Skip to main content

बिन्दास सभासद्



देश राजनीतिक संकटमा होमिएका बेला यी युवा सभासद् प्रेमको कुरामै व्यस्त थिए....

फेसबुक सामाजिक सञ्जालको एउटा सशक्त माध्यम बन्न पुगेको छ। अमेरिकी राष्ट्रपति बाराक ओबामादेखि पूर्व अर्थमन्त्री बाबुराम भट्टराईले पनि युवा पुस्ताको मन बुझ्न फेसबुक कै सहारा लिएका थिए ।

फेसबुकमा केही नाम चलेका र प्रभावशाली मानिसहरु पनि छन्। उनीहरुले फेसबुकलाई हजारौं समर्थक र सरोकारवालाहरुसँगसम्बन्ध कायम गर्न एउटा बलियो माध्यमका रुपमा प्रयोग गर्न सक्छन्। नेकपा मालेका मनोनित सभासद् राजेन्द्र खेतान,जो एक सफल उद्यमी पनि हुन्। उनी पनि फेसबुकमा छन्। उनलाई फेसबुकमा आफ्नो साथीको सूचिमा राख्‍न बेला मेरा धेरै अपेक्षा थिए। एक जना युवा उद्यमी र सभासद्। उनका विचारहरु। युवा पुस्तालाई उनका सुझावहरु। उनका अनुभवहरु,यस्तै उत्पादनशील र सिर्जनशील कुराहरुको अपेक्षा मैले नेपालका एक जना सभासद् र उद्यमीको फेसबुकबाट गरेको थिएँ।

तर उनी विन्दास रहेछन्। प्रधानमन्त्री पुष्पकमल दाहालले राजिनामा दिएपछि देश गम्भीर राजनीतिक संकटमा होमियो। फेसबुकमा देशविदेशका युवा साथीहरु अब के होला भन्ने चिन्तामा थिए। सबैका आफ्नै अड्कल, आकांक्षा र अनुरोध थिए। नेपालको एक्स जेनेरेशनमा यति धेरै राजनीतिक सचेतना देखेर म दङ्ग थिएँ।

एकाएक मेरो आँखा राजेन्द्र खेतानको फेसबुक अपडेटमा पुग्यो। (फेसबुकमा मनमा लागेका कुरा, अथवा आफू के गर्दैछु भनेरजतिखेर मन लाग्यो त्यतिबेला अपडेट लेख्न सकिन्छ) राजेन्द्र खेतानको अपडेटमा अंग्रेजीमा लेखिएको थियो- लभ इज ब्लाइन्ड (प्रेम अन्धो हुन्छ)। हुनत उनको फेसबुक अपडेट नितान्त व्यक्तिगत हो। उनलाई आफ्नो कुरा आफ्नो ढंगले राख्‍न पाउँछन्। तर त्यो हेरेर म जस्ता उनीप्रति अपेक्षा गर्नेले उनीप्रति धारणा बनाउन पनि पाउँछन्। मलाई उदेक लाग्यो, चरम राजनीतिक संकटका कारण देशमा संविधान लेखन नै अन्यौलमा परेका बेला संविधान लेख्‍न मनोनित भएका यी विवाहितसभासद्को दिमागमा 'अन्धो प्रेम रहेछ'। उनले त्यो स्टाटस कुनै 'वायरलेस डिभाइस' बाट अपडेट गरेका रहेछन्।


यी युवा सभासद् तथा दर्जनौं ब्यापारिक संस्थाका अगुवाबाट मैले एउटा परिपक्व धारणाको अपेक्षा गरेको थिएँ। हजारौं मानिससँग कोठाभित्र बसी बसी फेसबुकमार्फत नै संविधानको राय लिन सक्थे यिनले, मिलेर जानु पर्छ भन्ने कुनै राजनीतिक सन्देश दिन सक्थे यिनले, संकटमा परेका व्यवसायका कुरा गर्न सक्थे यिनले।

तर उनले त लेखे- 'प्रेम अन्धो हुन्छ'।


मैले खेतानको प्रोफाइलमा उनका पुराना स्टाटसहरु पनि हेरेँ, प्रधानसेनापति विवादका कारण 'अब के होला' भन्ने अन्यौल उत्कर्षमा पुगेका बेला अर्थात सोमबार विहान उनको स्टाटसमा लेखिएको थियो 'तिम्रो आहत र मुस्कान अनि मोहक.... हराएछु' त्योभन्दा पहिले शनिबार एकाविहानै खेतानले फेसबुक स्टाटस अपडेट गरेका रहेछन्। जहाँ उनले लेखेका थिए 'किन आयौ सुटुक्क, मेरो मुटु कुटुक्क'।
मालेको समानुपातिक सिटबाट सभासद बनेका खेतानले जनताको मुटु कुटुक्क हुने गरी देश दुखेको बेला राखेको स्टाटस देख्दा मलाई चाहिँ दीपक लिम्बुले गाएको गीत गुनगुनाउन मन लागिरहेको छ, यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छौ।


नागरिकमा प्रकाशित

Comments

Popular posts from this blog

Question

I love questions without answers And answers without question Tell me Would you answer Or question? Sometimes no question is question And silence Is the best answer How many questions exist between One silence to another silence How many answers Lie between One question to another I love moments without memories And memories without moments Would you be My memory or moment? If you asked me same question I would rather be silent.

ट्याक्सी नम्बर ५९५९

गंगा तटमा रचिएका टैगोरका आत्मकथा, सत्यजित रे र रितुपर्नो घोषका फिल्म, भुपेन हजारिकाका गीत र अरु यस्तै इधर-उधरले कलकत्ता जाने हुटहुटी लामो समयदेखि मनमा थियो । यसपालिको दशैं विदामा त्यो तिर्खाले शान्ति पायो । सँगै काम गर्ने हामी चार सहकर्मी एक-एउटा झोला भिरेर सुनौली हुँदै गोरखपुरको रेल पकड्न रमाना भयौं । उसो त कलकत्ता नेपालबाट सबैभन्दा नजिकैको बन्दरगाह पनि हो । पूर्वी नाका काकडभिट्टाबाट जाँदा धेरै छोटो पर्ने थाहा भइकन पनि हामी पश्चिमतिर लागेका थियौं । किनकि गोरखपुरबाट रेल धेरैबेरसम्म चढ्न पाइन्छ । भारत यात्रामा सँधै रेलले आकर्षण गर्छ । रेलमा दिनभरि, रातभरि दौडिरहनु मात्रै पनि यात्राको आधासरो आनन्द हो । गोरखपुरबाट बिस्तारै हिँडेको पूर्वान्चल एक्सप्रेस कहिले तुफान हुन्थ्यो कहिले कुनै अनजान पटरीमा अर्कोतिरबाट आएको रेलगाडीलाई साइड दिन घन्टौं कुरेर बस्थ्यो । रेलका हरेक डिब्बामा कम्तिमा चार वटा शौचालय हुन्छन् । तर यसरी अन्जान ठाउँमा रेल रोकिएको मौका पारेर यात्रुगणहरु ढोकाबाट फुत्त फुत्त जमीनमा हाम्फाल्थे र क्षितिजमा उडेका बकुल्लाका बथान हेर्दै मूत्र बिसाउँथे । स्टेशन न स्टेशन, कोही कोही प

कति पटक १२ बज्यो होला जिन्दगीमा?

१२ बजे गएको थियो भुइँचालो च्यापेर लालाबाला हुित्तँदै आँगनमा झरेकी उनी रातभरि टोलाएकी थिइन् तीन आँख्ले तारा हेर्दै परदेशीको सम्झनामा १२ बजेतिर खोलामा भैंसी आहाल बस्थ्यो र उनी डोकाभरि घाँस काटिरहन्थिन् खोलाको डिलमा बसेर धोर्जे सुसेली रहन्थ्यो छिमेकको एउटा बुढो लाहुरे बल्छी बोकेर आउँथ्यो खोलामा १२ बजे कहिले घाम लाग्थ्यो कहिले पानी पर्थ्यो कहिले त बाढी नै आएको थियो चट्याङ परेको थियो हुरि चलेको थियो धुलो उडेको थियो रेडियोमा गित बजेको थियो स्कुलबाट केटाकेटी छिटै घर फर्केका थिए छिमेकीको घरमा सत्यनारायण पुजाको पर्साद खाने बेला भएको िथयो पेट दुखेको थियो जुलुस देखिएको थियो रत्यौली नाचेका थिए गाउँभरिका आइमाइहरु १२ त कति बज्यो कति जिन्दगीमा कहिले दिउसोको १२ बज्यो कहिले रातीको १२ बज्यो कहिले ताराहरुले १२ बजाए कहिले फ्याक्ट्रीको साइरनले १२ बजायो कहिले घरमाथि पर आकाशमा उड्ने हवाइजहाजले १२ बजायो कहिले भोका बाख्राले १२ बजाए परदेशीले बर्सौंअघि ल्याइदिएको भित्ते घडीमा ब्याट्री सक्किएको छ र १२ नै बजेको छ तर अफशोच घडीको ब्याट्री बोकेर आउनेछैनन् अब परदेशी फर्केर