मेरो गाउँ टाढा छ
मन बोक्छु डोकाभरि
सपना गाढा छ ।
बादलपारी शहर छ
उडी जाने रहर छ
म हिँड्ने बाटोमा
पहिरोको डर छ
मन बिसाउने त्यही एउटा
बिरानो बगर छ ।
कहिले काहिँ आकासको
चरी जस्तै उडूँ लाग्छ
खोलाको त्यो पानी बनी
सललल बगूँ लाग्छ
खाली खुट्टा भारी बोक्दा
बिझाउँछ मेरो मन
जीन्दगिको गोरेटोमा
जंगली त्यो काँडा छ
मेरो गाउँ टाढा छ
बाटो छेक्ने डाँडा छ
मन बोक्छु डोकाभरि
सपना गाढा छ ।
मन बोक्छु डोकाभरि
सपना गाढा छ ।
बादलपारी शहर छ
उडी जाने रहर छ
म हिँड्ने बाटोमा
पहिरोको डर छ
मन बिसाउने त्यही एउटा
बिरानो बगर छ ।
कहिले काहिँ आकासको
चरी जस्तै उडूँ लाग्छ
खोलाको त्यो पानी बनी
सललल बगूँ लाग्छ
खाली खुट्टा भारी बोक्दा
बिझाउँछ मेरो मन
जीन्दगिको गोरेटोमा
जंगली त्यो काँडा छ
मेरो गाउँ टाढा छ
बाटो छेक्ने डाँडा छ
मन बोक्छु डोकाभरि
सपना गाढा छ ।
साँच्चै राम्रो । सललल बगेको छ खोलाको त्यो पानी जस्तै । सरल हुँदाहुँदै कविताको डोको भारी छ । मनपर् यो ।
ReplyDeleteman paryo .
ReplyDeleteबहोत ही खुबसुरत गाउ है!मुकतक भी समजमे आया! महेरबानी करके मेरे ब्लोगमे आये..
ReplyDeleteसपना