Skip to main content

बन्द दृष्टि

एकीकृत नेकपा माओवादीले सोमबार आव्हान गरेको बन्दका बेला म धुम्बाराही र सुकेधारा आसपासका शान्त र रापिलो चक्रपथको बाफिलो हावा खाँदै हिँडिरहेको थिएँ । मध्यान्हको १ बजेको थियो । सडकका दायाँ बायाँ घामले डढेका र पसीनाले भिजेका अनगिन्ति मान्छेको ताँती लागेको थियो । मान्छेले पाएको चरम दुःखको उदाहरण खोज्ने हो भने बन्दले सास्ति पाएकाहरुको अनुहार हेरे हुन्छ । थकान, चिन्ता, हडबडि, त्रास,र आक्रोश ।

धुम्बाराही चोकमा टायरहरुले थिचेर एउटा रातो झण्डा गाडिएको थियो । त्यसका वरपर ढुंगा र इँट्टा का लक्ष्मण रेखाले बाटो छेकेका थिए । बन्द गराउनेहरुको पनि आफ्नै चेन अफ कमान्ड हुँदो रैछ । एउटा टोली बीच बाटोमा उभिएर बन्दको अवज्ञा गर्नेहरुलाई टायरको हावा खोल्दिने, तोडफोड गर्ने, गाली गलौज गर्ने जस्ता भौतिक कारवाही गर्न ब्यस्त थियो । अर्को टोली चाहीँ नजिकैको प्रतीक्षालय, अथवा अलि शितल ठाउँमा बसेर गफ चुट्न र बेलाबेलामा सडकमा बसेकाहरुलाई निर्देशन दिन ब्यस्त देखिन्थ्यो। उनीहरु अलि सुपेरियर लाग्थे । प्रतीक्षालयमा बस्नेले ठूलो स्वरमा कराउँथ्यो, 'नछोड् नछोड्' सडकमा बसेकाहरु जोशिन्थे अनि बन्दको अवज्ञा गर्ने जो
सुकैमाथि पनि जाइ लाग्थे ।

मध्य दिनको सुनसान सडकमा पर कतै मिराज देखिएको ठाउँबाट एउटा साइकलको आकृति नजिक आउन थाल्यो । साइकलमा दुइ जना थिए । उसको अनुहारको गोरो छाला घामले डढेर रातो भएको थियो, जो साइकल चलाउँदै थियो । उखरमाउलो गर्मीमा साइकलको प्याडल घुमाउँदा घुमाउँदा उ निकै थकित देखिन्थ्यो । कलिलो लाग्ने
जुँगाको रेखी पसीनाले निथ्रुक्क भिजेको थियो । उसको साइकलको अगाडी डन्डीमा उस्तै हालतको तर उ भन्दा अलि पाको देखिने दारीवाल युवा बसेका थिए । बन्दकर्ताहरुको नजिकै आउँदा ती दुई व्यक्ति मात्र होइन, उनीहरु चढेको निर्जिब साइकल पनि डराएको देखें मैले त ।

साइकल नजिकै आयो । सडकमा बसेका बन्दकारीहरु शिकार झम्टिए जसरी जाइलागे । साइकलमा अगाडी डन्डीमा बस्ने व्यक्ति केही भन्न खोज्दै थियो । तर त्यो
भिडको गडगडाहटमा ती व्यक्तिको आवाज कसैले सुनेन । मैले पनि बुझिन । एक जना बन्दकारीले साइकलको हावा खोल्दियो । छिस्स । साइकलमा चढ्ने दुई भाइ
निरिह बनेर हेरी रहे ।

साइकलको हावा खोल्दिसकेपछि मात्र ती बन्दकारीले साइकल चढ्नेसँग कुरा गर्न थाले । एउटाले थर्कायो, 'हाम्रो बन्द अवज्ञा गर्ने?' साइकलको डन्डीमा बस्नेले ज्यादै विनम्र भएर भने, ' म नौबीसेदेखि हिँड्दै आको । हिँड्दा हिँड्दा खुट्टा बाँउडेर हिँड्नै नसक्ने भएँ, अनि भाइलाई फोन गरेर बोलाको, त्यहीँ पर देखि साइकलमा चढेको हो'
अर्को बन्दवाला बोल्यो, 'अवज्ञा किन गरेको त' । मैले सोचें यिनीहरुले अवज्ञा भन्ने शब्द घोकेर आका छन् । जसरी हुन्छ यसलाई वाक्यमा प्रयोग गरेपछि हुन्छ ।
शायद त्यो अमूर्त प्रश्नको सही जवाफ साइकलमा चढ्नेलाई दिन आएन ।

बन्दकारीले साइकलको हावा खोल्दिँदा पनि उ शान्त थियो । उसले फेरि निवेदन गर्यो, 'म पनि तपाई‌हरु जस्तै हो । म पनि ३ वर्ष हिँडेको हुँ' बन्दकारीहरुलाई उसको कुराले छोएन । फेरि अर्कोले अवज्ञा भन्ने शब्द दोहोर्यायो, 'ल ल अबदेखि अवज्ञा गर्ने हैन' साइकलको डन्डीबाट ती मानिस ओर्लिए, खुट्टा खोच्याउँदै निराश र अमीलो
अनुहार बनाउँदै लुखुरलुखुर अघि लागे । उनी कसैले नसुन्ने गरी बर्बराउँदै थिए । उनको अनुहार हेर्दा यस्तो लाग्थ्यो, उनी तीन वर्ष हिँडेको पार्टी प्रति उनमा ठूलो वितृष्णा जागेको छ ।

Comments

Popular posts from this blog

गुगल गर्ने कि !

प्रश्नै प्रश्नको यो दुनियाँमा उत्तर चाहिँ गुगलसँग छ तर विशाल सूचनाको भण्डार गुगलको भरपुर फाइदा लिन केही तरिका भने जान्नै पर्छ । वेब सर्चको लागि गुगल प्रयोग गर्ने संसारका कूल इन्टरनेट प्रयोगकर्ताको ८० प्रतिशतमा तपाईं पनि पर्नु हुन्छ होला । त्यसो भए तपाईंले गुगलमा धेरै जसो के खोज्नु हुन्छ ? सूचनाको विशाल डाटावेश बोकेको गुगलको सर्भरबाट तपाईंले अत्याधिक फाइदा लिनु भएको छ त? हामीमध्ये कतिलाई त गुगलबाट के के समेत खोज्न सकिन्छ, अनि सही सर्च रिजल्टका लागि कसरी सर्च गर्ने भन्ने टीप्स एण्ड ट्रीक्स थाहा नहुन पनि सक्छ । आउनुहोस् आज हामी गुगलमा केही रमाइला अनि केही ज्ञानबर्द्धक सर्च गरौं।

ट्याक्सी नम्बर ५९५९

गंगा तटमा रचिएका टैगोरका आत्मकथा, सत्यजित रे र रितुपर्नो घोषका फिल्म, भुपेन हजारिकाका गीत र अरु यस्तै इधर-उधरले कलकत्ता जाने हुटहुटी लामो समयदेखि मनमा थियो । यसपालिको दशैं विदामा त्यो तिर्खाले शान्ति पायो । सँगै काम गर्ने हामी चार सहकर्मी एक-एउटा झोला भिरेर सुनौली हुँदै गोरखपुरको रेल पकड्न रमाना भयौं । उसो त कलकत्ता नेपालबाट सबैभन्दा नजिकैको बन्दरगाह पनि हो । पूर्वी नाका काकडभिट्टाबाट जाँदा धेरै छोटो पर्ने थाहा भइकन पनि हामी पश्चिमतिर लागेका थियौं । किनकि गोरखपुरबाट रेल धेरैबेरसम्म चढ्न पाइन्छ । भारत यात्रामा सँधै रेलले आकर्षण गर्छ । रेलमा दिनभरि, रातभरि दौडिरहनु मात्रै पनि यात्राको आधासरो आनन्द हो । गोरखपुरबाट बिस्तारै हिँडेको पूर्वान्चल एक्सप्रेस कहिले तुफान हुन्थ्यो कहिले कुनै अनजान पटरीमा अर्कोतिरबाट आएको रेलगाडीलाई साइड दिन घन्टौं कुरेर बस्थ्यो । रेलका हरेक डिब्बामा कम्तिमा चार वटा शौचालय हुन्छन् । तर यसरी अन्जान ठाउँमा रेल रोकिएको मौका पारेर यात्रुगणहरु ढोकाबाट फुत्त फुत्त जमीनमा हाम्फाल्थे र क्षितिजमा उडेका बकुल्लाका बथान हेर्दै मूत्र बिसाउँथे । स्टेशन न स्टेशन, कोही कोही प

Question

I love questions without answers And answers without question Tell me Would you answer Or question? Sometimes no question is question And silence Is the best answer How many questions exist between One silence to another silence How many answers Lie between One question to another I love moments without memories And memories without moments Would you be My memory or moment? If you asked me same question I would rather be silent.