Skip to main content

'युनाइटेड ब्रेक्स गिटार'

क्यानेडियन गायक डेभ क्यारोल सन् २००८ को मार्च महिनामा आफ्नो सांगितिक समूह सन्स अफ म्याक्वेलसँग साँगितिक कार्यक्रम लिएर अमेरिकाको नेब्रास्का जाँदै थिए । उनी चढेको युनाइटेड एयरलाइन्सको विमानमा उनको मूल्यवान टेलर गिटार पनि थियो । तर विमानका कर्मचारीहरुले सामान उतार्ने बेलामा उनको ३५०० डलर पर्ने गिटारलाई हेलचेक्य्राइँपूर्वक फ्याँकेको देखियो ।

पछि हेर्दा उनको त्यो गिटार कामै नलाग्ने गरी भाँच्चिएको रहेछ । एयरलाइन्सले आफ्नै कारणले गिटार भाँच्चिएको स्वीकार गरे पनि दोष भने एक कर्मचारीले अर्का कर्मचारीलाई लगाइरहे ।

गायक क्यारोललले क्षतिपुर्ती माग गरे पनि उनलाई ९ महिना यसै झुलाइयो । र अन्त्यमा एयरलाइन्सका कर्मचारीले क्षतिपुर्ती दिन नसकिने बताए । त्यसपछि पीडित बनेका गायक क्यारोलले युनाइटेड एयरलाइन्समा भेटेका अन्तिम कर्मचारीलाई एउटा वाचा गरे, 'युनाइटेड एयरलाइन्ससँगको मेरो अनुभवका बारेमा म तीनवटा गीत लेख्नेछु, गाउनेछु हरेकको भिडियो बनाउने छु र संसारभरिका मानिसले हेर्न सकिने गरी देखाउने छु'

नभन्दै गायक क्यारोलले गीत गाए र भिडियो पनि बनाए । युट्युबमा १९ दिन अघि राखिएको उनको म्युजिक भिडियो 'युनाइटेड ब्रेक्स गिटार' आइतबारसम्म ४० लाख ९५ हजार पटक हेरिएको छ । यो गित बेलायतमा आइट्युन्सको आधिकारिक वेबसाइटबाट सबैभन्दा धेरै डाउनलोड समेत भएको छ । पश्चिमका सञ्चार माध्यम, गुगल, ट्वीटर र अन्य सोसल नेटवर्किङमा सबैभन्दा धेरै चर्चा युनाइटेड ब्रेक्स गिटारकै छ ।


क्यारोलले बनाएको म्युजिक भिडियोको लोकप्रियता यति धेरै बढ्यो कि त्यसलाई युनाइटेड एयरलाइन्सले चुप लागेर हेर्नै सकेन । र अन्तत: लज्जित भएको युनाइटेड एयरलाइन्सले क्षतिपुर्ती दिने भएको छ ।

लोक रक गायक डेभिड क्यारोलले विमान कम्पनीसँग क्षतिपुर्ती दाबी गर्न मुद्दा मामिला गर्न पनि सक्थे होलान्, तर उनले रचनात्मक विरोध शैली अपनाए जसले युनाइटेडलाई क्षतिपुर्ती दिन बाध्य पार्यो । उनले बनाएको म्युजिक भिडियो केवल इन्टरनेटमा मात्र राखिएको थियो । सिडी र टिभीका लागि नबनाइए पनि उनको भिडियो निकै धेरै मानिसले हेरेछन् । यसले विश्वब्यापी रुपमा बढ्दै गएको एउटा भर्चुअल समाजको शक्तिलाई पनि प्रतिबिम्बित गर्छ । बेलायती पत्रिका इन्डिपेन्डेन्टले यसलाई इन्टरनेटको 'विशाल प्रभाव' भनेको छ ।

Comments

Popular posts from this blog

गुगल गर्ने कि !

प्रश्नै प्रश्नको यो दुनियाँमा उत्तर चाहिँ गुगलसँग छ तर विशाल सूचनाको भण्डार गुगलको भरपुर फाइदा लिन केही तरिका भने जान्नै पर्छ । वेब सर्चको लागि गुगल प्रयोग गर्ने संसारका कूल इन्टरनेट प्रयोगकर्ताको ८० प्रतिशतमा तपाईं पनि पर्नु हुन्छ होला । त्यसो भए तपाईंले गुगलमा धेरै जसो के खोज्नु हुन्छ ? सूचनाको विशाल डाटावेश बोकेको गुगलको सर्भरबाट तपाईंले अत्याधिक फाइदा लिनु भएको छ त? हामीमध्ये कतिलाई त गुगलबाट के के समेत खोज्न सकिन्छ, अनि सही सर्च रिजल्टका लागि कसरी सर्च गर्ने भन्ने टीप्स एण्ड ट्रीक्स थाहा नहुन पनि सक्छ । आउनुहोस् आज हामी गुगलमा केही रमाइला अनि केही ज्ञानबर्द्धक सर्च गरौं।

ट्याक्सी नम्बर ५९५९

गंगा तटमा रचिएका टैगोरका आत्मकथा, सत्यजित रे र रितुपर्नो घोषका फिल्म, भुपेन हजारिकाका गीत र अरु यस्तै इधर-उधरले कलकत्ता जाने हुटहुटी लामो समयदेखि मनमा थियो । यसपालिको दशैं विदामा त्यो तिर्खाले शान्ति पायो । सँगै काम गर्ने हामी चार सहकर्मी एक-एउटा झोला भिरेर सुनौली हुँदै गोरखपुरको रेल पकड्न रमाना भयौं । उसो त कलकत्ता नेपालबाट सबैभन्दा नजिकैको बन्दरगाह पनि हो । पूर्वी नाका काकडभिट्टाबाट जाँदा धेरै छोटो पर्ने थाहा भइकन पनि हामी पश्चिमतिर लागेका थियौं । किनकि गोरखपुरबाट रेल धेरैबेरसम्म चढ्न पाइन्छ । भारत यात्रामा सँधै रेलले आकर्षण गर्छ । रेलमा दिनभरि, रातभरि दौडिरहनु मात्रै पनि यात्राको आधासरो आनन्द हो । गोरखपुरबाट बिस्तारै हिँडेको पूर्वान्चल एक्सप्रेस कहिले तुफान हुन्थ्यो कहिले कुनै अनजान पटरीमा अर्कोतिरबाट आएको रेलगाडीलाई साइड दिन घन्टौं कुरेर बस्थ्यो । रेलका हरेक डिब्बामा कम्तिमा चार वटा शौचालय हुन्छन् । तर यसरी अन्जान ठाउँमा रेल रोकिएको मौका पारेर यात्रुगणहरु ढोकाबाट फुत्त फुत्त जमीनमा हाम्फाल्थे र क्षितिजमा उडेका बकुल्लाका बथान हेर्दै मूत्र बिसाउँथे । स्टेशन न स्टेशन, कोही कोही प

Question

I love questions without answers And answers without question Tell me Would you answer Or question? Sometimes no question is question And silence Is the best answer How many questions exist between One silence to another silence How many answers Lie between One question to another I love moments without memories And memories without moments Would you be My memory or moment? If you asked me same question I would rather be silent.