Skip to main content

Posts

Showing posts with the label Poem

कति पटक १२ बज्यो होला जिन्दगीमा?

१२ बजे गएको थियो भुइँचालो च्यापेर लालाबाला हुित्तँदै आँगनमा झरेकी उनी रातभरि टोलाएकी थिइन् तीन आँख्ले तारा हेर्दै परदेशीको सम्झनामा १२ बजेतिर खोलामा भैंसी आहाल बस्थ्यो र उनी डोकाभरि घाँस काटिरहन्थिन् खोलाको डिलमा बसेर धोर्जे सुसेली रहन्थ्यो छिमेकको एउटा बुढो लाहुरे बल्छी बोकेर आउँथ्यो खोलामा १२ बजे कहिले घाम लाग्थ्यो कहिले पानी पर्थ्यो कहिले त बाढी नै आएको थियो चट्याङ परेको थियो हुरि चलेको थियो धुलो उडेको थियो रेडियोमा गित बजेको थियो स्कुलबाट केटाकेटी छिटै घर फर्केका थिए छिमेकीको घरमा सत्यनारायण पुजाको पर्साद खाने बेला भएको िथयो पेट दुखेको थियो जुलुस देखिएको थियो रत्यौली नाचेका थिए गाउँभरिका आइमाइहरु १२ त कति बज्यो कति जिन्दगीमा कहिले दिउसोको १२ बज्यो कहिले रातीको १२ बज्यो कहिले ताराहरुले १२ बजाए कहिले फ्याक्ट्रीको साइरनले १२ बजायो कहिले घरमाथि पर आकाशमा उड्ने हवाइजहाजले १२ बजायो कहिले भोका बाख्राले १२ बजाए परदेशीले बर्सौंअघि ल्याइदिएको भित्ते घडीमा ब्याट्री सक्किएको छ र १२ नै बजेको छ तर अफशोच घडीको ब्याट्री बोकेर आउनेछैनन् अब परदेशी फर्केर ...

बूढो माउते र हात्ती

अजङ्गको हात्तीको गर्धनमा टाँसिएर दिनभरि घुमिरहन्छ र घुमाइरहन्छ एउटा लुरे ज्यानको बुढो माउते चहार्छ जङ्गल देखाउँछ जङ्गली जनावरहरु एक सिङ्गे गैंडा र मृगका बथान देखेर चिच्याउँदै गर्दा उसका सवारीहरु बुढो माहुते मोलिरहन्छ खैनी बेपर्वाह हरेक सूर्यास्तमा बाफ उडिरहेको खोलामा पिलाएर हात्तीलाई पेटभरि पानी बुढो माहुते धुवाँ उडिरहेको एउटा झुपडीमा पस्दछ र टकटक्याएर गम्छाबाट दिनभरिका टिप्सहरु पिउन थाल्छ हात्ती जस्तै अन्धाको देशमा हात्ती जस्तै उ छामिरहन्छ जिन्दगी कहिले जिन्दगी खाँबो जस्तो कहिले जिन्दगी डोरी जस्तो कहिले जिन्दगी भित्तो जस्तो पिउँदा पिउँदा हरेक साँझ प्राय उसलाई लाग्छ जिन्दगी रित्तो रित्तो जस्तो

नदी र सडक

पहिले यहाँ नदी थियो एउटा लामो निकै लामो जीवनजस्तै लामो नदी, बगिरहने नदी बजिरहने नदी । अहिले नदी छेउ छेउ नदीको लम्बाइलाई नदीको बगाइलाई नदीको ‌बेगलाई चुनौती दिँदै सडक सुतेको छ । घीनलाग्दो सडक सुन्दर नदी छेउ मुर्दा जस्तै सुतेको छ, सडक न त नदी जस्तै लामो-लामो छ न त नदीजस्तै बग्छ न त नदीजस्तै बज्छ ! नदीमा त केवल मरेका मान्छेहरु मात्र बग्थे सडकले त जिउँदा मान्छेहरु बगायो, बलिया पाखुरा र बलिया घोडाहरु बगायो, परबाट घन्टी बजाउँदै लोमान्थाङबाट घोडा चढेर आउने दारा गुरुङका इष्टमित्र बगायो, कति सम्बन्ध बगायो, नदी छेउका कति देउता, ढुङ्गै सही: त्यो पनि बगायो, नदी त आफू धेरै बग्थ्यो अरुलाई कम बगाउँथ्यो तर यो सडक आफू बग्दै बग्दैन र अरुलाई बगाइरहन्छ । अक्टोबर २०१२, मुस्ताङ

सुनौली जाने बसमा

खै के खै के जिन्दगीबाट विरक्तिएर खै कता खै कता जान हिँडेका दुई युवती टोलाउँदैछन् ड्राइभर पछाडिको सिटमा सडक जस्तै पुरानो सुनौली जाने बसमा गोरखपुरको रेल समात्न हिँडेको एउटा ठिटो पहेँलो वान्ता कट्कटिएको झ्यालबाट आधा जिउ निकालेर बाहिर अन्तर्वार्ता लिँदैछ डेन्ड्राइट सुँघ्दै एक रुप्पे मागीरहेको बालकसँग 'घर काँ?' 'नागढुँगा' 'बाउ छ?' 'छैन' पढ्न अल्छी लागेर बसमा हिँडेको धादिङको खलाँसी केटो दौडिँदैछ भित्र-बाहिर सोच्दै होला त्यो फूटपाथमा हिँड्ने सबै जना चढेदेखि हुन्थ्यो नि सुनौली जाने बसमा ।

रातोमाटे, रिसोर्ट र सपनाहरु

म मजदूर रातोमाटेको यो डाँडामा खन्दैछु कुनै रिसोर्टका जगहरु चुहाउँदैछु पसीना तप्प तप्प   सम्झिन्छु यहि रातो डाँडामा रातै सपना देखेको जेठो छोराले रातो रगत चुहाएको थियो कुनै दिन तप्प तप्प   तल बगरभन्दा अलि माथि मेरो छाप्रोमा बेथा लागेकी स्वास्नीलाई घिस्सार्दै अस्पताल लाँदा रनक्क रन्किएको बगरका राता बालुवामा चुहिएका थिए स्वास्नीका दुई थोपा आँशु र एक मुठी सास तप्प तप्प   रिसोर्ट बन्नेछ कुनै दिन आउनेछन् मालिकहरु सपनाको दस्तावेज बोकेर उन्माद् चुहाउनेछन् रातोमाटेको यो डाँडामा मदिरा र वीर्य तप्प तप्प   म मजदूर रातोमाटेको यो डाँडामा खन्दैछु कुनै रिसोर्टका जगहरु चुहिँदैछन् सपना तप्प तप्प -- 12/05/2011 Kathmandu

ट्वीटर

झण्डै २ वर्ष पुराना तिम्रा ट्वीट्सहरुमा, खुसुक्क खोजिरहेछु ६ वर्ष पुराना लिङ्कहरु...

फेसबुक

तिम्रो स्ट्याटसको कूमारीत्व लुटिइसकेको थियो, त्यसैले न 'कमेन्ट' गरेँ न 'लाइक' ।

तिमी र समय

तिमी आउँछु भन्यौ, कुरिरहँदा बितेन समय निमेषभरको पर्खाइ पनि बर्षौं झैं लाग्यो तिमी आयौ चरी जस्तै भुर्र उडेर गयो समय परेलीको एक झिम्क्याइमा रातहरु बिते, साथहरु बिते, बातहरु बिते तिमी गएदेखि घडी फेरि चल्न छोडेको छ ।

Poem of You

I collected the most beautiful moments of life, I gathered the color of joys. With a brush of happiness, on the canvas of dream, I sketched all the emotions I had, and I got the Picture of you. I sang all the melodies, I played sweet memories, I rhymed with my own story, I went up with cheers and down with tears, Finally I created the rhythm of life, I created the Song of you . I traveled beyond the horizon, up to the heaven, I reached the imagination. I found flowers, rainbow, moon river forest and gentle breeze only as the metaphor of you, I lost among the cascades of words, with great ecstasy. Finally, I became the poem of you . Written on : 6/11/2007 10:35:00 AM

पर पर क्षितीजमा

पर पर क्षितीजमा अस्ताउँदो सूर्यको लालीमा बादलका रङ्गीचङ्गी धर्काहरु आकाशको छाती नाप्थे, बादलका अमूर्त ढिक्काहरुमा रुमानी कथाहरु बुनिन्थे राजा रानी, हात्ती घोडा, राजकुमार र परीका कथाहरु, क्षितिज नै ओझेल परेका छन् आज-भोलि बादलको आकृतिमा कथाहरु छैनन् पर पर क्षितिजमा बादलहरु छैनन् ....... पहाडहरुसँग उचाइ नापिन्थ्यो सपनाको, भर्खर झरी परेर पखालिएका उज्याला, हरिया जङ्गल झैं प्रष्ट थिए सपनाका क्यानभासहरु आजभोलि पहाड पनि छैन, झरी हैन, तुषारो पर्छ पर पर क्षितीजमा सपनाहरु छैनन्, पहाडहरु छैनन् ....

गजल

हिँड्न खोज्दा अल्मल्लेको त्यो बाटो कुन होला? फेरी हाम्लाई भेटाउने दोबाटो कुन होला? न गन्ध छ, न दुर्गन्ध छ, निर्जन यो एकान्तमा हाम्रो आफ्नै सुगन्ध थ्यो, त्यो माटो कुन होला? हिँड्न खोज्दा अल्मल्लेको त्यो बाटो कुन होला? तिमीसाथ थियौ त,चोट पनि हल्का लाग्थ्यो एउटा मीठो चोटको, त्यो खाटो कुन होला? हिँड्न खोज्दा अल्मल्लेको त्यो बाटो कुन होला? सुन्दर थियो कतै नलेखिएको एउटा कथा कहानीको अन्तिम, त्यो पाटो कुन होला? हिँड्न खोज्दा अल्मल्लेको त्यो बाटो कुन होला? टुट्ने छैन, छुट्ने छैन भन्ने गर्थ्यौं सँधै भरी नसोचेको, नचाहेको, त्यो फाटो कुन होला? हिँड्न खोज्दा अल्मल्लेको त्यो बाटो कुन होला

poem is my best friend

years ago, I met a stranger I accompanied her, we had different eyes But, the same set of dreams the way we smiled was different But how we cried was same On an anonymous day I found myself alone with cold heart I was not with her, I touched myself I was dreamless I wandered, she forgot me or I forgot her Finally I knew we forgot the dreams Three years later, The stranger is back in town on a delighted dusk. Destiny docked with the same sets of dreams that we had forgotten years ago I wish this night not to be over……….. 8/22/2005, 7:34 AM

APRIL 23rd

you are the gentle breeze, that comes with the flavor of dry soil far from the desert on a fevered day of April 23rd, kisses me and blows away, coz u have to be blown through a violin this eve at the Sandisco Party to make an enchanted melody, tomorrow morning u will have to depart towards the garden village to say 'hi' to a red rose which is waiting to be shared with two lovers, I fear the day after tomorrow you will have to go back to heaven to call the summer. I don't know whether you will come back to me or not, whether you will kiss me or not……..but I am still waiting for the smell of dry soil on the April 23rd and will be waiting forever...........................

The butterfly dream

Long long time ago he was following a thread of way made by the colorful butterflies, and he was paused at a beautiful theater of flowers. Then he followed the height of dad's shoulder, warmth of mom's lap, he followed to get teacher's good, but paused at the end of childhood, one day he measured the distance to the moon, when about to fly, it was mid-noon, so again it was paused to itself, in the middle of the eternal space. Dad's darling and mom's little boy with best friends happiness and joy, would stop the cosmic, if he can, nowadays, he is a gentleman. walking down the same lane of Monomandu he frequently finds the dreams scattered, over the dusty and narrow streets of life, the butterfly dream, the dream of dad the dream of mom and the manic dream upon her angel's eyes. all are paused, and throwing "good bye"s. Now he wants not to be in top his dreams are just seeking a full stop! - Tuesday, August 01, 2006 (the moment, when i missed her)