Skip to main content

Posts

Showing posts from July, 2011

अरब सपनाहरु

कास्कीको धम्पुस पुगेको थिएँ ३ महिना अघि । कथा मिठो सारङ्गीकोको नाटक रेकर्डिङको सिलसिलामा । झण्डै एक हप्ते बसाइमा स्थानीय परिवेशलाई केही बुझ्ने मौका पाइयो । त्यहाँ रेकर्ड गरिएको नाटक वैदेशिक रोजगारीमा जाने महिलाका समस्याबारे थियो । संयोगवश धम्पुसमा पनि अधिकांश महिला पुरुष कामको लागि खाडी मुलुक जाने चलन रहेछ । सरसर्ती हेर्दा हरेक घरका कम्तिमा एक सदस्य काम गर्न खाडीमा गएकै हुन्थे । कतै चिया पसलमा चिया खान बस्दा पनि विदेश जान टिकाटालो गरेर हिँडेका अथवा भर्खरै विदेशबाट फर्कँदै गरेका युवालाई भेट्नु सामान्य थियो । अधिकांश 'दलित' बस्ने यो गाउँ घुम्दै हिँड्दा म ४ कक्षामा पढ्ने मिलन बिक को घरमा पुगेँ । उनकी आमाको समस्या फेरि अर्कै ठूलो छ । आफन्त पर्नेको गर्भबाट मिलन जन्मेका रहेछन् । ती पुरुष चाहिँ खाडिमै बेपत्ता छन् । सम्पत्तिको हक र छोरालाई दिइने सामाजिक परिचयको लागि वर्षौं देखि अड्डा धाइरहेकी आमाको समस्या आफ्नै ठाउँमा छ । जुन कुरा म यहाँ उल्लेख गर्न चाहन्न । मैले मिलन लगायत उनका दाइभाइ पर्ने सहकक्षीहरुसँग सामान्य कुराकानी गरेको थिएँ । भिडियो आफैं बोल्छ । धेरै उल्लेख गर्नु जरुरी छैन