Skip to main content

Posts

Showing posts from March, 2013

बेलायत डायरी

मौसम हुन त मार्च महिना बेलायतमा पारिलो घाम लाग्ने बेला हो । हिउँले खाएका रूखहरूमा हरिया टुँसा पलाउने बेला हो । बाटो छेउका हरिया घाँसहरूमा प्याजी र गुलाबी रंगका मसिना फूल फक्रने बेला हो । तर यसपटक मौसमले पनि नयाँ रेकर्ड कायम गर्‍यो । मार्च महिना २७ वर्षयताकै सबैभन्दा चिसो मार्च बन्यो । हिउँ, पानी र बाढीले हजारौंलाई पीडा दियो । सुन्दर तटीय क्षेत्रमा बाढीले उल्का मच्चायो । ग्यास र बिजुलीको आपूर्ति नहुँदा रोगी, बूढाबूढीहरू मरे । मन्त्रीले ऊर्जा कम्पनीहरूलाई देाष दिए । चिसो मौसमकै कारण गाउँतिरका किसानहरूको भर्खरै ब्याएका भेडाका पाठापाठी मरेको र केही प्रजातिका पुतलीसमेत लोप भएको भन्ने किसिमका समाचार पनि देख्न सुन्न पाइयो । मौसम कार्यालयको 'खराब मौसम'को चेतावनीसँगै अघिपछि घमाइलो हुने मार्च महिनामा एका बिहानै सरकारी ट्रकहरू सडक र फुटपाथमा हिउँ पगाल्ने नुनिलो बालुवा छर्न व्यस्त देखिए । हामीलाई बेलाबखतमा बन्दले पिरोलेजस्तो बेलायतलाई हिउँले पिरोल्छ । राजमार्गमा गुड्दा गुड्दैका ट्रकहरू हिउँले पुरिन्छन् । मानिसहरू घन्टौंसम्म कारमै थुनिन्छन् । यसपालि बेलायती हिउँदले आफ्नो विस्तारित स्वरू