Skip to main content

Posts

Showing posts from September, 2011

प्रधानमन्त्रीको इमेल

प्रधानमन्त्री नहुँदै पनि फेसबुकबाट जनतासँग अन्तर्क्रिया गर्न रुचाउने बाबुराम भट्टराईले अहिले इमेलमार्फत जनआवाज थाहा पाउने पहल गरेको जानकारी उनका सहयोगीलाई उद्धृत गरेर मिडियामा आएको छ। पत्रपत्रिकाका अनुसार प्रधानमन्त्रीले जनताका इमेल पढ्न पनि थालिसकेका छन्। देशका प्रधानमन्त्रीले जनताका पीरमर्का इमेलमार्फत सोझै जान्न चाहनु सराहनीय हो। अझ, नेपालको सन्दर्भमा त माओवादीकै शब्दमा शासक र जनताबीचको दूरीमा ठूलै क्रमभंग हो। तर सरकार प्रमुखजस्तो प्रभावशाली व्यक्तिले हचुवाका भरमा इन्टरनेटमा उपलब्ध कुनै निःशुल्क इमेल खोलेर मैले जनताको कुरा सुन्न थालेँ है भन्नु चाहिँ अपरिपक्व काम हो। प्रधानमन्त्री भट्टराईले इमेलमार्फत् जनतामाझ जानुपूर्व यसको प्रभावकारिता र प्राविधिक पक्षबारे थोरै अध्ययन गरेको भए बेस हुने थियो। इन्टरनेटको माध्यमबाट पठाइने सन्देशलाई इमेल भनिन्छ। सामान्यतः इमेलमा लेखिने सन्देशको लमाइ र प्रकारको कुनै सीमा हुँदैन। इमेल पठाउनेले अक्षरमात्र होइन, तस्बिर, आवाज र भिडियो पनि पठाउन सक्छन्। तर के देशको प्रधानमन्त्रीले जनताका कुरा सुन्न प्रविधिलाई नै साथ लिँदा पनि इमेल नै सबैभन्दा प्रभावकारी

गजल वाचन

एक दिन अफिसमै बस्दा एउटा 'गजल' फुर्याथ्यो । मलाई गजलको प्राविधिक पक्षबारे केही पनि थाहा छैन भन्दा नि हुन्छ । अरुले लेखेको गजलको शैलीलाई पछ्याएर गजल लेखेँ भन्ठान्छु । हुन त यो गजल उज्यालो एफ एमका अच्युत घिमिरेले आफ्नो चर्चित कार्यक्रम बुलबुलमा पनि वाचन गरिदिनु भएको थियो । अफिसमा आडैको कुर्सीमा बस्ने भानु बोखिमलाई पनि यो गजल मन परेछ । उनले आफ्नो आवाजमा वाचन गरेर रेकर्ड गर्ने जाँगर देखाए । पृष्ठभूमिमा हिन्दी गानाको सँगित भरेर मिक्सिङ गर्ने महान् कार्य पनि भानु जीबाटै सम्पन्न भयो । भानु जी कै आग्रहमा यसमा इन्टरनेटबाट डाउनलोड गरिएका केही तस्बिर हालेर भिडियोको रुप दिइयो र युट्युबमा हालियो । युट्युबमा मैले निकै लामो समयपछि अपलोड गरेको भिडियो हो यो ।

बाथरुम गायक

स्वर भए नि नभए नि रहरै लागेर मच्चि मच्चि गाउनेलाई बाथरुम सिङ्गर भन्छन् भने म पनि त्यो वर्गमा पर्छु । कहिले काहिँ मोबाइलमा, कहिले कम्प्युटरमा गीत यसो रेकर्ड गरेर इको सिको इफेक्ट हालेर आफैंले सुन्दा रमाइलो लाग्छ । अस्ति स्टुडियोमा छिरेको बेला माइक देख्ने बित्तिकै एउटा गीत ठोक्न मन लागि हाल्यो । सहकर्मी भानुले पनि रेकर्ड गरिदिएछन् । यो ब्याकग्राउन्डमा बजेको गिटार चाहिँ सहकर्मी शिरिषको देन हो । मलाई गीत गाइरहेको देखेर उनी पनि तात्तिए । शिरिषलाई व्यवसायिक संगितकर्मी नभए नि उनले आफ्नै स्वरमा एउटा एल्बम निकालिसकेका छन् । उनको एल्बमल् बजार पिटेको थियो केही महिना अघि । शिरिष जस्तो सृजनशील मान्छेले साथ दिएपछि म पनि हौसिएँ र एउटा गित गाएँ । त्यही गीत हो यो । सुन्नुहोला । मेरी श्रीमति चाहिँ यो गित सुनेर धेरै हाँसिन् :-)

सपना टुटेर के भो

सपना टुटेर के भो म फेरि पनि निदाइदिन्छु म दोबाटोमा छुटेर के भो म अर्कै गोरेटो भेटाइदिन्छु मलाई छैन चाहत त्यो झूटो राहतको यो मन फाटेर के भो मनै त हो फेरि सिलाइदिन्छु सपना टुटेर के भो न, भाग तिमी न, खोज मलाई दर्पण फुटेर के भो? म शुन्य हुँ शुन्यमै बिलाइदिन्छु म फेरि पनि निदाइदिन्छु ।। I declare this song as 'open source'. Anybody can re-use it, edit it, sing it or make fun of it for any commerical/non-commercial purpose.