स्वर भए नि नभए नि रहरै लागेर मच्चि मच्चि गाउनेलाई बाथरुम सिङ्गर भन्छन् भने म पनि त्यो वर्गमा पर्छु । कहिले काहिँ मोबाइलमा, कहिले कम्प्युटरमा गीत यसो रेकर्ड गरेर इको सिको इफेक्ट हालेर आफैंले सुन्दा रमाइलो लाग्छ । अस्ति स्टुडियोमा छिरेको बेला माइक देख्ने बित्तिकै एउटा गीत ठोक्न मन लागि हाल्यो । सहकर्मी भानुले पनि रेकर्ड गरिदिएछन् । यो ब्याकग्राउन्डमा बजेको गिटार चाहिँ सहकर्मी शिरिषको देन हो । मलाई गीत गाइरहेको देखेर उनी पनि तात्तिए । शिरिषलाई व्यवसायिक संगितकर्मी नभए नि उनले आफ्नै स्वरमा एउटा एल्बम निकालिसकेका छन् । उनको एल्बमल् बजार पिटेको थियो केही महिना अघि । शिरिष जस्तो सृजनशील मान्छेले साथ दिएपछि म पनि हौसिएँ र एउटा गित गाएँ । त्यही गीत हो यो । सुन्नुहोला । मेरी श्रीमति चाहिँ यो गित सुनेर धेरै हाँसिन् :-)
घर कब आओगे? लामो समय पछि उसको कपाल काट्ने पसलमा पुगेर मेरा कपाल र दारीमा उसले गर्नु पर्ने योगदानबारे छोटो निर्देशन दिएपछि म विशाल ऐनाअगाडि राखिएका एक कुर्सीमा बसेँ । आकाशे रंगको कपडा झट्काएर मेरो घाँटीमा बेरिदिँदै गर्दा उसले सोध्यो, ‘दाइ फेरि कान्तिपुरमै आउनु भयो?’ कपडा बेरिएको घाँटीभित्रको नलिलाई खुकुलो बनाउँदै मैले हैन भनेँ । नजिकै शान्तिनगरमा डेरा सरेको बुझाएँ । उ केही बोलेन । एकछिन पछि हातमा कैँची चलाउँदै सोध्यो ‘कस्तो काट्ने? कति काट्ने’ यो मामिलामा म निकै सजिलो मान्छे । ‘जत्रो मन लाग्छ तेत्रो, जस्तो मन लाग्छ तेस्तो । म केही भन्दिनँ’ मेरो जवाफ सुनेर झन् कन्फ्युज भए जसरी टाउको घुमाइ घुमाइ मेरो झाङ्गिएको कपाललाई कोण कोणबाट निरिक्षण गर्न थाल्यो उ । र एकछिन पछि कैंची चलेको एकोहोरो सँगीत मेरो कानमा गुन्जिन थाल्यो । मेरा आँखा उसको पसलका भित्ताभरि टाँसिएका पोस्टरमा पोखिन थाले । *** सानो छँदा पिताजीले कपाल काटिदिनु हुन्थ्यो । अलि ठूलो भएपछि पिताजीले काटिदिएको कपाल टाटेपाटे लाग्न थाल्यो । त्यसपछि हाम्रो टोलतिर साइकलमा चढेर ‘क…..पा…..ल का….ट्ने’ भन्दै कराउँदै हिँड्ने एक जना हजामबाट मैल...
Comments
Post a Comment