Skip to main content

Posts

Showing posts with the label SLC

एसएलसीको भूत र मिडिया

एसएलसीलाई वर्षौंदेखि नेपालको शैक्षिक क्षेत्रमा सबैभन्दा महत्वपूर्ण तहको रुपमा अपव्याख्या गरिँदै आइएको छ । मिडियाले दिएको आइरन गेटको नाम पनि चर्चित भएको छ । नेपालको शैक्षिक व्यवस्था अनुसार एसएलसी परीक्षा १० वर्षे विद्यालय तहको अन्तिम परीक्षा हो जुन पास गरेपछि क्याम्पस पढ्न पाइन्छ । एसएलसी पास गर्दा विद्यार्थी को सरदर उमेर १५ देखि १९ वर्षसम्मको हुन्छ । तर दुर्भाग्यपूर्ण पक्ष के छ भने एसएलसी पास गरेको विद्यार्थीले स्वरोजगारको लागि कुनै व्यवहारिक शीप जानेको हुँदैन ।विद्यालयमा घुँडा धसेर सिकेको ज्ञानले उसलाई खेती गर्न आउँदैन गाडी चलाउन आउँदैन कम्प्युटर बनाउन आउँदैन फर्निचरको काम गर्न आउँदैन कस्टमर सर्भिसको काम गर्न आउँदैन । एसएलसी त केवल दशकौं अघिका शासकहरुले शिक्षित र अशिक्षितबीचको स्पष्ट विभाजन कायम गर्न सुरु गरेको एउटा डरलाग्दो प्रथा हो । एसएलसीको जुन ढंगले मिडियाले प्रचार प्रसार र बढाइचढाईं गर्दै आएको छ त्यसले यस प्रथालाई थप मलजल गरेको छ । विद्याथीमाझ एसएलसी नामको डरलाग्दो भूतको सिर्जना पनि मिडियाले गरेको हो । जसको कारण उतीर्ण हुनेको आँकडा कहिल्यै पनि सन्तोषजनक हुन सकेको छैन । विद्यालय...