Skip to main content

Posts

Showing posts from November, 2011

जसले बोल्दा आगो बल्छ

नाकको दाहिने पटि छेडेर झुन्ड्याइएको चाँदीको पातलो मुन्द्रि । गहीरा हरिया आँखा । बादलजस्ता झाँगिएका लामा, काला केश । रहस्यमयी अनुहार । अनि साइज जिरो शरिर । २३ वर्षकी क्यामिला भ्यालेजोको सुन्दरतालाई एक शब्दमा वर्णन गर्ने हो भने ‘खतरनाक’ भन्ने शब्द नै चाहिन्छ । तर क्यामिलालाई जिउडालले भन्दा पनि अर्कै कुराले धेरै सुन्दर बनाएको छ । त्यो यस्तो सुन्दरता हो जुन एक जुगमा एक चोटि आउँछ । उथलपुथल लिएर आउँछ । वाद र अपवादहरुलाई विथोल्दै आउँछ । इन्टरनेटमा गुगलमार्फत खोज्ने हो भने क्यामिलाबारे पछिल्ला २४ घन्टामा मात्रै झण्डै ८० हजार पृष्ठ लेखिएका छन् । ट्वीटरमा क्यामिलाका ३ लाख ४० हजार फलोअर्स छन् । एक वर्ष अगाडिसम्म क्यामिला विश्वविद्यालयका अन्य साधारण युवतीहरु जस्तै थिइन् जो टाइट जिन्स र खुकुलो टिसर्ट लगाउँथ्यो । जसलाई सडकमा प्रहरीसँगको मुठभेडमा भन्दा कुनै फेसन सो मा बढि सुहाउँथ्यो । तर क्यामिला अचानक यसरि देखिने र सुनिने भइन् जसले ल्याटिन अमेरिकाको सबैभन्दा विकसित र व्यवस्थित मुलुकलाई एक्कासी हल्लाइदियो ।

बा, मकै र शान्ति

४७ सालतिर एकाविहानै भोटे कुकुर डोर्याउँदै दैलोमा आएका गाउँका ठूलाबाले भनेका थिए 'बहुदल आयो' सानै थिएँ म सोधेँ कुकुरको नाम भने ठूलाबाले 'माले' बासँगै मकै गोडिरहेको मलाई भोटे कुकुरको नाम र बहुदल दुबै नौला थिए दुइ चार वर्षपछि म पढ्ने स्कुलमा आएका गाउँकै मामा पर्नले भने 'माओवादी आयो' ६ कक्षाको नैतीक शिक्षाको उपदेश कविता र मामाले भनेको माओवादीको नाम दुबै बुझिनसक्नु थिए मेरा लागि स्कुलबाट घर फर्किँदा बा मकै गोड्दै थिए शहरमा क्याम्पस पढिरहँदा अचानक हल्ला खल्ला भयो सुनियो 'राजा आयो' अघिल्लो दिन भनेको थियो क्याम्पसको साहुले 'फिस नतिरे जाँच दिन नपाउने' मेरा लागि राजा भन्दा क्याम्पसको साहु भयानक थियो कर्फ्यु लाग्ने बेलामा गाउँ पुग्दा बा मकै गोड्दै थिए आउने र जाने क्रममा शहरमा भिड आयो सेना आयो पुलिस आयो भूत आयो अमेरिका आयो भारत आयो लोकतन्त्र आयो मलाई तलब आउनुको मात्र चिन्ता थियो बालाई मकैमा घोगा आउनुको मात्रै चिन्ता थियो आज एकाविहानै चोकको पसलेले भन्यो शान्ति आयो फोन गरेँ बालाई लाग्यो होला तपाईंलाई मेरा बा