलाई औपचारिकतादेखि घृणा लाग्छ । अनि यति भन्दा भन्दै पनि औपचारिक हुने आफ्नै बानीदेखि अनौठो लाग्छ । मन नपर्ने सबै कुराबाट भाग्न सकिँदैन । मन परेजस्तो गरिदिनु । रमाए जस्तो गरिदिनु । थाहा छैन मान्छेलाई के ले बाँधेको हुन्छ । मलाई नि बाँधेकै होला केहीले त । मैले आफैंलाई प्यारो भनेर सम्बोधन गरेपछि मलाई माथीका हरफ फुरेका हुन्, सबभन्दा पहिला । अनि माथिका हरफमा धेरै ध्यान दिएर वर्षौं अथवा महिनौंपछि कुन संजोगले लेख्न थालेको पत्रको विषय नै बिर्सेछु । शायद अब यही 'प्यारो' को विषयमा  थप केही हरफ लेख्नु पर्ला । मेरो लेखाइ बिग्रेको हो कि मुड । पहिले जस्तो मजा आइरहेको छैन लेख्दा । जबर्जस्ति लेखेको जस्तो लागिराछ । अलिअलि जबर्जस्ती पनि हो । भाषा पनि बिग्रेछ । अगि जबर्जस्ति ह्रस्व लेखेँ । पछिल्लो लाइनमा दीर्घ । सामाजिक सन्जालमा पोखिएका वह साह्रै सस्तो लाग्छन् । त्यसैले मन लाग्दा लाग्दै पनि पोख्न सकिनँ । कतिचोटी लेख्दै मेट्दै गरेँ । हामीलाई सामाजिक मूल्याङ्कनदेखि डर लाग्ने बानी परेछ । लेनादेना केही नभए पनि । पूँजिको समाज । स्टाटस र इम्प्रेसनको समाज । अस्ति भर्खर ब्रीज अफ स्पाइज ...

ट्याक्सी नम्बर ५९५९

गंगा तटमा रचिएका टैगोरका आत्मकथा, सत्यजित रे र रितुपर्नो घोषका फिल्म, भुपेन हजारिकाका गीत र अरु यस्तै इधर-उधरले कलकत्ता जाने हुटहुटी लामो समयदेखि मनमा थियो । यसपालिको दशैं विदामा त्यो तिर्खाले शान्ति पायो । सँगै काम गर्ने हामी चार सहकर्मी एक-एउटा झोला भिरेर सुनौली हुँदै गोरखपुरको रेल पकड्न रमाना भयौं । उसो त कलकत्ता नेपालबाट सबैभन्दा नजिकैको बन्दरगाह पनि हो । पूर्वी नाका काकडभिट्टाबाट जाँदा धेरै छोटो पर्ने थाहा भइकन पनि हामी पश्चिमतिर लागेका थियौं । किनकि गोरखपुरबाट रेल धेरैबेरसम्म चढ्न पाइन्छ । भारत यात्रामा सँधै रेलले आकर्षण गर्छ । रेलमा दिनभरि, रातभरि दौडिरहनु मात्रै पनि यात्राको आधासरो आनन्द हो । गोरखपुरबाट बिस्तारै हिँडेको पूर्वान्चल एक्सप्रेस कहिले तुफान हुन्थ्यो कहिले कुनै अनजान पटरीमा अर्कोतिरबाट आएको रेलगाडीलाई साइड दिन घन्टौं कुरेर बस्थ्यो । रेलका हरेक डिब्बामा कम्तिमा चार वटा शौचालय हुन्छन् । तर यसरी अन्जान ठाउँमा रेल रोकिएको मौका पारेर यात्रुगणहरु ढोकाबाट फुत्त फुत्त जमीनमा हाम्फाल्थे र क्षितिजमा उडेका बकुल्लाका बथान हेर्दै मूत्र बिसाउँथे । स्टेशन न स्टेशन, कोही कोही प...

Question

I love questions without answers And answers without question Tell me Would you answer Or question? Sometimes no question is question And silence Is the best answer How many questions exist between One silence to another silence How many answers Lie between One question to another I love moments without memories And memories without moments Would you be My memory or moment? If you asked me same question I would rather be silent.

सत्य नाडेलाको इमेल

सन् १९६७ मा भारतको आन्ध्रप्रदेशको हैदरावादमा नाडेला सत्यनारायण चौधरी भन्ने केटो जन्मिँदा, माइक्रोसफ्ट भन्ने कम्पनी नै स्थापना भएको थिएन । सन् १९७५ मा बिल गेट्सले स्थापना गरेको माइक्रोसफ्टको सबैभन्दा शक्तिशाली पदमा अघिल्लो हप्ता ४६ वर्षका सत्य नाडेला नियुक्त हुनु र बिल गेट्स स्वयंले माइक्रोसफ्टको बोर्डको अध्यक्षबाट पनि राजीनामा दिनु संयोग मात्र थिएन । धेरै विश्लेषकहरूको शब्दमा यो एउटा युगको अन्त्य पनि थियो । सत्य नाडेलाको माइक्रोसफ्टको युगचाहिं १९९२ तिर सुरु भएको थियो । त्यसअघि उनले हैदरावादकै सार्वजनिक स्कुल पढेका थिए । कर्नाटकको मणिपाल इन्स्िटच्युट अफ टेक्नोलोजी गएका थिए र त्यसपछि अमेरिका गएर कम्प्युटर साइन्स र व्यवस्थापनमा स्नातकोत्तर गरेका थिए । प्रविधि उत्पादन गर्ने र कम्प्युटरका कल्याल्मल्याङ कोडमा घोत्लिरहने माइक्रोसफ्टका कर्मचारीहरू कम्पनीले गाडी बनाउने फोर्डका प्रमुखलाई हाकिम बनाएर ल्याउने त होइन भनेर बडो बेचैन थिए । किनभने उनीहरूलाई थाहा थियो, माइक्रोसफ्टको भावना प्रविधि बुझेको मान्छेले मात्र बुझ्छ । अरू धेरै सम्भावित दाबेदारलाई पछि पार्दै सत्य नाडेला माइक्रोसफ्टको प्रमुख कार...

Kerala Backwaters

Where do the Children Play?

I have always been a big fan of Cat Stevens (Yusuf Islam). Though I can not articulate all the meanings of his songs and their impacts, I just find his songs very meaningful and connected with our societies. Even the songs he wrote and sang in 70s are still relevant and meaningful. One of my favorite is 'where do the children play?' Well, that is a big question for metro cities like Kathmandu. And the question is going to be even bigger in coming decades. One fine evening I filmed kids in my neighborhood in Eastern Kathmandu and tried to sync them with the song. Please enjoy the video and let me know how did you find it. Please turn the captions [CC] on to see the lyrics.

पूर्व चार नम्बर

ठमेलमा आगो लाग्दा भोजपुर बजारमा पानी परिरहेको थियो । उसो त केही दिनअघि नेपालै बन्द भइरहँदा पनि त्यसको प्रभाव यहाँका सीमित राजनीतिक कार्यकर्ताहरूले ि चया पसलमा बसेर मसिनो स्वरमा गर्ने कुराकानीमा बाहेक अन्यत्र देखिएको थिएन । धनकुटाको हिलेबाट पाखि्रबाससम्मको कालोपत्रे सडकपछि झन्डै २५ किलोमिटर कच्ची ओरालोमा धूलो उडाउँदै अरुण नदीको तीरमा पुगिन्छ । अरुणमा एक विदेशी संस्थाको सहयोगमा धमाधम पक्की फलामे पुल बन्दैछ । अढाइ सय मिटर उचाइमा तातो हावा चल्ने अरुण किनाराका छाप्राहरू अब बिस्तारै बजार बन्दै छन् । धरान, धनकुटादेखि भोजपुर र संखुवासभा जाने मिनिबस र जिपहरू धूलो उडाउँदै आएर यही लेगुवा भन्ने ठाउँमा घ्याच्च रोकिन्छन् र अरुण तर्न पालो कुरेर बस्छन् । फलामे तारमा बाँधिएको फेरिमा मोटरसाइकलदेखि, बस, ट्रक, ट्याक्टर र डोजरसम्मले अरुण पार गर्छन् । अरुणपारि भोजपुर । वारि अरुणको तीरैतीर उँभो लागे खाँदबारी ।

कति पटक १२ बज्यो होला जिन्दगीमा?

१२ बजे गएको थियो भुइँचालो च्यापेर लालाबाला हुित्तँदै आँगनमा झरेकी उनी रातभरि टोलाएकी थिइन् तीन आँख्ले तारा हेर्दै परदेशीको सम्झनामा १२ बजेतिर खोलामा भैंसी आहाल बस्थ्यो र उनी डोकाभरि घाँस काटिरहन्थिन् खोलाको डिलमा बसेर धोर्जे सुसेली रहन्थ्यो छिमेकको एउटा बुढो लाहुरे बल्छी बोकेर आउँथ्यो खोलामा १२ बजे कहिले घाम लाग्थ्यो कहिले पानी पर्थ्यो कहिले त बाढी नै आएको थियो चट्याङ परेको थियो हुरि चलेको थियो धुलो उडेको थियो रेडियोमा गित बजेको थियो स्कुलबाट केटाकेटी छिटै घर फर्केका थिए छिमेकीको घरमा सत्यनारायण पुजाको पर्साद खाने बेला भएको िथयो पेट दुखेको थियो जुलुस देखिएको थियो रत्यौली नाचेका थिए गाउँभरिका आइमाइहरु १२ त कति बज्यो कति जिन्दगीमा कहिले दिउसोको १२ बज्यो कहिले रातीको १२ बज्यो कहिले ताराहरुले १२ बजाए कहिले फ्याक्ट्रीको साइरनले १२ बजायो कहिले घरमाथि पर आकाशमा उड्ने हवाइजहाजले १२ बजायो कहिले भोका बाख्राले १२ बजाए परदेशीले बर्सौंअघि ल्याइदिएको भित्ते घडीमा ब्याट्री सक्किएको छ र १२ नै बजेको छ तर अफशोच घडीको ब्याट्री बोकेर आउनेछैनन् अब परदेशी फर्केर ...

छोटिएका बाटाहरू, लम्बिएका सपनाहरू

एक वर्षअगाडि, जतिखेर अहिले पुरानो भएको ६९ साल भर्खरै जन्मेको थियो, तमाम निराशाका बाबजुद नेतादेखि 'जनता' भनिने रैतीसम्मले रंगीन सपना देखेका थिए र देखाएका थिए । पृथ्वीले अनन्त ब्रह्माण्डमा एउटा बलिरहेको आगोको डल्लोलाई चक्कर लगाउँदा उत्पन्न हुने दिन र रातहरूको सिलसिलेबर गिन्ती गर्न, सायद सुरु भएको तिथि-मिति र पात्रोमा हिउँद र वसन्तहरूको एउटा शृंखलापछि फेरि सुरु हुने दिनहरूको नयाँ गिन्तीलाई नयाँ वर्ष भनिन्छ । संसारभर यो एउटा विशेष बहाना हुने गर्छ सपना देख्न, भविष्यवाणी गर्न, आशावादी हुन ।

बेलायत डायरी

मौसम हुन त मार्च महिना बेलायतमा पारिलो घाम लाग्ने बेला हो । हिउँले खाएका रूखहरूमा हरिया टुँसा पलाउने बेला हो । बाटो छेउका हरिया घाँसहरूमा प्याजी र गुलाबी रंगका मसिना फूल फक्रने बेला हो । तर यसपटक मौसमले पनि नयाँ रेकर्ड कायम गर्‍यो । मार्च महिना २७ वर्षयताकै सबैभन्दा चिसो मार्च बन्यो । हिउँ, पानी र बाढीले हजारौंलाई पीडा दियो । सुन्दर तटीय क्षेत्रमा बाढीले उल्का मच्चायो । ग्यास र बिजुलीको आपूर्ति नहुँदा रोगी, बूढाबूढीहरू मरे । मन्त्रीले ऊर्जा कम्पनीहरूलाई देाष दिए । चिसो मौसमकै कारण गाउँतिरका किसानहरूको भर्खरै ब्याएका भेडाका पाठापाठी मरेको र केही प्रजातिका पुतलीसमेत लोप भएको भन्ने किसिमका समाचार पनि देख्न सुन्न पाइयो । मौसम कार्यालयको 'खराब मौसम'को चेतावनीसँगै अघिपछि घमाइलो हुने मार्च महिनामा एका बिहानै सरकारी ट्रकहरू सडक र फुटपाथमा हिउँ पगाल्ने नुनिलो बालुवा छर्न व्यस्त देखिए । हामीलाई बेलाबखतमा बन्दले पिरोलेजस्तो बेलायतलाई हिउँले पिरोल्छ । राजमार्गमा गुड्दा गुड्दैका ट्रकहरू हिउँले पुरिन्छन् । मानिसहरू घन्टौंसम्म कारमै थुनिन्छन् । यसपालि बेलायती हिउँदले आफ्नो विस्तारित स्वरू...

बूढो माउते र हात्ती

अजङ्गको हात्तीको गर्धनमा टाँसिएर दिनभरि घुमिरहन्छ र घुमाइरहन्छ एउटा लुरे ज्यानको बुढो माउते चहार्छ जङ्गल देखाउँछ जङ्गली जनावरहरु एक सिङ्गे गैंडा र मृगका बथान देखेर चिच्याउँदै गर्दा उसका सवारीहरु बुढो माहुते मोलिरहन्छ खैनी बेपर्वाह हरेक सूर्यास्तमा बाफ उडिरहेको खोलामा पिलाएर हात्तीलाई पेटभरि पानी बुढो माहुते धुवाँ उडिरहेको एउटा झुपडीमा पस्दछ र टकटक्याएर गम्छाबाट दिनभरिका टिप्सहरु पिउन थाल्छ हात्ती जस्तै अन्धाको देशमा हात्ती जस्तै उ छामिरहन्छ जिन्दगी कहिले जिन्दगी खाँबो जस्तो कहिले जिन्दगी डोरी जस्तो कहिले जिन्दगी भित्तो जस्तो पिउँदा पिउँदा हरेक साँझ प्राय उसलाई लाग्छ जिन्दगी रित्तो रित्तो जस्तो

डेरियो लोपेज: एउटा नामको कथा

हुन त विलियम शेक्सपियरले 'नाममा के नै छ र ?' भनेका थिए । तर गुल्मी जिल्लाको एउटा गाउँको साधारण परिवारमा जन्मेका सुदीप गौतमलाई जिन्दगीको यात्रामा त्यही नाम नै भारी भयो । ज्यादै पीडादायी थिए त्यस नामसँग जोडिएका संस्मरणहरू । त्यसैले एक दिन उनले आफ्नै नामै परिवर्तन गरेर नयाँ नाम राखे- डेरियो लोपेज । डेरियोको नाम परिवर्तनको प्रसंग अहिले क्लाइमेक्सतिर उल्लेख गरौंला । सुरुमा उनको सफलताकै कुरा । बेलायतमा बस्ने २३ वर्षका डेरियो लोपेजलाई १ वर्ष अघिमात्रै सञ्चारमाध्यमले चिनेको थियो, जतिखेर उनी अनलाइनमार्फत सामान बेच्ने प्रख्यात साइट इबेमा टप सेलर भएका थिए । टप सेलर हुनु भनेको बेलायतमा अधिकांशले सामान खरिद गर्न प्रयोग गर्ने वेबसाइट इबेमा वर्षभरिमा सबैलाई उछिनेर धेरै सामान बेच्नु हो । सबैजनालाई उछिन्नु भनेको चाहिँ इबेमार्फत सामान बेच्ने नाम चलेका ठूला कम्पनी र चेन स्टोरहरूलाई पनि उछिन्नु हो ।

किम्बुको बोटमुनि

हामीसँगै हुर्केको थियो किम्बुको बोट तिम्रो आँगनको छेवैमा छेलिएर किम्बुको बोटमा म हेर्ने गर्थेँ लुकेर तिमीले नुहाएको थाहा छ मलाई पनि तिमी पनि त रोज्ने गर्थ्यौ मेरै घर छेउको साँघुरो बाटो बजार जाँदा छाडेर छोटा र सजिला मूलबाटाहरु किम्बुको बोटमुनि खेल्ने गर्थ्यौं हामी गुडियाहरु जहाँ तिम्रा पुतली र मेरा पुतलीका अनगिन्ति विवाह महोत्सव भएका थिए किम्बुको बोटमुनि हुन्थेँ म सँधै डर लागेको नक्कल गर्थेँ रुख चढ्न किनभने तिमी छोटो फ्रक लगाएर चढ्दथ्यौ किम्बुको रुख र झारिदिन्थ्यौ मेरा लागि गुलिया रसिला किम्बुहरु किम्बुको बोटमुनि बुन्ने गर्थ्यौं हामी थुप्रै थुप्रै कोमल रेशमी सपनाहरु गुजुल्टिएर किम्बु फलेझैं कुनै विहान अचानक फक्रेको थियौ तिमी हो त्यसैदिन देखि तिमी आँगन छेउको इनारमा नुहाउन छाडेका थियौ मैले पनि हेर्न छाडेको थिएँ तिमीलाई छेलिएर किम्बुको बोटमुनि त्यसैदिनदेखि हुनु पर्छ तिमी हिँड्न पनि छाडेका थियौ बजार जाने मेरो घरको बाटो मैले अन्तिमपटक हेरेको थिएँ तिमीलाई छेलिएर किम्बुको बोटमा जतिखेर तिमी रँगिएर सिउँदोमा छाडेर जाँदै थियौ सँधै सँधै किम्बुक...

आउटसाइडरको नजरमा जयपुर साहित्य महोत्सव

नेपाली पत्रपत्रिकाका शनिबारीय परिशिष्टांकमा केही सालयता बर्सेनि साहित्यको कुम्भ मेलाजस्तै गरी छापिने 'जयपुर साहित्य महोत्सव'का नालिबेली पढ्दा पढ्दा मलाई पनि एकचोटि पुगौं न त भन्ने लागेको थियो । जुन मौका यसपटक जुर्‍यो । एसियाकै सबैभन्दा ठूलो रेल सञ्जालको रेल चढ्न गोरखपुरबाट ब्ल्याकमा काटिएको टिकट समातेर दिल्लीको रेल चढ्दा बाटामा भेटिएका सहयात्रीहरू भारत र बेलायतको जारी क्रिकेट म्याचको कमेन्ट्री गरेर बाक्लो हुस्सुमाझ दौडिरहेको रेलको पट्यारलाग्दो यात्रामा टाइम पास गरिररहेका थिए । काठमाण्डुबाट जयपुर केवल साहित्य मेला हेर्न हिँडेको भन्दा उनीहरू कान ठाडो पारेर अचम्म मानेझैं गर्दथे । बाटामा भेटिएका बिहारी मूलका ६० वर्षे एक व्यक्ति, जो हाल लखनउबासी भइसके, उनले आफ्ना अमेरिकामा रहेका छोरा, उनको तलब र उनले हालै किनिदिएको नयाँ गाडीका बारे गफ गरेर धेरै समय खर्च गरे । छोरीको बिहे नजिकिएको समेत उनले बताए । तर अफसोस, पण्डितले जुराइदिएको साइत भ्यालेन्टाइन्स डे अर्थात् फेब्रुअरी १४ मा परेकोले उनी साह्रै चिन्तित थिए । यस्ता आयातित दिवसहरूका कट्टर विरोधी उनको विचारमा भारतले परम्परागत मूल्य मा...

जयपुर जाने हो सान्नानी?

जयपुर जाने हो सान्नानी? मैले सान्नानीलाई सोधेँ भनेँ सान्नानी लामो रेल चढौंला हेरौंला उडेका चराहरु र बगेका नदीहरु लामा लामा पुलहरु मान्छेहरु बजारहरु बस्तिहरु जाउँ न सान्नानी जयपुर जाउँ झिलिमिली शहरमा हराउँला दौडौंला उँटका बथानहरुसँगै मरुभूमिको नौलो र सुनौलो सूर्यास्तमा । जयपुर जाने हो सान्नानी? दुई चार दिन घुमेर फर्कौंला नि । अनुहारमा खुशि र डर एक्कैचोटि पोख्दै सान्नानीले मसिनो स्वरमा भनी : जान त जान्थेँ होला नि तिमीसँगै जयपुर २-४ दिन नि कुन ठूलो कुरा भो र! तर, फर्किएर आएपछि मेरा बा मेरी आमा दाजु भाउजु सानो भाइ दुई चार जना छिमेकी अनि घरको भोटे कुकुर समेत मेरो लागि ठूलो प्रश्न बनेर उभिनेछन आँगनको डिलमा, यति मात्र कहाँ हो र गाउँको चौतारीले समेत बाटो छेक्नेछ मेरो । जयपुर मात्रै होइन लैजाउ मलाई भागलपुर, हाजिपुर, मुजफफरपुर, वासेपुर वा जनकपुर नै किन नहोस तर फर्केर नआउने गरी लैजाउ त्यहिँ भक्तपुर भए पनि जान्छु

जसले 'भगवान’ खोजिन्

यो रहस्यै रहस्यको दुनियाँ हो । मानवजाति र ब्रह्माण्डका धेरैजस्ता रहस्यहरूलाई या त कविहरूले अन्टसन्ट व्याख्या गरिदिएका छन्, या धर्मशास्त्रले या त विज्ञानले । विज्ञानको व्याख्या पनि कहाँ सधैं स्थिर छ र ? कुनै समय त्यही विज्ञानले गरेको व्याख्या कालान्तरमा झूटो सावित हुन्छ र त्यही विज्ञानले नयाँ परिभाषा जन्माउँछ । मान्छे मात्र होइन, सत्य पनि जन्मन्छ र मर्छ । विज्ञानका सत्यहरू, या भनौं व्याख्याहरू थुप्रै अनुसन्धान, खोज र वस्तुगत प्रयोगबाट जन्मिएका हुन्छन् । त्यसैले सूर्य किन आकाशमा छ ? जून किन चम्किन्छ, तारा किन उदाउँछन् जस्ता प्रश्नबारे कविहरूले दिने व्याख्याभन्दा विज्ञानले दिने व्याख्या यथार्थ नजिक हुन्छ ।

एउटा पत्र हराउनेका लागि

प्रिय हराएको तिमी, हुन त तिमी हुनु र नहुनुमा खासै अन्तर लागेको छैन । तै पनि कता कता तिमी हरायौ कि जस्तो लाग्दो रहेछ । हुन सक्छ म पनि कहिँ कतै हराएँ होला । तिमी हराउनु अथवा म हराउनु; हुन सक्छ हामी दुबै हराउनुको 'महशुस गर्नु पनि त तिमी हुनु र नहुनुको अन्तर महशुस गर्नु नै हो' भनेर तर्क गर्न सक्छौ तिमी । थाहा छ तिमीलाई, म सँधै विरोधाभाषी छु । मैले भनिसकेँ तिमी हराएदेखि, अथवा त्यो पलदेखि जब तिमी हराएको एउटा गाढा महशुस हुन थालेदेखि खासै फरक पाएको छैन मैले म वरिपरिको दुनियाँमा । स्वभाविक र प्राकृतिक परिवर्तनहरु त तिमी हुँदा पनि हुन्छन्, तिमी नहुँदा नि हुन्छन्, हामी दुबै नहुँदा नि हुन्छन् । भइरहन्छन् । तिम्रो आँगन, तिम्रो झ्याल अथवा तिमी रहेको बन्द कोठाको एउटा सानो प्वालबाट पनि तिमी त्यो छिर्केमिर्के संसार देखिरहेकी छ्यौ होला जुन मैले पनि देखेको छु । तिमी हरेक साँझ एउटा रातो सूर्यास्त हेरेर केही बेर टोलाउँछ्यौ होला म पनि टोलाउने गर्दछु । अनि हरेक रङ्गीन विहानीमा तिमीमा पनि सपनाका उन्मुक्त रंग चढ्छ होला ममा जस्तै । फरक यत्ति छ हामी छिर्केमिर्के संसार, रातो सूर्यास्त र रङ्गीन विहान...

7 Reasons Why Nepali Twitter users are not Cool

1. They tweet like celebrity : most of the time you don't understand what they are tweeting about. Only themselves or their close peers know. 2. They tweet less chat much: most of the tweets are personal conversation. 3. They have knowledge deficit : you don't get nothing from their tweets. They don't talk about ideas, knowledge, information, innovation, creativity or any other crazy things. Most of tweets are about everyday prattles. 4. They don't help : you ask where is the best place in Kathmandu for a nice dinner or you ask about coolest android device in the town. You don't get goddamn answer because people don't help you or people are not able to help you. 5. People have very very close or limited circle: almost everybody knows of everybody. That means they have lots of prejudiced opinion. 6. People don't know about technology: they use technology but they don't talk about it and they don't want to extend their knowledge. They d...

Old Man From Dadeldhura Sings in Great voice