Skip to main content

सत्य नाडेलाको इमेल

सन् १९६७ मा भारतको आन्ध्रप्रदेशको हैदरावादमा नाडेला सत्यनारायण चौधरी भन्ने केटो जन्मिँदा, माइक्रोसफ्ट भन्ने कम्पनी नै स्थापना भएको थिएन । सन् १९७५ मा बिल गेट्सले स्थापना गरेको माइक्रोसफ्टको सबैभन्दा शक्तिशाली पदमा अघिल्लो हप्ता ४६ वर्षका सत्य नाडेला नियुक्त हुनु र बिल गेट्स स्वयंले माइक्रोसफ्टको बोर्डको अध्यक्षबाट पनि राजीनामा दिनु संयोग मात्र थिएन । धेरै विश्लेषकहरूको शब्दमा यो एउटा युगको अन्त्य पनि थियो । सत्य नाडेलाको माइक्रोसफ्टको युगचाहिं १९९२ तिर सुरु भएको थियो । त्यसअघि उनले हैदरावादकै सार्वजनिक स्कुल पढेका थिए । कर्नाटकको मणिपाल इन्स्िटच्युट अफ टेक्नोलोजी गएका थिए र त्यसपछि अमेरिका गएर कम्प्युटर साइन्स र व्यवस्थापनमा स्नातकोत्तर गरेका थिए । प्रविधि उत्पादन गर्ने र कम्प्युटरका कल्याल्मल्याङ कोडमा घोत्लिरहने माइक्रोसफ्टका कर्मचारीहरू कम्पनीले गाडी बनाउने फोर्डका प्रमुखलाई हाकिम बनाएर ल्याउने त होइन भनेर बडो बेचैन थिए । किनभने उनीहरूलाई थाहा थियो, माइक्रोसफ्टको भावना प्रविधि बुझेको मान्छेले मात्र बुझ्छ । अरू धेरै सम्भावित दाबेदारलाई पछि पार्दै सत्य नाडेला माइक्रोसफ्टको प्रमुख कार्यकारी अधिकृत भए । बोर्ड अध्यक्षबाट निस्केका बिल गेट्सले भने प्राविधिक सल्लाहकारको रूपमा नाडेलालाई सघाउने वाचा गरेका छन् । नाडेला, स्टिभ बाल्मरलाई विस्थापित गर्दै माइक्रोसफ्ट इतिहासको तेस्रो कार्यकारी प्रमुख भएका हुन् ।

विगत २२ वर्षदेखि माइक्रोसफ्टका काम गरिरहेका नाडेला पछिल्लो समयमा अनलाइन र सर्भरसँग सम्बन्धित विभागको प्रमुख थिए । जुन विभागको वाषिर्क आम्दानी १९ अर्ब डलर थियो । यो रकम माइक्रोसफ्टको वाषिर्क आम्दानीको एक चौथाइ हो ।

नाडेलाले प्रमुख कार्यकारी भएपछि आप\mनो कम्पनिका कर्मचारीहरूलाई एउटा इमेल लेखेका छन् । यो प्रेरक इमेलका केही अंश यस्ता छन् ः

'आज मेरो लागि एकदमै कृतज्ञतापूर्ण दिन हो । म २२ वर्षअगाडि माइक्रोसफ्टमा मेरो पहिलो दिन सम्भिmँदैछु । त्यति बेला तपाईंहरूजस्तै मसँग पनि कहाँ जागिर खाने भन्ने रोजाइहरू थिए । माइक्रोसफ्ट संसारको सर्वोत्कृष्ट कम्पनी हो भन्ने विश्वास बोकेर म यहाँ जागिर खान आएको थिएँ । हाम्रा सिर्जनाका माध्यमबाट मानिसहरू कसरी जादूमयी काम गर्दै छन् र संसारलाई सुन्दर ठाउँ बनाउँदै छन् भन्ने मैले देखेको थिएँ । म परिवर्तन चाहन्छु भने माइक्रोसफ्टमा छिर्नुबाहेक अरू कुनै विकल्प छैन भन्ने मलाई थाहा थियो । आजको दिनमा आइपुग्दा पनि मलाई त्यही प्रेरणाले अघि बढ्न मद्दत गरिरहेको छ ।

हाम्रो यो महान् कम्पनीलाई सेवा गर्ने र नेतृत्व दिने अवसर पाउनु मेरो लागि एउटा अविश्वसनीय सम्मान हो । स्टिभ बाल्मर र बिल गेट्सको एउटा सोचबाट सुरु भएको माइक्रोसफ्ट संसारकै सबैभन्दा महान् र पि्रय कम्पनीमध्ये एक हुन पुगेको छ । स्टिभ र बिलको नजिकै रहेर माइक्रोसफ्टमा धेरैखाले भूमिकामा काम गर्न पाएकोमा म आफूलाई भाग्यमानी ठान्छु । प्रमुख कार्यकारीको रूपमा मेरो नयाँ भूमिकामा आइरहँदा मैले बिल गेट्सलाई पनि उनको अधिकतम समय माइक्रोसफ्टका प्रविधि र उत्पादनका लागि दिन अनुरोध गरिसकेको छु । माइक्रोसफ्ट बोर्डका नयाँ अध्यक्ष जोन थम्पसनसँग पनि मिलेर काम गर्न म उत्साही छु ।

हामीले धेरै सफलता हासिल गरिरहँदा, हामी अझै बढी गर्न ज्यादै लालायित छौं । हामी परम्परालाई सम्मान गर्दैनौं हामी केवल आविष्कार र नयाँपनलाई सम्मान गर्छौं । प्रविधि क्षेत्र र माइक्रोसफ्टकै लागि अहिले निकै गम्भीर समय हो । हामीले गल्ती गरेनौं भने हाम्रो भविष्य सुन्दर छ । जसरी प्रविधि विकसित हुँदै जान्छ, हामी प्रविधिभन्दा पनि तीव्र गतिमा विकसित हुन्छौं । माइक्रोसफ्टलाई मोबाइल र अनलाइन दुनियाँमा फस्टाउन सक्ने बनाउनु हाम्रो कर्तव्य हो ।

हाम्रो यात्राको नयाँ चरण सुरु गरिरहँदा मलाई मेरो केही पृष्ठभूमि र मलाई प्रेरणा दिने कुराहरू बाँड्न मन लागेको छ ।

म यहाँ किन आइपुगें ?

अधिकांश व्यक्ति जुन कारणले माइक्रोसफ्टमा काम गर्न आइपुगेका छन् म पनि त्यही कारणले आइपुगेको हुँ ः संसारलाई प्रविधिले परिवर्तन गर्न, ता कि मानिसहरू अचम्मका काम गर्न सकून् । मलाई थाहा छ यो अलिकति हावादारी लाग्यो होला । तर वास्तविकता यही हो । हामीले यो काम गरिसकेका छौं, गरिरहेका छौं र फेरि पनि गर्नेछौं ।

मलाई लाग्दछ, आउने दशकमा कम्प्युटर झन् धेरै सर्वव्यापी हुनेछ । सफ्टवेयर र हार्डवेयरका समानान्तर विकासले हामीले काममा, जीवनमा र संसारमा गर्ने, भोग्ने धेरै कुरालाई मध्यस्थता गरिदिनेछ र डिजिटल स्वरूपमा लानेछ । यी कुरालाई कम्प्युटर सामग्रीहरूको आपसी सम्बन्ध, अनलाइन र सूचनाका विशाल भण्डारले सम्भव बनाउन मद्दत गर्नेछन् ।

यो सफ्टेवेयर केन्दि्रत संसार हो । यसले हामीलाई परिवार र साथीसँग यसरी जोड्नेछ जसरी यसअघि सम्भव नै थिएन । व्यवसायलाई उपभोक्तासँग बढी अर्थपूर्ण रूपमा जोड्नेछ ।

म यहाँ छु, किनभने हामीसँग प्रभाव पार्नका लागि अद्वितीयी क्षमता छ ।

हामी किन यहाँ छौं ?

प्रारम्भिक इतिहासको क्रममा हाम्रो उद्देश्य हरेक कार्यालय र हरेक घरमा कम्प्युटर पुर्‍याउनु थियो, जुन उद्देश्य हामीले विकसित देशहरूमा लगभग हासिल गरिसक्यौं । आज हाम्रो दायरा फराकिलो भइसकेको छ, जुन कम्प्युटरमा मात्र सीमित छैन । पूर्ण रूपमा सहमति भइसकेको त छैन, तर हामी नोकियाका उत्पादन र सेवाहरूलाई हाम्रो परिवारमा छिट्टै स्वागत गर्नेछौं ।

अगाडि हेर्दा, माइक्रोसफ्टले यो संसारलाई अरूले भन्दा के फरक योगदान दिन सक्छ भन्ने कुरामा हामी केन्दि्रत हुनुपर्छ । हामीसामु रहेको अवसरलाई सदुपयोग गर्न हामीले विगतमा गरेका मोबाइल र अनलाइनसँग सम्बन्धित कामलाई पुनः सम्भिmनु जरुरी छ र नयाँ काम गर्नु जरुरी छ ।

सफ्टवेयरको शक्तिलाई सदुपयोग गरी त्यसलाई कम्प्युटर तथा अन्य डिभाइस र सेवाको माध्यमबाट व्यक्ति र संस्थालाई सशक्त बनाउने क्षमता हामीसँगमात्र छ । हामी इतिहास बोकेको एक मात्र कम्पनी हौं, जसले निर्माण गरेका मंच र प्रणालीले फराकिला अवसरहरू सिर्जना गरेका छन् ।

माइक्रोसफ्टका सहकर्मी की लुले हाल सालैको एउटा बैठकमा भनेका थिए माइक्रोसफ्टले मानिसहरूलाई अझै धेरै गर्न प्रोत्साहन गर्छ । यसको अर्थ यो होइन कि हामीले धेरै थरि काम गर्नु जरुरी छ, बरु यस्तो काम गर्नुपर्‍यो जसले संंसारलाई उनीहरूको चासोको विषयमा अझै धेरै गर्ने प्रेरणा दियोस्, काम गर्ने, रमाइलो गर्ने, सञ्चार सम्पर्क गर्ने र ठूला कुरा हासिल गर्ने । हामी को हौं भन्ने भित्री कुरा यही हो र हामीले गर्ने हरेक काममा यही कुराले प्रेरित गरेको छ ।

अब हामी के गर्छौं ?

अस्कर वाइल्डको शब्द सापटी लिनुपर्दा ः हामीले असम्भवमा विश्वास गर्नुपर्छ र असम्भाव्यतालाई हटाइदिनुपर्छ ।

...अर्को कुरा, हामी हरेकले आफ्नो उत्कृष्ट क्षमता प्रदर्शन गर्नुपर्छ, नेतृत्व गर्नुपर्छ र सांस्कृतिक परिवर्तनलाई डोर्‍याउन सघाउनुपर्छ । हामी कहिलेकाहीं आफ्नो क्षमतालाई कम आँक्छौं र अघि बढ्नका लागि अरूको क्षमतामा बढी भर पर्छौं । यो सोचलाई बदल्नैपर्छ ।

अन्त्यमा, म के विश्वास गर्छु भने हामी हरेकले आफूले गर्ने कामको अर्थ खोज्नु जरुरी छ । जब हामी आफूले गर्ने कामलाई कामको रूपमा मात्र नभई अरुको जीवन परिवर्तन गर्ने माध्यमका रूपमा हेर्छौं तब मात्र हाम्रो कामले सार्थकता पाउँछ । यस कम्पनीमा काम गर्ने सबैलाई यही सोचले अघि डोर्‍याउँछ ।

सबै कम्पनी संसार बदल्ने रहर गर्छन् । तर थोरैसँग मात्र त्यसको लागि आवश्यक तत्त्व हुन्छ ः प्रतिभा, स्रोत र लगनशीलता । माइक्रोसफ्टले यी तीनवटै तत्त्व आफूसँग प्रशस्त भएको प्रमाणित गरिसकेको छ । त्यसैले नयाँ प्रमुख कार्यकारी अधिकृतको रूपमा मलाई अरू केही माग गर्नु छैन ।'

Comments

Popular posts from this blog

गुगल गर्ने कि !

प्रश्नै प्रश्नको यो दुनियाँमा उत्तर चाहिँ गुगलसँग छ तर विशाल सूचनाको भण्डार गुगलको भरपुर फाइदा लिन केही तरिका भने जान्नै पर्छ । वेब सर्चको लागि गुगल प्रयोग गर्ने संसारका कूल इन्टरनेट प्रयोगकर्ताको ८० प्रतिशतमा तपाईं पनि पर्नु हुन्छ होला । त्यसो भए तपाईंले गुगलमा धेरै जसो के खोज्नु हुन्छ ? सूचनाको विशाल डाटावेश बोकेको गुगलको सर्भरबाट तपाईंले अत्याधिक फाइदा लिनु भएको छ त? हामीमध्ये कतिलाई त गुगलबाट के के समेत खोज्न सकिन्छ, अनि सही सर्च रिजल्टका लागि कसरी सर्च गर्ने भन्ने टीप्स एण्ड ट्रीक्स थाहा नहुन पनि सक्छ । आउनुहोस् आज हामी गुगलमा केही रमाइला अनि केही ज्ञानबर्द्धक सर्च गरौं।

ट्याक्सी नम्बर ५९५९

गंगा तटमा रचिएका टैगोरका आत्मकथा, सत्यजित रे र रितुपर्नो घोषका फिल्म, भुपेन हजारिकाका गीत र अरु यस्तै इधर-उधरले कलकत्ता जाने हुटहुटी लामो समयदेखि मनमा थियो । यसपालिको दशैं विदामा त्यो तिर्खाले शान्ति पायो । सँगै काम गर्ने हामी चार सहकर्मी एक-एउटा झोला भिरेर सुनौली हुँदै गोरखपुरको रेल पकड्न रमाना भयौं । उसो त कलकत्ता नेपालबाट सबैभन्दा नजिकैको बन्दरगाह पनि हो । पूर्वी नाका काकडभिट्टाबाट जाँदा धेरै छोटो पर्ने थाहा भइकन पनि हामी पश्चिमतिर लागेका थियौं । किनकि गोरखपुरबाट रेल धेरैबेरसम्म चढ्न पाइन्छ । भारत यात्रामा सँधै रेलले आकर्षण गर्छ । रेलमा दिनभरि, रातभरि दौडिरहनु मात्रै पनि यात्राको आधासरो आनन्द हो । गोरखपुरबाट बिस्तारै हिँडेको पूर्वान्चल एक्सप्रेस कहिले तुफान हुन्थ्यो कहिले कुनै अनजान पटरीमा अर्कोतिरबाट आएको रेलगाडीलाई साइड दिन घन्टौं कुरेर बस्थ्यो । रेलका हरेक डिब्बामा कम्तिमा चार वटा शौचालय हुन्छन् । तर यसरी अन्जान ठाउँमा रेल रोकिएको मौका पारेर यात्रुगणहरु ढोकाबाट फुत्त फुत्त जमीनमा हाम्फाल्थे र क्षितिजमा उडेका बकुल्लाका बथान हेर्दै मूत्र बिसाउँथे । स्टेशन न स्टेशन, कोही कोही प

Question

I love questions without answers And answers without question Tell me Would you answer Or question? Sometimes no question is question And silence Is the best answer How many questions exist between One silence to another silence How many answers Lie between One question to another I love moments without memories And memories without moments Would you be My memory or moment? If you asked me same question I would rather be silent.