Skip to main content

Posts

Showing posts with the label United Breaks Guitar

'युनाइटेड ब्रेक्स गिटार'

क्यानेडियन गायक डेभ क्यारोल सन् २००८ को मार्च महिनामा आफ्नो सांगितिक समूह सन्स अफ म्याक्वेलसँग साँगितिक कार्यक्रम लिएर अमेरिकाको नेब्रास्का जाँदै थिए । उनी चढेको युनाइटेड एयरलाइन्सको विमानमा उनको मूल्यवान टेलर गिटार पनि थियो । तर विमानका कर्मचारीहरुले सामान उतार्ने बेलामा उनको ३५०० डलर पर्ने गिटारलाई हेलचेक्य्राइँपूर्वक फ्याँकेको देखियो । पछि हेर्दा उनको त्यो गिटार कामै नलाग्ने गरी भाँच्चिएको रहेछ । एयरलाइन्सले आफ्नै कारणले गिटार भाँच्चिएको स्वीकार गरे पनि दोष भने एक कर्मचारीले अर्का कर्मचारीलाई लगाइरहे । गायक क्यारोललले क्षतिपुर्ती माग गरे पनि उनलाई ९ महिना यसै झुलाइयो । र अन्त्यमा एयरलाइन्सका कर्मचारीले क्षतिपुर्ती दिन नसकिने बताए । त्यसपछि पीडित बनेका गायक क्यारोलले युनाइटेड एयरलाइन्समा भेटेका अन्तिम कर्मचारीलाई एउटा वाचा गरे, 'युनाइटेड एयरलाइन्ससँगको मेरो अनुभवका बारेमा म तीनवटा गीत लेख्नेछु, गाउनेछु हरेकको भिडियो बनाउने छु र संसारभरिका मानिसले हेर्न सकिने गरी देखाउने छु' नभन्दै गायक क्यारोलले गीत गाए र भिडियो पनि बनाए । युट्युबमा १९ दिन अघि राखिएको उनको म्युजिक भिडि...