Skip to main content

Posts

Showing posts from October, 2011

स्टिभ जब्सः जो बाँच्यो

जीवन बाँच्नुमा मात्र होइन नबाँच्नुमा पनि सार्थकता छ । सफल हुनुमा मात्र होइन असफल हुनुमा पनि अर्थ छ । बाटो पहिल्याउनुमा मात्र होइन बाटो हराउनुमा पनि गन्तव्य छ । स्टिभ जब्सको ५६ वर्षको जीवन यिनै कुराको जोडदार उदाहरण बन्यो । जीवनलाई व्याख्या गर्ने सजिलो दर्शनले भनिदिन्छ जीवन घाम-छाया हो । एक पाटो घाम अर्को पाटो छाया । तर स्टिभले जीवनको दुवै पाटो घमाइलो हुन्छ भनी देखाइदिए । जीवनका अन्तिम ७ वर्षमा उनी क्यान्सरले थलिए र उनलाई थाहा थियो उनी ढिलो होइन चाँडो मर्दै छन् । तर मृत्युको उल्टो गन्ती भइरहँदा उनले सबैभन्दा घनिभूत जीवन बाँचे । कामलाई सबैभन्दा धेरै पूजा गरे । उनका आविष्कारले प्रविधिको संसारलाई नयाँ युग दियो ।

मजदुर र मट्टीतेल

मेरो जहानका आँशुले चुलो बल्ने भए कति जाति हुन्थ्यो किन्नु पर्दैन थियो त्यो महङ्गो मट्टीतेल पसलेले मस्यौरा पोको पारेर दिएको अखबारमा छापिएका हत्यारा मन्त्रीका भँगेरे अक्षर समाचारले कुनै अर्थ राख्दैन मलाई केवल अर्थ राख्छ बहिनीलाई हात हाल्न खोज्ने पुलिसलाई चड्काएको निहुँमा खोरमा सडाइएको छोरोको सम्झनाले जसको यादमा यसपालिको दशैं भिज्यो जहानको आँशुले पनि अर्थ राख्थ्यो होला शायद, त्यो आँशु नभएर मट्टीतेल भएको भए यसपालि दशैंमा मेरो घरमा पनि चुलो बल्थ्यो कि !