Skip to main content

Posts

Showing posts from December, 2011

एउटा युद्धको अन्त्य

घाँटीमा पावरदार चश्मा । हिँड्दा डुल्दा उस्तै पावरदार क्यामेरा पनि झुन्ड्याउने, वन जंगल शयर गर्न रुचाउने, चरा चुरुङ्गीका तस्बिर खिचेर फेसबुकका एल्बममा राख्न रुचाउने नेेपालस्थित अमेरिकी राजदूत स्कट एच डेलिसी । उनलेफेसबुक स्टाटसमार्फत् नेपालका नेताहरूलाई हिंसात्मक विरोध नगर्न र बन्द नगर्न गरेका आग्रह । महामहिमका तिनै भाइरल स्टाटसबाट दिव्यज्ञान पाएर राष्ट्रिय अखबारहरू रंगीन भएर चिया पसल र फेसबुकमा यो साता फैलिए । त्यही बेला काठमाण्डुबाट सीधा नाप्ने हो भने २ हजार ५ सय माइल पश्चिम इराक भन्ने देशमा झन्डै ९ वर्ष युद्ध गरेको त्यही अमेरिकी सेनाको अन्तिम टुकडी मध्यरातमा सीमा नाघेर कुवेततिर छिर्दै थियो । यो आइतबार एक्काईसौं शताब्दीको पहिलो र ठूलो युद्धको 'अन्त्य' हुँदै थियो । अंग्रेजीमा 'प्याराडक्स' भन्ने एउटा शब्द छ । नेपालीमा ठ्याक्कै उल्था गर्दा विरोधाभासपूर्ण भन्न मिल्छ । उदाहरण दिने हो भने अमेरिकी राजदूतको चेतावनीयुक्त स्टाटसलाई लिन सकिन्छ । जसको सरकारले मध्यपूर्वको एउटा सार्वभौम मुलुकमा ९ वर्षसम्म बमबारी गरेर न हार न जित न त उद्देश्यै बिनाको युद्ध लड्यो त्यो देशका एक कूटन

सम्झना दिदी र नेपाल बन्द

थानकोटमाथिको तामाङ बस्तीबाट एकाविहानै सम्झना दिदी मुल सडकतिर फटाफट झरिरहँदा आमाको सुकेको छाती अघाउन्जेल चुस्न नपाएको काखे छोरोको अतृप्त रुवाइ बाक्लो हुस्सुबीच पातलिँदै जान्छ, पर सडकमा अलिअलि घाम पोखिन्छ देखिन्छन् नौला मान्छेहरु टायर बलेर निस्केको धुँवाको मुस्लो, रङ्गीन झन्डाहरु र प्रायोजित नाराको समिश्रणमा मनमनै  अर्थ खोज्दै सम्झना दिदी छोरोको सम्झना बोकेर एकनाश चालिरहन्छिन् पाइलाहरु । २ घन्टा १७ मिनेट लगातार हिँडेपछि नारायणचौरको साहुको अफिसको चिसो सिँढीमा थचक्क बस्छिन् सम्झना दिदी कापकापबाट निस्केका ताता पसीना सेलाउँछन् बिस्तारै चिस्याउँछन् भित्रैदेखि सम्झना दिदीलाई शीतको थोपा सरी घरैघरैको जंगलपारि उठेका धुवाँका काला मुस्ला हेर्दै बेलाबेलामा सुनिने गस्तिका साइरनसँग झस्किँदै सम्झना दिदी दिनभरि उमालिरहन्छिन् फिक्का चिया र छोरोको सम्झना । सम्झना दिदी फटाफट पाइला चाल्छिन् नेपाल बन्दको साँझ उनलाई थानकोटमाथि पुग्नुछ हिँडेर चुक पोखिएका अँध्यारा सडकमा जँड्याहा, फटाहा, लुटेरा, भुस्याहा कुकुर र प्रहरीबाट जोगाउनुछ सम्झना दिदीले आफूलाई २ घन्टा १७ मिन

एउटा पुरानो कविता

एउटा पुरानो कविता लेखिएको थियो बादलको धर्कामा देखिएको थियो जुनमा पोखिएको थियो घाम डुब्नै लाग्दा क्षितीजभरि कोरेको थिएँ तिम्रो तस्बिर शब्द शब्दमा हाँस्दा हाँस्दै तप्प झरेका दुइ थोपा आँशुको मसीले, नापेको थिएँ सपनाको दूरी मायाको कसीले गुनगुनाउँदै 'कोरा कागज था ये मन मेरा' लेखेको थिएँ तिम्रै नाम आकाशजस्तै फराकिलो मुटुमा देखेको थिएँ तिम्रो तस्बिर मुटु जस्तै फराकिलो आकाशमा तिम्रा ओठ, आँखा, परेली र कान नजिकैबाट तर्ल्याङ तुर्लुङ झरेका कपाललाई पालैपालो चुमेका हावाले कान नजिकै आएर खुसुक्क केही भन्दा ज्वलन्त फुरेको थियो त्यो पुरानो कविता मनको कुनै कुनामा याद छ अलिअलि अझै छ धमिलो तस्बिर बादलका धर्का जस्तै शब्दहरुको सम्झनाको एउटा कुनामा सम्झना भएर बसेको छ एउटा पुरानो कविता ।।