Skip to main content

Posts

Showing posts with the label Bin Laden

आतंकवाद खतरनाक कि अमेरिका ?

सेप्टेम्बर ११ को आक्रमणमा ३ हजारले ज्यान गुमाए। यसको बदलामा इराक र अफगानिस्तानमा अमेरिकी नेतृत्वमा भएका युद्धमा हालसम्म मर्नेको संख्या ७ लाख ५० हजार नाघिसकेको छ। जुन सेप्टेम्बर ११ मा भएको आक्रमणमा मारिनेको संख्याको २ सय ५१ गुणा बढि हो। इराक युद्ध र अफगान युद्धमा मारिनेको संख्या सन् १९९३ देखि सन् २००४ सम्म संसारभर भएका आतंकवादी आक्रमणमा मारिनेको संख्याको १ सय ८ गुणाभन्दा बढि हो। यी तथ्याङ्कबाट नै सजिलै बुझ्न सकिन्छ विश्वको लागि आतंकवाद भन्दा डरलाग्दो आतंकवादविरोधी युद्ध रहेको छ। अमेरिकी नेतृत्वमा भइरहेको यो युद्धले लाखौं सर्वसाधारणको ज्यान लिएको छ अरबौं डलर खर्च गरेको छ र विश्वलाई थप असुरक्षित बनाएको छ। सेप्टेम्बर ११ पछि त्यस्तै किसिमको आक्रमण अमेरिकामा त दोहोरिएको छैन तर आतंकवादको पछिल्ला शिकार भारत पाकिस्तान अफगानिस्तान र मध्यपूर्वका मुलुक भएका छन्। एउटा माहुरीले टोक्यो भनेर माहुरीको गोलामा ढुंगा हान्ने काम अमेरिकाले गरेको छ। शीत युद्धको बेलामा कम्युनिष्टहरुलाई आतंकवादी मानिन्थ्यो। शीत युद्धपछि मुसलमानहरुलाई अमेरिकाले आतंकवादी भन्न थाल्यो। इतिहासलाई राम्रोसँग नियाल्ने हो भने आतंक...