पूर्व राजपरिवारका अधिकांश गतिविधि विगतमा सर्वसाधारणको पहुँच भन्दा बाहिरको थियो। दरबारमा काम गर्नेले कसैलाई केही कुरा सुनाएमा त्यसमा केही थप जोडिएर तथा घटेर मात्र बाहिर आउँथ्यो। त्यो पनि दरबार निकट मानिसका सम्ममा मात्र।
प्रविधिको विकाससँगै नयाँ नयाँ तथ्य विभिन्न तबरले सार्वजनिक हुने क्रममा नेपालको राजपरिवारका विषयमा थप जानकारी आउन थालेका छन्। अझै इन्टरनेटले त त्यस्ता सामाग्रीलाई विश्वव्यापी बनाउन धेरै सजिलो गराएको छ।इन्टरनेटले सूचनाको हकलाई सीमाविहीन बनाइदिएको छ।
मंगलबार विहान अमेरिकाबाट साथी निता सुब्बाले पूर्व युवराज दिपेन्द्र शाहले गीत गाएको र नाचेको भिडियो पठाइदिनु भयो।
यो भिडियो जर्मनीमा बस्ने अर्का नेपाली सागर मोहन भट्टराईले पनि फेसबुकमा पोस्ट गर्नु भएको रहेछ। भिडियो कुन मितिमा खिचिएको भन्ने चाहिँ थाहा हुन सकेन।
कुनै बेला करले अथवा रहरले नेपाली जनताको चासोको केन्द्रविन्दु हुने गरेका राजपरिवारका एक महत्वपूर्ण सदस्यले नाचेको र गाएको भिडियो हेर्दा रमाइलो अनुभूति हुँदो रहेछ। यस भिडियोमा दीपेन्द्र शाहले गीत गाएको प्रष्ट सुन्न सकिन्छ।
फेरि पनि इन्टरनेटलाई धन्यवाद। आशा गरौं यस्ता लुकेर बसेका सूचनाहरु फेरिफेरि हेर्न र पढ्न पाइयोस्।
दरबार हत्याकान्डकै बेलामा पनि खिचिएको यस्तो भिडियो कुनै दिन बाहिर आए ?

Comments
Post a Comment