एक दिन अफिसमै बस्दा एउटा 'गजल' फुर्याथ्यो । मलाई गजलको प्राविधिक पक्षबारे केही पनि थाहा छैन भन्दा नि हुन्छ । अरुले लेखेको गजलको शैलीलाई पछ्याएर गजल लेखेँ भन्ठान्छु । हुन त यो गजल उज्यालो एफ एमका अच्युत घिमिरेले आफ्नो चर्चित कार्यक्रम बुलबुलमा पनि वाचन गरिदिनु भएको थियो । अफिसमा आडैको कुर्सीमा बस्ने भानु बोखिमलाई पनि यो गजल मन परेछ । उनले आफ्नो आवाजमा वाचन गरेर रेकर्ड गर्ने जाँगर देखाए । पृष्ठभूमिमा हिन्दी गानाको सँगित भरेर मिक्सिङ गर्ने महान् कार्य पनि भानु जीबाटै सम्पन्न भयो । भानु जी कै आग्रहमा यसमा इन्टरनेटबाट डाउनलोड गरिएका केही तस्बिर हालेर भिडियोको रुप दिइयो र युट्युबमा हालियो । युट्युबमा मैले निकै लामो समयपछि अपलोड गरेको भिडियो हो यो ।
घर कब आओगे? लामो समय पछि उसको कपाल काट्ने पसलमा पुगेर मेरा कपाल र दारीमा उसले गर्नु पर्ने योगदानबारे छोटो निर्देशन दिएपछि म विशाल ऐनाअगाडि राखिएका एक कुर्सीमा बसेँ । आकाशे रंगको कपडा झट्काएर मेरो घाँटीमा बेरिदिँदै गर्दा उसले सोध्यो, ‘दाइ फेरि कान्तिपुरमै आउनु भयो?’ कपडा बेरिएको घाँटीभित्रको नलिलाई खुकुलो बनाउँदै मैले हैन भनेँ । नजिकै शान्तिनगरमा डेरा सरेको बुझाएँ । उ केही बोलेन । एकछिन पछि हातमा कैँची चलाउँदै सोध्यो ‘कस्तो काट्ने? कति काट्ने’ यो मामिलामा म निकै सजिलो मान्छे । ‘जत्रो मन लाग्छ तेत्रो, जस्तो मन लाग्छ तेस्तो । म केही भन्दिनँ’ मेरो जवाफ सुनेर झन् कन्फ्युज भए जसरी टाउको घुमाइ घुमाइ मेरो झाङ्गिएको कपाललाई कोण कोणबाट निरिक्षण गर्न थाल्यो उ । र एकछिन पछि कैंची चलेको एकोहोरो सँगीत मेरो कानमा गुन्जिन थाल्यो । मेरा आँखा उसको पसलका भित्ताभरि टाँसिएका पोस्टरमा पोखिन थाले । *** सानो छँदा पिताजीले कपाल काटिदिनु हुन्थ्यो । अलि ठूलो भएपछि पिताजीले काटिदिएको कपाल टाटेपाटे लाग्न थाल्यो । त्यसपछि हाम्रो टोलतिर साइकलमा चढेर ‘क…..पा…..ल का….ट्ने’ भन्दै कराउँदै हिँड्ने एक जना हजामबाट मैल...
हामीसँग केवल एक साँझ थियो
ReplyDeleteतिम्रो खुसी अरूकै माझ थियो ...
प्राविधिक पक्षबारे केही थाहा नहुँदै त कमलजीको गजल यति मादक, पकड अझ बढे झन् बज्र आउने होला । मन पर्यो । भानुजीको मिक्सिङ पनि उल्का छ है ;)