आरएनएसी अगाडिको सडक छेउमा रहेका विजुलीको पोलमा, हुलाकमा, अस्पतालमा, सिनेमा हलमा, सार्वजनिक सौचालयमा, लोकल बसमा, नेपाल यातायातमा, नाइट बसमा, ट्याम्पुमा, विमानस्थलमा, तरकारी बजारमा, माइक्रोमा, नेपाल टेलिकममा, विद्युत प्राधिकरणमा, खानेपानी लिमिटेडमा, सिँहदरबारमा- जहाँ त्यहिँ लेखिएको हुन्छ 'पाकेटमारदेखि सावधान' ।
राज्यका सुरक्षा निकायहरुले जनताको भिडभाड र व्यस्तता हुने सबै ठाउँमा पाकेटमारदेखि सावधानी गराएर ठूलो कर्तब्यवोध गरेका हुनुपर्छ । जर्ज अर्वेलको उपन्यास नाइन्टिन एट्टी फोर को पात्र बिग ब्रदरले जस्तै पाकेटमार देखि सावधानको सूचनाले हरेकलाई एकचोटि आफ्नो बगली छाम्न बाध्य पारेको छ, झसँङ्ग हुँदै महिलाहरुलाई बोकिरहेको ब्याग अझै कसेर समात्न प्रेरित गरेको छ । उभिने समेत ठाउँ नहुने सार्वजनिक बसमा चढ्दा डण्डी समाउने कि खल्तीमा हात राख्ने भन्ने तनाव पनि धेरैले महसुश गरेको हुनु पर्छ ।
तर...
बेलायतको एउटा शहरको गल्लीमा प्रहरीले टाँसेका सूचनाहरु पढेपछि मलाई नेपालमा टाँसिएका सूचनाहरु जनतालाई तनाव दिन मात्र राखिएका हुन् भन्नेमा दुई मत भएन ।
यहाँको सूचनामा जनतालाई होइन, पाकेटमारलाई र लुटेरालाई सावधानी गराइएको छ । 'लुटेराहरु सावधान, हामी तिमीहरुको कडा निगरानी राख्दैछौं' यस्ता सूचना नजिकै बाट हिँड्दा पनि भित्रदेखि सुरक्षाको अनुभूति हुँदो रहेछ ।
तर नेपालका तनाव दिने सूचना हाँसो लाग्दो छन्, मानौं पाकेटमार भनेका कुनै महामानव हुन्, जो शक्तिशाली छ, जसको पेशा अत्यन्त सम्माननीय छ, जसलाई प्रशासनले केही गर्न सक्दैन । उनीहरु जहिँकहिँ पनि हुन सक्छन, कतैबाट टुप्लुक्क आइपुग्न सक्छन् र ती महान् पाकेटमारदेखि सिधा साधा सर्वसाधारण आफैं सतर्क हुनै पर्छ । त्यसैले त ठाउँ ठाउँमा जनतालाई चेतावनी दिइएको छ, 'पाकेटमारदेखि सावधान'
जानेर होस् वा अन्जानमा, नेपालका सार्वजनिक ठाउँमा जनतालाई सावधानी गराएर राखिएका यस्ता सूचनाले पाकेट मार्ने कामलाई अप्रत्यक्ष बैधता दिएको छ । पाकेटमारको आतंकलाई सर्वव्याप्त बनाइदिएको छ । प्रहरी प्रशासनको लाचारीलाई छर्लङ्ग पारिदिएको छ ।
सावधान पाकेटमारलाई भन्ने नि पाकेट मारिनेलाई ? लुटेरालाई भन्ने कि लुटिनेलाई ।
र अन्त्यमा....
नेपालको प्रशासन र प्रहरीले सस्तो र प्रभावकारी प्रविधिलाई पनि आत्मसात गर्न सकेका छैनन् । सुरक्षाका दृष्टिले संवेदनशील ठाउँलाई सिसिटिभी मात्रै राखिदिए पनि दिमाग ठीक भएकाहरुले क्यामेरा देख्दा देख्दै अपराध गर्दैन थिएन होलान् नि !

Comments
Post a Comment